यशैया 45:22 - Inspiration || Devotion in Nepali



 “मतिर फर्क, र उद्धार पाओ, हे पृथ्‍वीका सबै पल्‍लो छेउका हो, किनकि म परमेश्‍वर हुँ र अरू कोही छैन।

यशैया 45:22 

अप्सनै अप्सन भएको यस संसारमा हामीले धेरै कुरा छान्न सक्छौं होला । आफूलाई मनपरेको खाना; मन परेको लुगा कपडा नै हाम्रो छनोट हुन्छ । कतै घुम्न जान पनि मन परेको ठाँउ नै खोज्दछौं । केहि सल्लाह तथा प्रेरणाको लागि मन परेको वा मनले मानेको व्यक्ति सँग जान्छौं । अनि वैवाहीक सम्बन्धको लागि मनपरेको मानिस नै छान्छौं । हामीले मन पराएको र छानेको कुरा हाम्रो दृष्टिकोणमा राम्रो लाग्न सक्छ । तर परमेश्वरको विषयमा हामीलाई यस संसारमा कुनै छोनोट को मौका छैन किन भने त्यहाँ एक मात्र परमेश्वर हुनुहुन्छ । हामीलाई मन परोस या नपरोस हामीलाई उद्दार गर्नुहुने उहाँ मात्रै एक साँचो परमेश्वर हुनुहुन्छ। संसारमा धर्महरू, संस्कृतिहरु, विश्वासहरू धेरै होलान तर हामीलाई जीवन दिने; हाम्रो प्रार्थना सुन्ने; हाम्रो दुःख सुखमा साथ दिने एक मात्र परमेश्वर हुनुहुन्छ। यस एक मात्र परमेश्वर तर्फ फर्कनु तपाइ हामीलाई प्राप्त एक मात्र अप्सन हो। यो सत्यता संसारका सबै मानिसहरुको लागि हो । हामी परमेश्वर तर्फ फर्केका छैनौं भनें हामी साहारा विहिन र उद्दार विहिन छौं किन भने हामी संसारको एक मात्र उद्दार कर्ता बाट टाढा छौं । यस एक मात्र अप्सनलाई खेरा नफ्याकौं र परेश्वर तर्फ नै फर्केर उद्दार प्राप्त गरौं।