मत्ती 18:35 - Inspiration

 


“तिमीहरूले आफ्‍नो भाइलाई आफ्‍नो हृदयदेखि क्षमा गरेनौ भने, स्‍वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्‍यसै गर्नुहुनेछ।”

मत्ती 18:35 

हाम्रो आत्मिकी जीवन परमेश्वरको अनुग्रहबाट प्राप्त भएको हो। परमेशवरले हाम्रो कर्मलाई हेरेर हामीलाई अनन्त जीवन दिनुभएको होइन। यति हुँदा हुँदै पनि हाम्रो आत्मिकी जीवन को सम्बन्धमा हाम्रो सांसारिक व्यवहारले पनि महत्वपूर्ण अर्थ राख्दछ। परमेश्वरले आफू माथि विश्वास गर्नेहरुले आफ्नो असल चरित्र अनुसरण गरेको चाहनु हुन्छ। प्रभु भलो हुनुहुन्छ; दयालु हुनुहुन्छ; सत्य हुनुहुन्छ; क्षमासिल हुनुहुन्छ र यस्ता उहाँका गुण उहाको नाउँलाई दावि गर्नेहरुले अवश्य पनि अपनाएको हुनुपर्दछ । वास्तवमा भन्ने हो भने परमेश्वरको सामु हाम्रो हैसियत र उहाले हामी प्रति गर्नु हुने प्रतिकृया नै हामीले अरु व्यक्तिलाई कस्तो व्यवहार गरेका छौं भन्ने बाट तय हुन्छ। तलको पदले देखाए जस्तै हाम्रो असल कामले अरु मानिस बाट त अवश्यनै असल व्यवहार ल्याउँछ, त्यो भन्दा पनि बढी हाम्रो कृयाकलाप परमेश्वर को सामु स्विकार हुन्छ। अरु प्रति हामीले गरेको र देखाएको परमेश्वरलाई देखाए जस्तै हो । 

मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो। मत्ती 7:12