वर्ष
|
मुख्य ऐतिहासिक घटनाहरू
|
इ.सं. 312
|
सम्राट कन्टेस्टाइन (Constantine the Great) को ईसाई विश्वासी भएका
कन्टेस्टाइन कि आमा हेलेना विश्वासी थिइन र उनको
प्रभाव कन्टेस्टाइनमा सानै देखि थियो। मिलिभियन पुलको युद्धमा जाँदा उनले क्रुसको
चिन्हको दर्शन देखेर र त्यसै चिन्हलाइ पछ्याएर युद्ध जिते भनिन्छ। कन्टेस्टाइनको
समयमा ईसाईहरू माथि भएको सबै सतावट रोकियो र धेरै मानिसहरू ईसाई विश्वासमा आए।
|
312
|
डोनेटिस्टहरूको विभाजन सुरु
उत्तर अफ्रिका (तत्कालीन रोमी साम्राज्यको एक भाग)मा महासतावटको
सामु कति ईसाईहरूले आफ्नो धर्मशास्त्र रोमीहरूको हातमा दिएर सतावटबाट बाँच्ने
प्रयत्न गरेका थिए तर सतावट रोकिए पनि डोनेटिस्टहरूले यसरी आत्म समर्पण गर्ने विश्वासीहरूलाई
मण्डलीमा स्विकार नगर्ने गरेका थिए। पोप तथा सम्राट कन्टेस्टाइनको आज्ञा पनि
पालना नगरेर उनीहरूले छुट्टै तरिका अघि बढेका थिए।
|
313
|
मिलानको आदेश (Edict of Milan)
कन्टेस्टाइन सम्राट भए पछि र उनि ईसाई सम्राटको रूपमा
गरेको पहिलो आदेशको रूपमा मानिन्छ । यस आदेशले रोम भरि नै सबै मानिसहरूले आफ्नो
इच्छा अनुसारको धर्म पछ्याउन पाउने छन्। यस आदेशले ईसाई माथिको सतावटलाई रोमी
साम्राज्य भित्र आधिकारिक रूपमा नै अन्त्य गरेको थियो।
|
323
|
इयुसिविअस (Eusebius)ले
ईसाई इतिहासलाई पुरा गरेका
यो पुस्तक यसरी पुर्ण रूपमा ईसाई इतिहासमा समर्पित भएको
पहिलो पुस्तक थियो। यसमा पहिलो शताब्दी देखी चौंथो शताब्दी सम्म भएको ईसाई विश्वासको
बिकासलाई उल्लेख गरिएको छ।
|
325
|
नाइसियाको पहिलो परिषद् (The first Counsil of Nicaea)
सम्राट कन्टेस्टाइनले साम्राज्य भरि का 1800 ईसाई बिशपहरूलाई बोलाएर परिषद् गठन गरे। उनको उद्देश्य साम्राज्य
भित्र भएका ईसाईहरूमा भएको विभाजन तथा मत भिन्नताको अन्त्य होस्। यस परिषदले
येशू ख्रीष्टको व्यक्तित्वको बारेमा सहमति कायम गरेको थियो र पहिलो नाइसियाको
विश्वासको सार निर्माण गरेको थियो।
|
341
|
उल्फिलास (Ulfilas) ले बाइबललाई गोथिक (Gothic)
भाषामा उल्था गरेका
Ulfilasले बाइबललाई वर्तमान समायमा हराइ सकेको तर तत्कालिन पूर्वी
जर्मनि वरिपरिका ठाउँहरूमा बोलिने गोथिक भाषामा बाइबल उल्था गरेका थिए। गोथिक
भाषाका आफ्नै अक्षरहरू थिएनन् र उल्फिलासले ग्रिक अल्फाबेटलाई आधार बनाएर छुट्टै
गोथ अक्षरहरूको निर्माण गरेका थिए।
|
358
|
बासिल द ग्रेट(Basil the Great)ले ईसाई सन्त साधुहरू (सन्यासीहरू)को समाज निर्माण
गरेका
येशू ख्रीष्ट जस्तै शुद्ध र असल हुने प्रयत्न गर्ने
मानिसहरूले छुट्टै समाजको निर्माण गरेर ईसाईहरूले आफ्नो विश्वासको अभ्यास गर्ने
चलन थियो। बासिलले यस्तो ईसाई सन्यासी समाजको लागि जिम्मेवारी सहितको नीति नियम
बनाएर योगदान गरे।
|
367
|
अथनासियस(Athanasius) ले आफ्नो चिठ्ठिमा नयाँ करारका आधिकारिक पुस्तकको
सुचि तयार गरेका
त्यस समय मा नयाँ करारका कुन पुस्तकहरू आधिकारिक
रूपमा मण्डलीले स्विकार गर्ने र कुन पुस्तकहरूलाई इन्कार गर्ने विषयमा छलफल तथा
विवाद चलिरहेको थियो। अथनासियसले वर्तमान समय नयाँ करारमा उल्लेख हुने पुस्तकको
सुचि पहिलो पटक तयार गरेका थिए।
|
381
|
कन्स्ट्यान्टिनोपलको परिषद (the First council of Constantinople)
रोमी सम्राट थिओडोसिअसको आह्वानमा साम्राज्यको
पुर्वका चर्च तथा पश्चिमका चर्चहरू विच भएको मत भिन्नता हटाउन यस परिषद गठन
गरिएको थियो। यस परिषदले Arianism एरियको येशू पिता समान ईश्वर हुनुहुन्न भन्ने
शिक्षालाई आधिकारिक रूपमा गलत घोषणा गरेको थियो।
|
386
|
अगस्टिन(Augustine) ले ख्रीष्टलाई विश्वास गरेका
अगस्टिन ईसाई जगतमा सबै भन्दा बढि प्रभाव पार्ने विद्वानको
रूपमा चिनिन्छन्। उनले ईसाई विश्वास अनुसार मानिसको बारेमा सबै भन्दा प्रस्ट
शिक्षा दिएको पाइन्छ। अगस्टिनले दार्शनिक प्लेटोको शिक्षा अनुसार ईसाई ईश्वरशास्त्र
तयार गरेको मानिन्छ।
|
390
|
एम्ब्रोस (Ambrose) ले सम्राटको अधिकार नमानेका
थिओडिसिअस ले बिशप एम्ब्रोस अनुपस्थितिमा उनको नाममा
मण्डलीको सरोकारको उर्दि जारि गरेका थिए। जुन एम्ब्रोसले थाहा पाए पछि उनले
सम्राटलाई प्रभुभोज नदिने घोषणा गरेर सम्राट माथि आफ्नो अधिकार प्रस्तुत गरेका
थिए।
|
398
|
जोन ख्रीसोस्टोम (John Chrysostom) बिशप भएका
ख्रीष्टका सेवकहरू विलासितामा भएको कारण ख्रसोस्टोमले
त्यसको बिरोध गरेका यसमा सुधार ल्याउने प्रयास गरेका थिए तर उनि असफल भए। उनि
प्रभावकारी वक्ताको रूपमा चिनिन्छन्। एरिसको शिक्षामा सहमत भएको निहुँमा उनलाई
निस्कासन गरिएको थियो।
|
405
|
जेरोम (Jerome)ले
भलगेट (Vulgate) ल्याटिन भाषाको बाइबल तयार गरेका
जेरोमले ग्रीक, हिब्रू तथा आरामाइक भाषाबाट बाइबललाई
ल्याटिन भाषामा उल्था गरे । उनले उल्था गरेको बाइबलनै पछि गएर आधिकारिक रूपमा
क्याथोलिक चर्चको वचनको श्रोत हुन पुग्यो।
|
410
|
भिसिगोथहरू (Visigoths) ले रोमलाई पराजित गरेका
800 वर्ष सम्म शासन गरेको रोमी साम्राज्य पहिलो पटक
बिदेशीको हातमा हार बेहोर्नु पर्यो। यसमा रोमका मण्डलीले पनि आफ्नो हार महसुस गरेको
थियो। धेरै मण्डलीका धार्मिक संरचनाहरू पनि भत्काइएका थिए।
|
431
|
एफिससको परिषद् (The Council
of Ephesus)
रोमी सम्राट थिओडोसिअस २ को आह्वानमा एफिससको परिषद
बोलाइएको थियो। यस परिषदले मरियम इश्वरकि आमा हुन् भन्ने धारणा बिरोध गर्ने
पक्षलाई निस्कासन गर्ने गरेको थियो। उनीहरूले नेस्टोरिअस जस्ता शिक्षकलाई दोषी
घोषणा गरेका थिए।
|
432
|
प्याट्रिक(Patrick)ले आयरल्याणमा मिसनरी सेवा सुरु गरेका
16 वर्षको हुँदा आइरिस डाँकुहरूले पक्रेर उनलाई 6वर्ष
सम्म भेँडा गोठालोको रूपमा काम गराएका थिए जहाँ बाट उनि भाग्न सफल भए। पछि उनि
आफै प्रचारक भए पछि त्यहि ठाउँमा मानिसको सेवा गर्न आए। त्यस समाजका धेरै महत्वपूर्ण
मानिसहरूलाई प्रभुमा डोर्याएका थिए।
|
440
|
लिओ I (Leo the Great) पोप भएका
आफ्नो पोपको अधिकार प्रयोग गरेर येशूको व्यक्तित्वमा भएको
दुई मानवीय तथा ईश्वरीय गुणहरूको एकताको बयान गर्ने व्यक्तिको रूपमा चिनिन्छन्।
|
445
|
भ्यालेन्टिन १ को उर्दि (Valentine 1’s Edict)
यस उर्दिले प्रेरित पत्रुसको उत्तराधिकारीको रूपमा
रोमको विसप सबै भन्दा श्रेष्ठ हो। उसको अधिकार माथि कसैले प्रश्न उठाउन पाउँदैन
भनेको छ। यसरी मण्डलीमा रोमको एकाधिकार स्थापना गरिएको थियो।
|
451
|
क्यालसेडोनको परिषध (Council of Chalcedon)
रोमी सम्राट मार्सिएन को अगुवाइमा थापना भएको यस
मण्डलीको परिषधले येशूको व्यक्तित्वबाट मानवता र इश्वरतालाई छुट्याउन खोज्ने
प्रकारका झूटो शिक्षालाई गलत घोषणा गर्नु थियो। हामीले अहिले स्विकार गरेको
विश्वासको सार तयार भएको थियो। तर यस समय गरिएको कुनै पनि निर्णयलाई पुर्वका
मण्डलीले स्विकार गरेनन्।
|
524
|
कन्सोलेसन अफ फिलोसोफि (Consolation of Philosophy) लेखिएको थियो
Boethius जो आफै जेलमा सजयको सुनुवाइ र मृत्यु दण्ड कुरी
रहेका थिए उनले लेखेको यस पुस्तकले त्यस पछि आएको मध्य युगमा ठूलो प्रभाव पारेको
थियो। उनले पुस्तकमा परमेश्वरले बनाउनुभएको यस सुन्दर संसारमा कसरी दुष्टताको
अस्तित्व रहन सक्छ भन्ने विषयलाई समेत उठाएका छन्।
|
529
|
जस्टिनियनका नियमहरू (Justinian Legal Codes ) लेखिएको थियो
जस्टिनियन 1 ले रोममा चलिरहेका नियम कानुहरूलाई
व्यवस्थित बनाएर प्रकाशन गरे, त्यहाँ आपस मा बाझिने विषयहरूलाई हटाउँदै नबुझेका
कुराहरूलाई प्रस्ट पारेका थिए। अहिले वर्तमान समयमा यसै आधारमा देशका नियम
कानुनहरू बनाइन्छन्। विशेष गरी पश्चिमा देशहरूका नियम कानुन यसै आधारमा लेखिएका
हुन्।
|
540
|
बेनेडिक्ट (Benedict)ले सन्यासी
जीवनको लागि लेखेको नियमहरू
व्यक्तिगत तथा सामूहिक (सामुदायिक ) जीवनको लागि
लेखेका नियमहरू १५ सताब्दि सम्म मानिसहरूले प्रयोग गरेको पाइन्छ। यसरी लेखेर सन्यासी
समुदायमा वितरण गरिएको कारण मध्यकालिन यूरोपमा लिखित नियम कानुनको महत्व जान्न र
प्रयोग गर्न सहज बनायो।
|
563
|
कोलुम्वा(Columba)ले
आइओनामा मिसन समुदाय (Mission Community on Iona) स्थापना गरेका
आइरल्याण्डबाट स्कटल्याण्डमा सुसमाचार सुनाउने व्यक्तिको
रूपमा कोलुम्वा चिनिन्छन। उनले स्कटल्याण्मा एउटा मात्र साक्षरता प्रदान गर्ने
स्कुल खोले।
|