१ पत्रुस 1:24‭-‬25 - Daily Inspiration


 किनकि, “सबै प्राणी घाँसजस्‍तै हुन्‌ र तिनका सबै गौरव घाँसका फूलजस्‍ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्‍छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्‍छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।

१ पत्रुस 1:24‭-‬25 

हामी नेपालीले फूललाई सुन्दरताको लागि पहिचान गर्दछौं तर बाइबलले फूलको सुन्दरतालाई मात्र देख्दैन तर त्यस्को अस्थाई  अस्तित्वलाई पनि देखाउँछ। फूल सुन्दर भएकोले आर्कषक हुन्छ तर बाइबल धर्मशास्त्रले हामीलाई यस्तो क्षणिक सुन्दरताको पछि नजानु भनेर सचेत गराउँछ । फूल मात्र होइन संसारमा क्षणिक अस्तित्व भएका भौतिक रुपमा आर्कषक बस्तुहरू धेरै छन् , त्यसैले हामीले ति बाट आफूलाई  अलग राख्न सक्नु पर्दछ। परमेश्वरले हामीले अनन्तको जीवन पाएको चाहनु हुन्छ, माथिको पदले यहि सिकाउँछ की परमेश्वरको वचन अनन्त सम्म रहन्छ। त्यहि अनन्त वचनमा नै अनन्त जीवन लुकेको छ। क्षणिक सुन्दरता तथा चाहनाको पछि नलागि अनन्त वचनको खोजि चाहना गरौं र अनन्त जीवनमा रमाऔं।