१ पत्रुस 5:7 - Inspiration || Devotion in Nepali

 


तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

१ पत्रुस 5:7 

यो संसार ठूलो भएपनि र हामी यस संसारमा मानिसहरुको भिड विचमै भएता पनि आफ्नो जीवनको दुःख समस्या  बुझिदिने मानिसहरू नहुँदा हामीलाई एक्लो महसुस हुन्छ। विशेष गरी आफ्नै भनेको र ठानेको व्यक्तिहरूबाट पनि हामीलाई नबुझिकन न्याय भयो र दोषहरु लगाईयो भने मानिस झनै निरास हुन्छ । त्यसैले मानिसलाई सधैं एक आत्मिय मित्रको आवश्यकता हुन्छ जसले हाम्रो जीवनको सवै दुःखहरू बुझेको होस्। जो संग हामीले हृदयका पिडाहरू विसाउन सकेका हौं । मन खोलेर हृदय को दुःख -संघर्ष व्यक्त गर्न सकेका हौं । हाम्रो मित्र यस्तो होस जसले हाम्रो दुःखलाई जानेर हामीलाई घृणा र न्याय होइन तर स्विकार र प्रेम गर्न सकेको होस् । हाम्रो मित्रले हामीलाई सहि सल्लाह तथा सहायता उपलब्ध गराएर हामीलाई जीवनको संघर्षबाट मुक्ति दिलाएको होस्। यदि यस्तो मित्र यस संसारमा कोहि छ भने त्यो परमेश्वर नै हुनुहुन्छ । उहाले हामीलाई बुझ्नुहुन्छ । हामी संसारले हेर्दा तुच्छ देखेता पनि सर्वस्व दिएर प्रेम गर्नुहुन्छ । उहाले हामीलाई न्याय भन्दा मुक्ति, दया र क्षमादानको दृष्टिले हेर्नुहुन्छ हाम्रो लागि मुक्तिको ढोका खोल्नु भएको छ । आफ्नो जीवनको सबै चुनौतिहरु प्रभुलाई सुम्पेर उहाँमा आनन्दित जीवन प्राप्त गरौं ।