गलाती 6:9 - Inspiration || Devotion in Nepali



भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

गलाती 6:9

यो स्वार्थी दुनियामा कसैले पनि हामीले  गरेको भलाई र असल कामको महत्व देख्दैन, र हामीलाई लाग्छ दुनिया स्वार्थी मानिसकै पछि लाग्दछन्। यस्तो हुँदा मैले मात्र असल गरेर के होला र ? भन्ने प्रश्न धेरैको मनमा उब्जिन्छ। कसैले गरेको असल कामको कदर नहुँदा अरुलाई पनि असल काम गर्न हौसला आउँदैन। त्यसैले धेरैले आफ्नो जीवनबाट असल कामलाई सुरुवात गरेता पनि यस्तो असल कुराले निरन्तरता  पाएको हुँदैन। तर हामीले यो बुझ्न सक्नु पर्दछ की भलाई र असल कामहरू दिर्धकालिन लगानि हो । झुट, फट्याई र जालझेल जस्तो असल कामद्वारा अहिलेको अहिल्यै परिणाम हात पार्न सकिंदैन। यस्तो तत्कालिन फाइदा हुने कामहरु खहरे जस्तो केहि क्षणको लागि मात्र हुन्छ तर असल काम नदिको मुल हो । यसबाट पानि फुटेर नदि बन्न समय लाग्छ तर यसरी असल कामको मूल निरन्तर फुट्यो भनें धेरैले साहारा पाउने नदिको निर्माण हुन्छ। गलत काम आफ्नै मात्र फाइदा हेरेर गरिन्छ तर जुन काम आफ्नो भन्दा अरुको भलाई हेरेर गरिन्छ त्यो नै असल काम हो। आज तुरन्तै परिणाम हात नलागे पनि असल कामले समाजमा ठूलो योग्दान पुर्‍याउँछ। आफ्नो असल कामको परिणाम नै नदेखीए पनि हामी आफैलाई गव गर्न सक्छौं तर खराब काम ले ल्याएको परिणाम ले क्षणिक रमाहट दिए पनि जीवन मा गर्वान्वित हुन सकिंदैन।  भलाइ गर्न गाह्रो हुन्छ र लामो समय सम्म गरिरहनु पर्दछ तर यसको परिणाम व्यक्तिगत रूपमा मात्र नभई सबै समाजको हितमा हुने भएकोले नथाकी भलाई गर्न नछाडौं । आजको असल कामको फल को कटनी हामीले एकदिन पक्कै पाउने छौं ।