हितोपदेश 3:5‭-‬6 - Inspiration



आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌ आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।

हितोपदेश 3:5‭-‬6 

मानिसलाई परमेश्वरले सोच्ने , बुझ्न र ज्ञान हासिल गर्ने क्षमता दिनुभएको छ । त्यसैले उसले आफ्नो विचार र सोचाइ अनुसार चल्ने प्रयास गर्दछ । अवश्यनै मानिसलाई धेरै कुराको ज्ञान छ तर मानिसले धेरै पटक सबै कुरा जानेको छु जसरी नै जिउने प्रयास गर्दछ । मानिसलाई पनि ज्ञानको उपलब्ध भएपनि जीवनको वास्तविकता को वारे उ धेरै अनभिज्ञ छ । मानिसले थाहा नपाएका र थाहा पाउन नसक्ने विषयहरू पनि प्रसस्त छन् । विशेष गरी हाम्रो जीवनलाई नै कहाँ र कसरी लैजानु पर्छ भन्ने विषयमा मानिसलाई सबै कुरा थाहा छैन । किन भने मानिसको ज्ञान सिमित छ, उसको पाप र कम्जोरीको कारण उसँग भएको सिमित ज्ञान पनि पुर्ण रुपमा प्रभावकारी हुन सक्दैन । यस अवस्थामा हामी ले आफ्नै सम्झशक्ति मा मात्र भर पर्नु एक मुर्ख कदम हुन्छ । अशिमित ज्ञानको श्रोत परमेश्वर मा भरोषा राख्नु नै मानिसको सबै भन्दा बुद्धिमानि निर्णय हुनेछ। अझ हामी परमेश्वरमा भरोषा गरी उहाँमा जीवन विताउने निर्णय गरेकाहरू र उहाँ को सेवाकाईमा विताउनेहरुको निम्ति यो यो अनिवार्य छ। 

परमेश्वरमा भरोषा राखौं र जीवनमा सफल बनौं ।