भजनसंग्रह 86:5 - Inspiration || Devotion in Nepali



हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्‍छ, र तपाईंलाई पुकारा गर्नेहरू सबैलाई तपाईंको प्रेम प्रशस्‍त रहन्‍छ।

भजनसंग्रह 86:5 

बाइबल धर्मशास्त्रमा परमेश्वरको बारेमा दिइएको एक महत्वपुर्ण सत्यता "परमेश्वर भलो (असल) हुनुहुन्छ" भन्ने हो । यसै वाक्यलाई प्रयोग गरी धेरै गितहरु बनेका छन् र हामी विश्वासीहरूले यसलाई गाएर घोषणा गर्ने गर्दछौं। परमेश्वर भलो हुनुहुन्छ भन्ने सत्यता घोषणामा मात्र सिमित रहनु हुँदैन किन भने यस सत्यतालाई मनन गरेर हामी आफ्नो जीवन परमेश्वरको भरोसामा अघि बढाउनु पर्छ । परमेश्वर सँधै भलो हुनुहुन्थ्यो, र हुनुहुन्छ त्यसको साथै उहाँ सबै सँग विशेष गरी उहाँमा भरोसा राख्नहरु प्रति अतिनै भलो हुनुहुन्छ । उहाँले हामीलाई कुनै पनि अवस्थामा सहायता गर्न सक्ने हुनुहुन्छ । कति पटक हामी आफै विश्वासीलो हुन नसकेको अवस्थामा पनि उहाँ भरोसा योग्य रहनुहुन्छ र हाम्रो पश्चातप तथा जीवन परिवर्तनको धैर्य साथ प्रतिक्षा गर्नुहुन्छ । त्यसैले विश्वास साथ परमेश्वर कहाँ जान हामी डराउनु वा हिचकिचाउनु पर्दैन । हाम्रो जीवनमा पनि परमेश्वर माथि भरोसा राखी उहाँको भलाईलाई अनुभव गरौं। परमेश्वर भलो हुनुहुन्छ भन्ने सत्यताको गवाही पात्र बन्न सकौं।