भाग्यमानिको अनौठो व्याङ्क खाता (Bank account of a Lucky man):

भाग्यमानिको अनौठो व्याङ्क खाता (Bank-account of a Lucky Man):

Time is money. – Benjamin Franklin /
समय नै धन हो -ब्यन्जामिन् फ्रयाङ्कलिन

एक मानिस आफ्नो जीवनको पहिलो व्यक्ति ब्याङ्क खाता खोल्न ब्याङ्कमा प्रवेश गर्दै थियो । उसलाई देख्ने वित्तीकै ब्याङ्कको गार्डले 'अहो हजुर आउनु भयो भनेरभनेर सम्बोधन गरेको देखेर उसले अचम्म मान्यो र मन मनै ठान्यो मैले त यसलाई कहिल्यै देखेको थिइन मलाइ कसरी चिन्यो ।


फेरि भित्र पस्ने बित्तिकै ब्याङ्कको कर्मचारीले उसलाई आफू तर्फ बोलाउँदै भन्यो- यता आउनुहोस् यता मैले तपाइलाई नै कुरेर बसेको ।


उ केही नबुझे पनि उक्त कर्मचारी तर्फ लम्कयो र उसको डेस्कको अगाडी को कूर्चीमा बस्यो । केही बोल्नु नपाउँदै त्यस ब्याङ्कको कर्मचारीले उसलाई भन्यो,  तपाइ भाग्यमानी जीवन खाताको विजयता हुनुहुन्छ ।
यस ठाउँमा सहि गर्नुहोस् अनि त्यस खातालाई तपाइले बाँचुन्जेल उपभोग गर्नुहोस् ।
उक्त कर्मचारीले उसलाई भाग्यमानी जीवन खाताको बारेमा सुनाउँदै गयो ।


यो खाता तपाइको लागि सत प्रतिशत निःशुल्क हो । यस खातामा तपाइको लागि हरेक दिन 86 हजार 4सय जम्मा हुन्छ । र त्यसलाई तपाइले जे जसरी पनि उपयोग गर्न सक्नुहुन्छ । यसको लागि तपाइले केही तिर्नु पर्दैन ।
 तर हरेक दिन तपाइले खर्च गर्न नसक्नू भएको भोलि पल्टलाई बाँकी रहँदैन तर क्यान्सल हुन्छ । हरेक दिन खर्च गर्न अर्को 86 हजार 4सय जम्मा हुन्छ र सो त्यसै दिनको लागि मात्र हुन्छ
तर तपाइले 86 हजार 4सय ले पुगेन भनेर कसैसँग ऋण लीन सक्नु हुँदैन, नत अरू कसैलाई पैँचो वा सापट दिन सक्नुहुन्छ । यो नितान्त तपाइको मात्र हो ।


उक्त कर्मचारीले भन्यो तपाइ सहमत हुनुहुन्छ भने यसमा सहि गरेर यस खाता लगेर चलाउनुहोस् । यो अवसर भाग्यमानीहरूको लागि मात्र हो ।
त्यस व्यक्तिले सपनामा पनि नसोचेको भाग्य चम्कयो भनेर हुन्छ भनेर सहि गर्यो र मनमनै गद्गद् हुन लाग्यो


त्यसै बेला उसलाई पछाडिबाट कसैले घचघचाएर बोलाउन लाग्यो
उसले यसो पछि फर्केर हेरेको त उसकी श्रीमती रहि छिन- ए हजुर, किन एक्लै हाँसेको सपनामा
उ झसङ्ग भो, त्यो सब त सपनाको रहेछ । फेरि दुखी भयो ।
तर वास्तवमा उसलाई चेतना होस् या नहोस् त्यस दिनको लागी उसको खातामा 86 हजार 4सय जम्मा भइसकेको थियो ।

हरेक दिन भाग्यमानीहरू नयाँ बिहानी देख्छन्, उनीहरूको खातामा 86 हजार 4सय सेकेन्ड जम्मा हुन्छ । उनीहरूले त्यस दिनको सेकेन्ड बढि भयो भनेर न भोलिलाई राख्न सक्छन् नत पुगेन भनेर भोलिको आज नै खर्च गर्न सक्छन् । न त अरू कसैबाट पैँचो लीन मिल्छ न तर अरूलाई सापट दिन नै । यो नितान्त त्यस दिनको लागी मात्र हो, आफ्नो लागी मात्र ।


यदि तपाइले आज यो कथा पढि रहनुभएको छ भने तपाइ पनि ती भाग्यमानी मध्य एक पर्नुहुन्छ । तपाइको आजको 86 हजार 4सय कसरी खर्च गर्ने योजना राख्नुभएको छ त?
बाइबलले हामीलाई समयको बारेमा यसरी सिकाउँछ

कलस्सी 4:5

'समयको सदुपयोग गर्दैबाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर। '

एफिसी 5:16-17

'यसैकारण मूर्ख नहोओतर प्रभुको इच्‍छा के छसो बुझ। समयको पूरा सदुपयोग गरकिनकी दिन खराब छ। '

उपदेशक 3:1-8
'सबै कुराका लागि समय छर आकाशमुनि सबै कार्यकलापको बेला छ:
जन्‍मने एउटा समय छर मर्ने एउटा समय।
रोप्‍ने एउटा समय छर उखेल्‍ने एउटा समय।
मार्ने एउटा समय छर निको पार्ने एउटा समय।
भत्‍काउने एउटा समय छर बनाउने एउटा समय।
रुने एउटा समय छर हाँस्‍ने एउटा समय।
शोक गर्ने एउटा समय छर नाच्‍ने एउटा समय।
ढुङ्गा छर्ने एउटा समय छर ती बटुल्‍ने एउटा समय।
अँगाल्‍ने एउटा समय छर अलग रहने एउटा समय।
खोज्‍ने एउटा समय छर छोड़िदिने एउटा समय।
राख्‍ने एउटा समय छर फाल्‍ने एउटा समय।
च्‍यात्‍ने एउटा समय छर मरम्‍मत गर्ने एउटा समय।
चूप लाग्‍ने एउटा समय छर बोल्‍ने एउटा समय।
प्रेम गर्ने एउटा समय छर घृणा गर्ने एउटा समय।
युद्ध गर्ने एउटा समय छर मेलमिलाप गर्ने एउटा समय।'

परमेश्वरले तपाइलाइ समयको महत्व बुझेर बुद्धिमानिसाथ यसको खर्च गर्न सिकाउनुभएको होस् ।


 -Pabitra M. Bhandari