मर्कूस 11:24‭-‬25 - Tips for prayer


 

यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।

मर्कूस 11:24‭-‬25

विश्वास विना परमेश्वरबाट केहि पाइन्छ भनि ठान्नु ठूलो भुल हुनेछ भने क्षमादान विना हामी परमेश्वरको सामु जान योग्य ठहरीदैनौं । त्यसैले हामीले विश्वास सहित प्रार्थनामा  क्षमादान द्वारा योग्य बनाउन नभुलौं । हामीले अरुलाई क्षमा गर्‍यौँ भने हामीलाई पनि परमेश्वरको क्षमादान प्राप्त हुन्छ । क्षमादान ले हामीलाई पाप रहित बनाउँछ र पाप रहित भएर हामी परमेश्वरको योग्य हुन सक्छौं । योग्य भएरै परमेश्वरको सामु जाऔं ।