Bible Study-भजन संग्रहको पुस्तक
तलको स्लाइडलाइ क्लिक गरेर बाइबल अध्ययन अघि बढाउनुहोस्
भजन संग्रह पुस्तक परिचयः
हिब्रु भाषामा यो पुस्तकको शिर्षक को अर्थ स्तुती प्रसंसा हुन्छ, र यो पुस्तकको अंग्रेजी नाम Psalm ग्रिक भाषा को psalmoi अर्थात ‘ गीतहरू ’ भन्ने शब्दहरूबाट आएको हो ।
भजनहरू गीत तथा कविता भएको कारण यसमा भएका लेखहरू, लय भाका, रोदन, धन्यवाद, महिमा आदिका शब्दहरूले भरिएका छन् ।
भजन संग्रह को लेखकः यो पुस्तक लेखीएको भन्दा पनि धेरै मानिसहरू द्वारा लेखीएको भजनहरू संग्रह गरीएको पुस्तक हो ।
यो पुस्तक विभिन्न चरणहरूमा संग्रह गरीएको हो ।
यो पुस्तक पाँच भागमा विभाजित छ । मोशाका पाँच पुस्तकहरू जस्तै मिल्दो जुल्दो छ ।
भजन संग्रह को विषेशताहरूः
व्यक्तिगत विलौनाका भजनहरूः 51,57 आदि
51.1-3 1हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्।2मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्।3किनकि मेरा अपराधहरू म जान्दछु, र मेरो पाप सदा मेरो सामुन्ने छ।
राज्यको लागि विलौनाका भजनहरू : 44,58,60
58.1-2 1हे शासक हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूका बीचमा ठीक-ठीक न्याय गर्दछौ?
2होइन, तिमीहरू त हृदयभित्र खराब युक्ति रच्तछौ,
र तिमीहरूका हातले पृथ्वीमा हिंसाका काम गर्दछन्।
धन्यवाद तथा महिमाका घोषणाका भजनहरूः 30, 32, 121 आदि
30.2-3 2हे परमप्रभु मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो।
3हे परमप्रभु, तपाईंले मलाई चिहानबाट निकाल्नुभयो, र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो।
परमेश्वर तथा उहाँका कामको वर्णनका भजनहरू : 24,100,113 आदि
24.1-2 1पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्।2किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नुभएको छ,र पानीहरूको गहिराइमा त्यसलाई स्थापित गर्नुभएको छ।
उपदेश दिने भजनहरूः 1,37,112,119आदि
119.105-107 105तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो।
106मैले यो शपथ खाएर दृढ़ सङ्कल्प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु।
107म ज्यादै पीडित भएको छु, हे परमप्रभु, आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्।
यात्राका भजनहरू : 120-134आदि
121.1-4 1पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ?
2स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
3उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन।
4साँच्ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्नुहुन्छ न सुत्नुहुन्छ।
राज्यव्यवस्थाका भजनहरू ,2,18,21,45,89,144आदि
89.3-4 3तपाईंले भन्नुभयो, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छु:4‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु’।”
राज्य अभिषेकका भजनहरू: 93,96,99आदि
96.11-13 11स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, समुद्र र त्यसमा भएका सबै थोकले हर्षनाद गरून्।12खेत र त्यसमा भएका सबै कुरा उल्लसित होऊन्। तब जङ्गलमा भएका वृक्षहरू आनन्दले गाउनेछन्,13तिनीहरू परमप्रभुको सम्मुख गाउनेछन्, किनकि उहाँ आउनुहुन्छ, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारको न्याय धार्मिकतामा,र मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुनेछ।
भजन संग्रह को नयाँ नियम सँगको सम्बन्ध,
यशैयाको पुस्तक पछिको सबै भन्दा बढि नयाँ नियममा उल्लेख गरीएको पुस्तक हो ।
मत्ती 27.4646तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” (भ.सं.22.1)
- प्रभु येशू आफैले पनि धेरै भजन पुस्तक पुरा गर्न आउनुभएको भनेर उल्लेख गर्नुभएको छ ।
44उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।”
नयाँ नियमको मण्डलीमा पनि भजनको ठुलो महत्व थियो ।
एफिसि 5.19-21 एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै 20सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।
21ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।