लोभ, लाभ र विलाप - शिक्षा मुलक कथा


 

लोभ, लाभ र विलाप

एक गाउँमा, एक जना मानिसको दुइ जुम्ल्याहा छोराहरू थिएः रामु, र स्यामु । उनीहरू हेर्दा एकदमै दुरुस्त थिए तर उनीहरूको बानि व्यवहार भने एकदमै फरक थियो । रामु अलिक लज्जालु स्वभावको थियो, उ धेरै बोल्दैनथ्यो, इमानदार, मेहनती थियो र अरूलाई सहायता गर्ने खालको थियो । तर उस्को जुम्ल्याहा भाइ चाहिँ धेरै फरासिलो, सँधै बोलि राख्ने थियो, तर कहिले कहिँ अरूलाई झुक्काउने, अल्छी गर्ने लोभि खालको थियो । उनीहरू दुवै हुर्किए र ठुलो भए, विवाह गरेर आफ्नो आफ्नो घरजम गर्न तत्पर भए ।

उनीहरूका बुवाले उनीहरूको भाग सम्पत्ति दिएर छुट्याउने योजना गरे । रामुले हुन्छ भनेर स्विकार गर्यो तर स्यामुले म रामु भन्दा बुबा आमाको बढि सेवा गर्न सक्छु, म उ भन्दा चलाख छु, धन सम्पत्तिको सहि लगानी गर्न सक्छु त्यसैले बुबा आमाको भागको पनि मलाइ दिनुहोस् । स्यामुको कुरा सुनेपछि उनका बाबुले पनि एउटा युक्ति निकालेछन्  र भनेछन् त्यसो भए अब म तिमीहरू दुईमध्ये को  चाहिँ बुद्धिमान् रहेछ उसैले सम्पत्तिको बढि हिस्सा पाउँछ । रामु र स्यामु दुवै जना बुबाको योजनामा सहमत भए छन् ।

बाबुले भनेछन्, भोलि घाम झुल्किएर अस्ताउने समय भित्र जसले सबै भन्दा टाढा पुगेर घर सम्म आइ पुग्छ उसले त्यो अनुपातमा नै प्राप्त गर्दछ, घाम उदाउनु भन्दा अघिको पनि गन्ति हुँदैन घाम अस्ताउनु अघि आइ नपुगे सो सोत आउट हुन्छ ।

भोली पल्ट रामु र स्यामु दुवै जना एक दिने म्याराथुनको लागि तयार भएछन् । रामु चाहिँ एउटा झोला भिरेर एक बटल पानि पनि बोकेर हातमा घडी लगाएर तयार भएछ । स्यामु चाहिँ दगुर्न सजिलो हुने जुत्ता र हाफ पाइन्ट र टिसर्टमा निस्केछ । स्यामुले सोचेछ, यो त झोला भिरेर त्यस्तो गतिमा कहाँ नै पुग्ला र म चाहिँ धावक झै टाढा पुगेर जिति हिल्छु नि ।  घाम को झुल्कने बित्तिकै स्यामु चाहिँ कुलेलाम ठोकेछ रामु चाहिँ विस्तारै हिँडेर बाटो लागेछ । स्यामु चाहिँ केहिबेर बिस्राम पनि नगरि हतार सँग गएछ । रामु पनि विस्तारै घडि हेर्दै हिँडेछ ।

स्यामुलाइ आफुँ कति टाढा पुगें, कति समय भयो त्यति एकिन भएन, तर लोभले अझै टाढा पुग्छु भन्ने सोचले अझैटाढा अझैटाढा दौडेछ । जब उसलाइ निकै थकाइ लागेछ उसले यसो माथि आकास तिर हेरेको त घाम ढल्किन थालिसकेको थियो, अनि उ हतार हतार घर फर्कन लाग्यो । उता रामु भने आफ्नै रफतारमा हिँडेछ र घडीले ठीक १२ बजे जनाउँदा उ घर तर्फ फर्क्यो ।  रामु चाहिँ घाम डुब्नु केहि अघि घरमा आइपुग्यो । तर स्यामु चाहिँ विहानै धेरै दौडेको कारण अरू रफतार बढाउन सकेन, थाकेर हिँड्नै नसक्ने भयो । स्यामु घर पुग्दा रात परिसकेको थियो । भोलि पल्ट उनीहरूका बाबुले रामुलाइ सम्पत्तीको सबै भन्दा बढि हिस्सा दिएछन् ।

स्यामुले रामुलाइ जित्ने र धेरै पाउने चाहनामा, आफुले भ्याउने भन्दा पनि बढि दुरी पुरा गर्न खोज्यो तर उसलाई हार मात्र लाग्यो । हामीलाई अलिक धेरै थपौं भन्ने इच्छा हुन्छ, यो परीक्षालाई हामीले जित्न सकेनौ भने हामी लोभको कारण उठाउनै नसक्ने भारी बोक्न थाल्छौं ।

हितोपदेश 28: 22

कन्जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन।

हितोपदेश 13:11

बेइमानीसँग कमाइएको धन घट्‌दैजान्‍छ, तर अलि-अलि गर्दै जम्मा गरेको धन बढ्‌दैजान्‍छ ।

हितोपदेश 15:27

लोभी मानिसले आफ्‍नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्‍यो जिउनेछ ।