हिब्रू 12:2 - Inspiration || Devotion in Nepali


हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।

हिब्रू 12:2 

संसारमा हामीलाई बहकाउने र वास्तविकताबाट टाढा राख्ने बस्तुहरू धेरै छन्। प्राय यस्ता चिजहरू आँखाको लागि लोभ लाग्दो हुन्छ। संसारमा आकर्षक देखिने कुराहरू मा वास्तविक जीवन पाइदैन किनभने यि सब थोक क्षणिक हुन्। अनन्त जीवन प्रभु येशूमा मात्र प्राप्त हुन्छ जुन हामीमा विश्वास द्वारा सुरु हुन्छ । हामीलाई विश्वासद्वारा जीवन दिनुहुने प्रभु येशूमानै नै हामीले आफ्नो नजर केन्द्रित गर्नुर्पछ। संसारका व्यर्थका कुराहरूमा आफ्नो मन बहकाएर अनन्त जीवन को अनुभव र पूर्णता बाट आफूलाई टाढा नराखौं। यस्ता व्यर्थका कुरा मा लोभ र लालसा ले भरिएको कारण र प्रभुले देखाउनु भएको बाटो भन्दा सजीलो लाग्ने भएकोले हामीलाई सजीलै बहकाउन सफल हुन्छन। जीवन को महत्वलाई बुझि प्रभु तर्फ नै आफ्नो दृष्टि लगाऔं र व्यर्थतामा जीवनलाई बहकिन देखी बचाऔँ ।