Top Ad 728x90

Showing posts with label Stories. Show all posts
Showing posts with label Stories. Show all posts

खाल्डो मा खसेको गधा (A Donkey Fallen into a Pit)

by

 


खाल्डो मा खसेको गधा (A Donkey Fallen into a Pit)

एक जना भरियाको एक दमै उपयोगी प्यारो गधा एक दिन एउटा गहिरो खाडलमा खसेछ ।

त्यस खाडलबाट आफ्नो गधालाई निकाल्न उसले धेरै प्रयास गरेछ तर सकेनछ । हार खाएर उसले सोच्यो, अब म यो गधा यहाँ भोकै दुख पाएर मरेको देख्न सक्दिन, बरू यसले यो खाडलमा दुःखमा छट्पटिनु भन्दा म यसलाई यहिँ पुरी दिन्छु ।

उसले थोरै थोरै माटो त्यस गधा माथि खसाल्न लाग्यो ।

जब जब माटो त्यस गधाको काँधमा खस्थ्यो त्यस गधाले आफ्नो सरिर हल्लाएर त्यसलाई टकटकाउँथ्यो, र त्यो माटो त्यसको खुट्टामुनि पुग्थ्यो । र गधा त्यहि माटो माथि उभिन्थ्यो ।

त्यस व्यक्तिले माटो हाल्दै गर्थ्यो, अनि गधाले त्यसलाई टकटकाएर आफ्नो खुट्टामुनि पार्दथ्यो । त्यसरी क्रम केहि घण्टा चलरह्यो । माटोको थुप्रो यति धेरै भयोकि गधा आफै त्यसखाडलबाट निस्क्यो र चौरमा चर्न लाग्यो ।

हाम्रो जीवनमा आइपरेका दुखहरूलाई हामीले हामी काँधमा राख्छौं कि त्यसलाई टकटकाएर आफो खुट्टाले कुल्चन्छौं समस्याले हामिलाई पुर्न नदिऔ, तर तयसलाई हाम्रो खुट्टा मुनि राखौं ताकि हामीले हाम्रो समस्यलाई नै खुड्किलो बनाएर माथि उठ्न सकेका हौं ।

भजन संग्रह 55:22

तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन।

फ्यानी जे. क्रस्वि- आँखा देख्नेहरू भन्दा वढि देख्ने अन्धी भजन लेखिका- येशू हुन मेरो कस्तो विलास (History of Hymn Blessed assurance)

by

 फ्यानी जे. क्रस्वि- आँखा देख्नेहरू भन्दा वढि देख्ने अन्धी भजन लेखिका- येशू हुन मेरो कस्तो विलास (History of Hymn Blessed assurance)


१. येशू हुन्‌ मेरो कस्तो विलास, दिँदछन्‌ मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।
को. यो मेरो हाल छ, यो मेरो गान गर्छु प्रशंसा प्रतिदिनै (२)
२. पूरा भरोसा, आनन्द र सुख, अब मेरो मनमा न शोक न दुःख
ख्रीष्टबाट भयो दयाको ज्ञान, दूतगण अब गर्छन्‌ प्रेमको बखान ।
३. विश्वास म राख्छु, ख्रीष्ट मेरो नाथ, उनैमा बस्छु सुरक्षासाथ
उनैमा प्रेमले पाउँछु विश्राम जानेछु अन्तमा स्वर्गीय लोक ।

संसार भरि नै सवै भन्दा प्रख्यात भजनहरु मध्ये को गित हो। यो गित सुन्दा हामी जति अशिसित हुन्छौं यदि यो गित लेखने लेखिका अन्धो थिइन जसले जन्मेको ६ महिनामै आँखाको ज्योति गुमाउनु पर्‍यो भन्ने हामीलाई थाहा भयो भने झनै आसिसित हुने छौं। शारिरिक आँखा नदेखे पनि आत्मिकी आँखा चम्कलो भएकी भजन लेखिका हुन् फ्यानी जे. क्रस्वि।

फ्यानी जे. क्रस्वी को जन्म न्यूयोर्कको पुटनाम काउन्टीमा मार्च 1820 को 24 तारिख का दिन भएको थियो । उनी स्वस्थरूपमा जन्मेकी थिइन तर डाक्टरको लापर्वाहिको कारण उनले आँखाको ज्योति गुमाउनु पर्‍यो। उनले आखा ६ महिनामै गुमाउनु परेता पनि उहाँको जीवनमा परमेश्वरको अचम्मको कार्यमा कुनै रोकावट आएन। फ्यानीले ६ वर्षको उमेर देखी गीत लेख्न थाल्नु भयो। १५ वर्षमा न्यूयोर्क भएको अन्धाहरूको स्कुलमा भर्ना हुनुभयो र २२ वर्षको उमेरमा त्यहि स्कुलको शिक्षक हुनुभयो जहाँ साहित्य र इतिहास पढाउनुभयो। सन् 1885 मा सोहि विद्यालयको एक शिक्षक आलेक्सजेन्डर भ्यान अलस्टाइन सँग वैवाहिक जीवनमा बाधिनु भयो । आलेक्सजेन्डर संगितकार थिए र फ्यानी जस्तै साहित्य प्रेमी थिए। फ्यानलाई परमेश्वरले आमा हुने मौका पनि दिनु भयो तर उनको वच्चालाई परमेश्वरले छिट्टै आफूकहाँ लानुभयो ।

फ्यानीको अमेरीकाका धेरै राष्ट्रपतिहरु सँग नजिकको सम्बन्ध थियो । अमेरीकाको सदन (कांग्रेस) मा अन्धाहरूको शिक्षा बारेमा वक्तब्य पनि दिइन। उनले आफ्नो जीवनकालमा धार्मिक बाहेकका गितहरू पनि 1000 वटा लेखिन । उनले लेखेका चार वटा कविताका पुस्तकहरू प्रकासित भए भने उनले लेखेका दुई जीवनीहरू मानिसहरूले धेरै पढेका थिए।

८ हजार भजन लेखेकी फ्यानीले आफ्नो विश्वास र परमेश्वर संग को सम्बन्धबाट प्रेरित भएर भजन तयार गर्दथिन्। येशू हुन मेरो कस्तो विलास भन्ने भजन भने अचम्मले तयार भएको थियो । एकदिन संगितकार फिवि पाल्मर न्याप ले फ्यानी लाई आफूले तयार गरेको एउटा धुन सुनाइन र उनले सोधिन यो धुन सुन्दा तिमीलाई के को स्मरण आउँछ ? तत्काल फ्यानीले घुँडा टेकेर प्रार्थना गर्न लागीन र छोटो प्रार्थना पछि उठेर उत्तर दिइन "येशू हुन मेरो कस्तो विलास"। अनि तत्कालै सो भजनको पहिलो अन्तरा फरर गाउन लागिन। फ्यानीले यसरी कतिवटा पहिले नै तयार भएका धुनमा शब्द भर्ने काम गरिन भने कति आफुले शब्दलेखेर धुन भर्नको लागी दिइन ।

येशू हुन मेरो कस्तो विलास भजन संसाले टप टेन भजनहरू मध्ये पर्दछ । यस भजन शिषर्क भएका धेरै लेखहरू, वचन हरु तथा पुस्तकहर पनि तयार भएका छन् ।


अन्धो स्त्री को प्रेम A Selfish Love - Story || प्रेरणामय लघुकथा

by

 अन्धो स्त्री को प्रेम



एक जना आँखा नदेख्ने युवतीले आफु अन्धोभएको कारण आफ्नो जीवनको सबैकुरा घृणा गर्थिन्। उनलाई एक मात्र संसारमा मनपर्ने मानिस उनको बोइ फ्रेन्ड थियो। उनि अन्धि हुँदा पनि उनलाई अति प्रेम गर्ने अनि हर समय उनलाई साथ दिन्थे। उनको प्रेमीले कुनै कुराको वास्ता नगरि उनिसँग विवाह गरेर जीवन विताउन चाहन्थे। तर युवती आफैले आफू अन्धो भएकोले विवाह गरेर आफ्नो बोइफ्रेन्ड सँग बिबाह गर्न हिचकिचाए कि थिइन र विवाहको प्रस्तावलाई टालेकि थिइन्। उनको प्रेमिले विवाह गरौं भन्दा आफु देख्न सक्ने भएको भए विवाह गर्ने थिए भन्थिन् । 

एक दिन उनलाई एक जनाले नेत्रदान गरेर र उनले पनि आँखा देख्ने मौका पाइन् । यस समाचारले युवती र उनको प्रेमी दुवै अति खुसि भए। आँखा राखि सकेर अस्पतालबाट आँखाको पट्टि खोल्दा युवतिले आफ्नो प्रेमीलाई पहिलो पटक देख्न पाउने हुँदा उत्साहित थिइन। जब उनको आँखा खुल्यो उनलाई फूलको माला लिएर स्वागत गर्ने उनको प्रेमी पनि अन्धो भेट्दा उनि झसंग भइन आफुले देख्न सक्ने तर आफ्नो प्रेमी आँखा नदेख्ने हुँदा उनले विवाह नगर्ने निर्णय गरिन् र आफुलाइ आजसम्म साथ दिने प्रेमी बाथ अलग हुने निर्णय गरिन्। 

उक्त प्रेमी साह्रै निरास भएर उनलाइ अन्तिम सन्देश पठाएर युवतीको जीवनबाट सँधै टाढा जाने निर्णय गरेछ। उसको सन्देश थियो कि: मेरा आँखा को राम्रो ख्याल राख्नु। 

यस कथाले हामी धेरै मानिसले वास्तविक प्रेम लाई चिन्न नसकेर गर्ने गल्ती लायक देखाएको छ। हामीलाइ थाहा होस् र सम्झना होस् कि हामी अयोग्य हुँदा नै हामिलाइ आफ्नो बनाउन आफ्नो एकमात्र पुत्र दिइ परमेश्वरले हामीलाई प्रेम गर्नु भएको हो। हामी उक्त युवती जस्तै स्वार्थी भएर परमेश्वरबाट टाढा नजाउँ।

रोमी 5:6‭-‬8 

किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो। धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला। तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।

एउटा घट्टे, उसको छोरा र गधा || Nepali Christian Magazine

by

 एउटा घट्टे, उसको छोरा र गधा



क ठाउँमा एउटा मान्छे र उसको छोरा सँगै घट्ट चलाउने काम गर्थे । उनीहरूको एउटा भारी बोक्ने, यता उता जाँदा चढ्ने गधा पनि थियो । तर एक दिन उनीहरूको घट्टको पांग्रो बिग्रेछ । उनीहरू सँग त्यसलाई बनाउने पैसा रहेनछ । घट्टे र उनका छोराले गधालाई बेचेर घट्टको मर्मत गर्ने निधो गरे । हाट बजारको दिन, गधालाई लगेर त्यस गधा बेच्ने निधो गरे ।

हाटबजारको दिन घट्टेका बाबु छोरा गधालाई लिएर बजार तिर गएछन् । उनीहरूले आँफु चढेर जाँदा गधा थाक्छ भनेर हिँडेर गधालाइ पनि हिँडाएर लगेछन् । बाटोमा जाँदै गर्दा अरू हाटबजार हिँडाइहरूले घट्टेले गधालाई हिँडाएर लगेको देखेर खिस्सि गर्दै भनेछन्। गधालाई चढ्न भनेर पो पाल्नेहो त। यिनिहरू त कस्ता मुर्ख रहेछन् ।

यो सुनेर घट्टेले छोरालाई गधामाथि चढ्न लगाएर आफँ चाहिँ हिँड्दै गएछ । अलिक पर पुगे पछि अरू बजार जानेले उनीहरूलाइ देखेछन् र कुरा काट्न लागेछन् । बुढो बाउलाई पो गधामा चढाउनु पर्छ । त्यो जवान छोरो गधामा चढेको छ । सो सुने पछि घट्टेले  छोरालाई गधाबाट ओरालेर आँफु गधामाथि चढ्यो र छोरालाइ हिँडायो ।

केहि पर पुगे पछि, फेरी अरूले भनेछन्, कस्तो बाउ रैछ आफैमात्र गधा माथि मस्ति गरेको, विचरा छोरालाई हिँडाएको । त्यो सुनेपछि घट्टेले छोरालाइ पनि गधाको पछि चढ् भनेछ र दुवै जना त्यो एउटा गधामाथि चढेर बजार तिरको बाटो लागेछन् ।

तर बाटोमा उनीहरूलाई देख्नेहरूले भनेछन्, विचरा गधा कस्ता मान्छेको घरमा पालिन पुगेछ, दुइ जाना भुसतिग्रे चढेर कति गाह्रो भयो होला। उनीहरू त्यसगधा माथि चढ्नुभन्दा त गधालाई आँफुले बोकेर जानुनि । त्यो सुने पछि घट्टेले र उसको छोराले गधालाई एउटा बाँसको खाँवोमा झुण्डाएर दुईतिर बाट बोकेर लान थालेछन् ।

बाटोमा उनीहरूलाई देख्नेहरूले यो के हो जात्रा भने हेर्ने भिड लागेछ । गधा आफुले भारी बोक्न बानि परेको तर आफुँलाइ अरूले बोकेको मन पर्दैन थियो । मान्छे हल्लापनि भयो, यो सबै कारणले गधा आत्तिएर छट्पटाउन लाग्यो । त्यतिकैमा गधा बाँधेको डोरी पनि फुत्किएर गधा पुलमुल खोलामा खस्न पुग्यो ।

यसरी गधा बेच्न हिँडेका बाउ छोरा रित्तै घर फर्कनु पर्यो ।

दुनियाँलाई खुसी पार्ने प्रयास गर्दा उनीहरूको आफ्नो काम बिग्रेको देखिन्छ । हामी पनि हाम्रो जीवनमा अरूले के भन्छन् भन्दै उनीहरूको भनाइको पछि दौडिने होइन तर आफ्नो सत्यता, बाटो पहिचान गरेर अरूले जेसुकै भनुन् तर आफ्नो बाटो लाग्न सक्नु पर्छ ।

गलाती 1:10

के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

सुन्दरता - Inspirational Story || Devotion in Nepali

by

सुन्दरता



एक बगैँचामा एउटा झुसिल्कीरो रहेछ । उस्को रंग अरू झुसिल्कीरो भन्दा अलि चम्किलो, आकर्षण थियो । त्यसैले उसले धेरै आत्मविश्वास राखेको थियो आफू सुन्दर हुनुमा । उसले सोच्न थाल्यो, जब म पुतली हुन्छु म सबै भन्दा सुन्दर हुन्छु । समय बित्तै गयो उ पनि झुसिल्कीरो बाट प्युपामा परिणत भएर एउटा फूलको हाँगामा झुन्डिन पुगेछ ।

त्यसको केही हप्ता पछि उसका पखेटाहरू पलाएछन् र उ पुतली बनेर सबै तिर उड्न लागेछ । उसका साथीहरू पनि रंगी बिरंगी पखेटाहरू सहित उड्न थालेछन् उड्दै उनीहरू एक तलाउको माथि उड्न पुगेछन् । तलाउमा आफ्नो छाँया हेर्दा त त्यस पुतली झसंग भएछ । किनभने उसको पखेटा उसका साथीहरूको जस्तो चम्किलो थिएन तर एक दमै फुस्रो खैरो खैरो अँधेरो रंगको थियो । उसले आफैलाई आफ्नो साथीहरूको सुन्दरताको अघि अति नराम्रो, कुरूप देख्न लागेछ । र उसले आफ्ना साथीहरूबाट अलग भएर एक्लै आफ्नो घर फुलको बोट तिर लागेछ र एक्लै समय बिताउन लागेछ ।

साँझ हुँदै गर्दा उसका साथीहरू पनि आफ्नो दिन चर्या सकेर सोहि फूलको बोट तिर आएछन् । उसका साथीहरूलाई उसको मन भित्रको पिडा केहि थाहा थिएन । राति धेरै बेर उसका साथीहरू मिठामिठा कुरा गरिरेछन् । कुरा गर्दा गर्दै उसको एक साथी उसलाई भनेछ । ए तेरो पखेटा रातको आकास जस्तै छ त । उसलाई साह्रै नमीठो लागेछ । अनि अर्कोले थपेछ, मेरो पनि त्यस्तै राम्रो भएको भए कति खुशी हुन्थें । उसले केही नबुझि, आफ्नो प्वाँख हेरेछ, र माथि आकास हेरेछ ।

भलै रातको आकास अँध्यारो किन नहोस्, तर त्यसमा चम्केको ताराहरूको चम्काइले त्यो अतिनै सुन्दर थियो । अनि उसलाई लाग्यो हो त नि म त रातको रानी पो त, अँध्यारो मा चम्किने ।

कति चोटि हामीले सुन्दरतालाई गोरो पन, कसैको जीउडाल, उचाइ, साइज आदि सँग तुलना गर्दै हामीले आफैलाई सुन्दर देख्दैनौं तर जानी राखौं कि सुन्दरता हाम्रो आत्मीय गुण हो । हामी अरू सँग दाँजिन बनाइएका होइनौं । तलको खण्ड पढ्नुहोस् र सँधै ढुक्क हुनुहोस् कि तपाइ अरू जस्तो नदेखी ए पनि एक दमै सुन्दर हुनुहुन्छ । किनभने तपाइमा परमेश्वरको प्रतिरूप छ ।

उत्‍पत्ति 1:27 27 

यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

तिन प्रश्नहरु - A Story || Nepali Christian Devotion

by

तिन प्रश्नहरू


एक जना सम्राटलाई तिन वटा प्रश्नहरूले धेरै सताउन थालेछ । पहिलो, सबै भन्दा महत्वपूर्ण समय कुन हो? दोस्रो, सबै भन्दा महत्वपुर्ण व्यक्ति को हो? र तेस्रो, सबै भन्दा महत्वपूर्ण काम के हो? यि कुरा जाने पछि उनलाई जीवनमा कहिल्यै गल्ति हुँदैन भन्ने विश्वास थियो ।

सम्राटका सल्लाहकारहरूले ति प्रश्नहरूको विभिन्न उत्तरहरू दिएछन् । पहिलो प्रश्न महत्वपूर्ण समय बारे कतिले सम्राटलाई समय तालिका बनाएर सोहि अनुसार चल्न सुझाव दिएछन्, अरूले, कतिले असल र खराब समय हुन सक्ने भएकोले चनाखो भइ निर्णय लिनु पर्ने सुझाव दिएछन् भने अन्यले सम्राट आफैले सबै कुरा हेर्न सम्भव नभएको ले असल सल्लाहकारहरू राख्न सुझाएछन्।

दोस्रो प्रश्न महत्वपुर्ण व्यक्ति वारे पनि त्यस्तै फरक फरक उत्तरहरू प्राप्त भएछ । कतिले राज्यलाइ चलाउन सहि कर्मचारी भर्ना गर्नु पर्ने सुझाएछन्, अरूले धार्मिक अगुवालाई अघि सारे मात्र सहि हुने कुरा गरेछन् भने अन्यले देशमा सैनिकहरू महत्वपूर्ण भएको जनाएछन् । तेस्रो प्रश्न महत्वपूर्ण काम वारे पनि त्यसरी नै कतिले विज्ञान, कतिले धार्मिक काम कतिले सैनिक अभ्यासलाई अघि सारेछन् ।

तर सम्राट ति उत्तरबाट सन्तुष्ट हुन नसकेर एक जना बृद्ध ज्ञानिकहाँ सो बारे सोध्ने निश्चय गरेछन् । तर ति ज्ञानि पुरषले धनि, ठुलाबडालाइ कहिल्यै मन नपराउने भएकाले सम्राटले एक किसानको भेष गरेर ति ज्ञानि व्यक्ति वस्ने डाँडा तिर उकालो लागेछन्। लामै उकालो उक्ले पछि उनले ज्ञानि वस्ने ठाउँमा पुगेछन् । सम्राट त्यहाँ पुग्दा ति बृद्ध वारि खनि रहेका थिए । सम्राटले आफू आउनुको उद्देश्य सुनाएर ति तिन प्रश्न दोहोर्याएछन् । तर ति ज्ञानि व्यक्ति केहि नबोलि बारि खन्ने काममा नै लागेछन् । सम्राटलाइ बृद्धले बारि खनेको मन नपरेर, म सघाइ दिन्छु तपाइले चाहिँ मेरो प्रश्नको उत्तर दिनुहोस् भनेर बारि खन्न लागेछन् । ति बृद्धले फेरी केहि पनि बोलेनछन् ।

बारि खनेर सक्ने बेला सम्म कुनै उत्तर नपाए पछि फेरी एक पटक सोध्नु पर्यो नभए फर्किनु पर्ला भन्ने सोधेर यसो बृद्ध तिर फर्कदै थिए तत्कालै एक जना घाइते मानिस दगुर्दै उनीहरूको सामुन्ने आएर लड्यो । सम्राट र ति बृद्ध मिलेर त्यस घाइतेको उपचारमा लागेछन् । भोलि बिहान मात्र उक्त घाइते मानिसको होस् खुल्यो । होस् खुल्ने बित्तिकै उक्त मानिसले सम्राटको पाउमा परेर क्षमा माग्न लाग्यो ।

त्यस घाइले ले आफु सम्राटको दुश्मन भएको र हिजो सम्राटलाइ मार्न भनि बाटोमा कुरेको तर सम्राटका अंग रक्षकहरू जो त्यस डाँडाको फेदिमा थिए उनिहरूले आफुलाइ हमला गर्दा भाग्ने क्रममा यहाँ आइ पुगेको कुरा सुनायो । सम्राटले उसले आफुलाइ किन मार्न खोजेको हो भनि सोधेछन् । उक्त घाइतेले भनेछः सम्राटले गरेको अन्यायपुर्व व्यवहारले आफनो सम्पत्ति गुमाएको र त्यसै रिसमा उनलाइ मार्न निस्केको बताएछ । ति ज्ञानि बृद्धको अघि सम्राटले त्यसलाइ क्षमा दिएछन् र आफ्ना सिपाहिहरूलाइ बोलाएर त्यस घाइतेलाइ उपचार गराउनु भनि जिम्मा दिएछन् ।

अब एक पटक योगिलाइ भेटेर फर्किनु पर्ला भनेर ति ज्ञानि योगिको सामु गएछन् । सम्राटलाइ देख्ने बित्तिकै ति योगिले सम्राटले ति प्रश्नको उत्तर पाइसकेको बताएछन । सम्राटले केहि नबुझि अल्मलिएको देखेर योगिले भन्दै गएः

हिजो आफुआउँदाको समय सबै भन्दा सहि समय थियो किन भने मलाइ बारि खन्न कसैको सहायता चाहिएको थियो । हिजो सम्राटको लागि म सबै भन्दा महत्व पूर्ण व्यक्ति थिएँ भने बारि खन्नु सबै भन्दा महत्वपूर्ण काम । यहाँ बारि खनेर नअल्मलिएको भए त्यसले तपाइलाइ डाँडाबाट ओर्लने बेला हमला गर्न सक्थ्यो । बारि खनि सके पछि त्यस घाइते यहाँ आउनु पनि सहि समय थियो, त्यसको उपचार गर्नु सबै भन्दा महत्वपूर्ण काम र त्यो घाइते दुश्मन सबै भन्दा महत्वपुर्ण व्यक्ति । भोलि तपाइको निम्ति भोलिको समय नै सबै भन्दा महत्वपूर्ण हुन्छ भने त्यो समयमा अरू नै कोहि व्यक्ति र काम महत्वपूर्ण होला ।  ति ज्ञानिले भनेछन् अहिलेको यो समय सबै भन्दा महत्व पूर्ण समय हो, आफ्नो सामु भएको व्यक्ति अहिलेको लागि सबै भन्दा महत्वपूर्ण व्यक्ति हो, त्यस व्यक्तिलाइ खुशि पार्नु अहिलेको लागि सबै भन्दा महत्वपूर्ण काम । भोलिको समयमा महत्वपूर्ण व्यक्ति र काम पनि फेरिन सक्छ ।

हाम्रो लागि आज अहिलेको समय सबै भन्दा महत्वपूर्ण समय हो भने आजको समयमा हाम्रो सामु परमेश्वरले पठाउनुभएको व्यक्ति लाइ सेवा गर्नु सबै भन्दा महत्वपुर्ण काम हुन्छ । अहिलेको आफ्नो अघि को काम र मानिसलाइ छाडेर अन्य महत्वपुर्ण मानिस र काम तरखरमा नजाउँ ।

मत्ती 6: 33-34 

तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌। यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

Leo Tolstoy को Three Questions भन्ने कथामा आधारित

एक जना दाउरेको कथा || Nepali Christian Devotion

by

 एक जना दाउरेको कथा


एक जना मानिसले  जंगतलको छेवैको गाउँमा रूख काट्ने, चिर्ने आदि काम पाए । तलव पनि राम्रै रैछ, र सँगै काम गर्नेहरू र काम गराउने मालिक पनि मन परेछ । त्यसैले उसले सोच्यो म मेहनत गरेर काम गरेर काम गर्छु । उसको मालिकले उसलाइ रूख ढाल्ने जिम्मा यो । उ पनि खुसी हुँदै मज्जाले बन्चरोले रूख काट्न लाग्यो ।

पहिलो दिन उसले १८ वटा रूख ढाल्यो । यो देखेर उसको साउ धेरै खुशी भयो उसको काममा ।

भोलि पल्ट उसले १५ वटा रूख ढाल्यो ।

अनि पर्सि पल्ट १२ वटा रूख ढाल्यो ।

त्यस्तै गरेर केही दिन पछि जति बल गरे पनि ८ वटा भन्दा बढि रूख ढाल्न नसक्ने भयो ।

उ अलिक चिन्तित भएर, मलाइ साउले केहि भन्ने होकि, यसै गरी मेरो काम घट्दै जाने हो भने त मलाइ उसके कामबाट निकाल्छ होला । उसले सोच्यो जे भए पनि म आफैँ गएर कुरा गर्नु पर्यो ।

उसले साउलाइ भेटेर भन्योः साउजी, म त कम्जोर भएँ कि के भयो, हिजो आज त धेरै रूख काट्नै नसक्ने भएको छु । पहिलो दिन त १८ वटा रूख ढालेको थिँए, हिजो त बल्ल बल्ल् ८ वटा मात्रै सकें ।

साहुले उसको अनुहार हेर्यो, आफैले आएर आफ्नो काम घटेको कुरा गर्ने यो मान्छे ठग त पक्कै होइन के भएछ ।

साहुले भन्यो तिमीले बन्चरो कहिले र कसरी उद्याउँछौ ।

उसले भन्यो म त दिन भर रूख काट्न ब्यस्त छु, बञ्चरो उद्याएर बस्ने फुर्सद कहाँ छ र मलाइ ?

साहुले भन्यो बञ्चरो उद्याउनु पनि काम नै हो । सँधै बञ्चरो उद्याएर मात्र रूख काट्न जाउ ।

त्यस दिन पछि उसले सधैं बञ्चरो उद्याउँदै रूख ढाल्न लाग्यो । उसले दिनमा ढालेका रूख १८ भन्दा कमि कहिल्यै भएन, बरू कहिले कहिँ २० २२ नै पुर्याउँथ्यो ।

कहिले कहिँ हामीलाइ के लाग्छ भने कडा परिश्रम नै सबै भन्दा महत्वपूर्ण हो । हो मेहनत गर्नेले नै फल पाउँछ । तर हामी सबैले समय समयमा रोकिएर उद्याउनु पर्ने कुराहरू, भर्नु पर्ने कुराहरू, खालि गर्नु पर्नेकुराहरू पुरा गर्नु पर्दछ । त्यसो गर्यो भने सोहि काम, सजीलो, त्यही जीवन आसिसित हुन्छ, त्यही ठाउँ रमाइलो हुन्छ ।

प्रस्थान २०:8- 11

“शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।  9छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,  10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌। 11किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो। 

घिउको भाँडामा पैसा- A Story || Nepali Christian Devotion

by

 घिउको भाँडामा पैसा



एक जना मानिसलाई टाढा यात्रामा जानु पर्ने भएछ। घरमा अरू कोही नभएकोले उ यात्रामा जाँदा घरमा भएको थोरै पैसा कहाँ राख्ने होला भनेर चिन्ता लागेछ। उसले केही बेर सोचे पछि घिउको भाँडामा पैसा राखेर माथिबाट घिउले छोपेछ र आफ्नो छिमेकीलाई आफू यात्राबाट फर्केर आउने समय सम्म घिउ राखिदिन आग्रह गरेछ र आफ्नो यात्रामा लागेछ। उ यात्राबाट फर्किन धेरै नै समय लागेकोले छिमेकीले घिउ बिग्रन्छ कि भनेर उसको घिउको बट्टा खोतलेछ। त्यस भाँडा मा पैसा देखे पछि उसले सबै पैसा झिकेर त्यस भाँडामा साना साना ढुंगाहरू राखेर घिउले छोपेछ। 

पछि यात्रामा गएको छिमेकी घर फर्केर छिमेकीकहाँबाट आफ्नो घिउको भाँडो घर लगेछ। घरमा लगेर हेर्दा त पैसाको साटो ढुंगाहरू फेला परेकोले उ साह्रै निरास भएछ। पछि उसले पनि युक्ति गरेछ र जङ्गलमा गएर एउटा बाँदर समातेर ल्याएछ। छिमेकिको घरमा गएर उसको छोरालाई लिएर बजार जान अनुमति मागेछ। पछि उसले छिमेकिको छोरालाइ आफ्नो आफन्तकहाँ छोडेर घरमा फर्केछ र घरमा भएको बाँदरलाई उसको छिमेकी कहाँ लगेर, तपाइको छोरो यहाँ छ भनेर बाँदर हातमा थमाइदिएछ। उसको छिमेकी उसँग साह्रै रिसाएछ र भनेछ कसरी मेरो छोरा बाँदर भयो भनेर कराएर । प्रतिउत्तरमा उसले घिउ भित्रको पैसा ढुंगा हुन्छ भने तिम्रो छोरा किन बाँदर हुँदैन भनेर भनेछ। उसको छिमेकी लाजले सर्ममा परेछ र उसको पैसा फिर्ता दिइ आफ्नो छोरा लगेछ। 

हामी मानिस कति पटक यस्तै हुन्छौं। आफूले इमान्दारीताका साथ व्यवहार नगरे पनि अरूबाट आफूलाई सहि व्यवहार भएको चाहन्छौं। वास्तवमा हामीले सहि व्यवहार देखाएनौं भने अरूबाट असल व्यवहारको अपेक्षा राख्न सक्दैनौं। 

मत्ती 7:12

'मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो। '

यो कथा अफ्रिकाको लोक कथामा आधार गरेर बनाइएको हो। 

सिंह र भुसुनो - Inspirational Story || Nepali Christian Magazine

by

 सिंह र भुसुनो



एक दिन एउट सिंह आफ्नो सिकार सकेर रूखको छहारीमा सुतिरहेको थियो । उ एक निन्द्रा सुतेर बेलुकि तिर गस्तिमा निस्कने योजनामा थियो । सिंहलाई निन्द्राले छोएको मात्र के थियो, उसले कानमा के ले भुनभुनाएको सुन्यो । यसो आँखा खोलेको त एउटा भुसुना पो रैछ। उसले रिसाएर भुसुनालाई भनेछ, ए यहाँबाट गइहाल नत्र तेरो हालत खराब हुन्छ ।

भुसुनाले पनि उसको कुरा सुनेको नसुने झैं गरी चिच्याइरह्यो। साह्रै भएर सिंहले भुसुनालाई नराम्ररी हकारेछ ।

भुसुनाले पनि उल्टै सिंहलाई जवाफ दिएछ, तँलाई अरूले राजा भने भन्दै म डराउँछु भनेको, के गर्न सक्छस गर।

यति भनेर भुसुनाले सिंहको नाँकमै बसेर टोकिदिएछ ।

सिंहले पनि भुसुलोलाई हान्ने झोकमा आफ्नै पञ्जाले आफ्नो नाकमा हान्यो । भुसुनो चाँहि फुत्केर उसको खुट्टामा बस्यो, सिंहले भुसुनो टोक्न भन्दै आफ्नो खुट्टा टोक्यो । यस्तो क्रम धेरै चले पछि सिंह, आफ्नै प्रहारले चोटै चोट भयो । र उसले हार मान्यो ।

उता भुसुनो भनें जंगलको राजा सिंहलाई जितें भनेर निकै खुशी भयो । यो खबर अब सबलाई सुनाउँछु भन्दै उड्ले अलि पर मात्र के पुगेको थियो । खुशीले आँखा नदेखी उडेको कारण एउटा माकुरो जालमा पर्यो । त्यत्रो ठुलो सिंहलाई जितेको भुसुनो आफ्नो घमण्डको कारण, आखिर एउटा माकुरो आहारा बन्यो ।

सहासि हुनु बिजयि हुनु ठिकैछ, तर बिजयको घमण्डले चाहिँ पतन गराँउछ। यहाँहरूलाई पनि सुझाब छ है, खुशी हुनुहोस् तर घमण्डि नहुनुहोस् ।

हितोपदेश 16:18

सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ।  

भेंडाको बगाल र एउटा बंगुर

by

 भेंडाको बगाल र एउटा बंगुर



एक दिन एउटा भेडाको चरनमा बाटो बिराएर एउटा मोटो खाइलाग्दो बंगुर आइपुगेछ । भेंडाहरू र बंगुरको भलाकुसारी चल्न लाग्यो । भेंडाहरूले आफुहरूलाइ हेर्ने गोठालो अति दयालु भएको र अब हाम्रै बगालमा रहन त्यस बंगुरलाइ सुझाव दिए छन् । भेंडाहरूको कुरा सुनेर बंगुर पनि त्यहि चरन नजिकै भएको आलमा खेल्दै भेंडाहरू सँगै चर्न लागेछ । केहि बेर पछि गोठालो पनि यसो आफ्ना भेंडाहरू कता तिर लागे भन्दै हेर्न आइपुग्यो । उसले बडेमानको बंगुरलाइ आफ्नो भेंडाहरूको साथमा चरेको देख्दा धेरै खुशी भयो । र त्यस बंगुरलाइ छोप्न लाग्यो । बंगुर पनि तर्सेर यसो भाग्न मात्र के सोचेको थियो, भेंडा गोठालाको हातमा परिहाल्यो । गोठालोले मनमनै त्यस बंगुरलाइ कसाइकोमा लगेर काटकुट पार्ने योजना बनायो । उक्त बंगुर गोठालाको हातबाट फुस्कन उफ्रन लाग्यो र चर्को सोरले च्वाँइ च्वाँइ गरेर कराउन लाग्यो ।

यो सब देखेर भेडाहरू दंग परेछन्, र बंगुरलाइ भनेछन्, हाम्रो गोठालाले समात्दैमा त्यसरी आत्तिनु पर्छ र? हामीलाइ पनि उसले बारम्बार छोप्छ, हामी त चप लागेर उसँग जान्छौं र केहि बेर पछि फर्किन्छौं । बंगुरले कराउँदै जवाफ दियोः तिमीहरूलाइ उसले लग्यो भने पनि उन काडेर छाड्छ, मलाइ लग्यो भनेत यसले पोलेर पो खान्छ ।

हामी आफु सुरक्षितहुँदा, सम्पन्न हुँदा अरूलाइ केहि छैन जस्तो गरेर साहसी पना देखाउन सकिन्छ होला तर जसको जीवनमा खतरा छ उनीहरूको दुःख र संघर्ष बुझ्न सक्दैनौं । नेपालमा विषेस गरी जात भातको भेदभाव छ, जसले यसलाइ भोग्दैनन्, उनीहरूलाइ नेपाली समाज एकदम मिजासिलो लाग्ला तर जसले दुर्व्यवहार भोग्छन् उनीहरू अनुभव फरक हुन्छ । अरूको दुःखको मजाक नउडाउँ ।

रोमी 12: 16

एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।

जंगलमा महामारी- कथा a Story

by





जंगलमा महामारी

एक जमानामा एउटा जंगलमा ठुलो महामारी फैलिएछ । धेरै जनावारहरू मरेछन्, धेरै विरामि भएछन् र आफ्नो खाना पनि सिकार गर्न, चरनमा जान नसक्ने भएछन् । यो सबै देखेर जंगलको राजा सिंहले एक सब जनावरहरूको भेला गराएछ । जब जंगलका सबै जनावरहरू भेला भएछन् । त्यस पछि राजा सिंहले सभामा बोल्न थालेछन् । यो माहामारी हामी सबैले गरेको पापको कारण हुनुपर्छ । यदि हाँमी बाँच्न चाहने हो भने आजै हामीले हाम्रो पापको पश्चाताप गरौं । जो सबै भन्दा बढि पापी भेटिन्छ उसैलाइ इश्वरको सामु बलिदान चढाउँ । पश्चाताम म बाटै सुरू गर्छु ।

यति भनेर सिंहले आफ्नो जीवन भरि गरेका कर्तुतहरू सुनाउन लाग्योः

मैले धेरै पाप गरेको छु, मैले धेरै भेंडाहरू, जराहो, हरिणहरूलाइ मारेको छु । एक दुइ पटक त भेंडा मात्र होइन भेडा गोठालालाइ पनि खाएको त्यसैले म साह्रै पापी छु । मैले नै बलिदान चढ्नु परे पनि म तयार छु ।

यो सुने पछि स्यालले थप्यो महाराज तपाइको कार्यत पाप होइन, ति मुर्ख भेंडालाइ खानु पनि पाप हुन्छ त,  गोठाला पनि आफैलाइ हामी सबको मालिक बनाएर राखेका छन् । त्यो पनि केहि गल्ति होइन ।

यसरी नै भालु, ब्वाँसो, चितुवा जस्ता हिंसक जनावरको कृयाकलापले पनि सफाइ पाउँदै गए र पापी घोषणा भएनन् ।

त्यस पछि गधाको पालो आएछ, र गधाले भन्नलागेछ ।

मैले पनि पाप गरेको छु । एक दिन बाटो बाटै भारि बोकेर गइराखेको बेला मलाइ साह्रै भोक लागेको थियो त्यसैले बाटो छेउकै पूजाहारीको बारीबाट दुई मुठि गहुँको बाला खाएको थिए ।

स्यालले तत्काल चिच्याएछ, यो त महापाप हो कसरी यसले पूजाहारीको गहुँ चोरि गर्न सक्छ ।

सबैले हो मा हो भनेछन्, र गधालाई बलि दिने निर्णय गरेछन् ।  

गधालाई बलिदान दिएर सबै प्रसाद खान झम्टेछन् ।

संसार यस्तै छ, शक्तिशालीको विरुद्ध कोही बोल्दैन तर कमजोरलाई पाए कसैले छाड्दैनन् चेतना भया ।  

मत्ती 10:16-17  

“हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।  तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्‍पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्‌।

प्रेरणात्मक कथा - बुद्धिमान् मानिसको सल्लाह- A Inspirational Story

by

 बुद्धिमान् मानिसको सल्लाह



धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ, र समझशक्ति हासिल गर्छ, हितोपदेश 3:13 

एक जना साधु कहाँ मानिसहरू विभिन्न खालका समस्याहरू लिएर सल्लाह माग्न जाने गर्थे । तर केही समय पछि उक्त साधुले के चाल पाए त भने सबै मानिसहरू एउटै प्रकारको समस्यालाई लिएर सधै उनि कहाँ धाइरहेका छन्।

उनले मानिसहरूलाई भेला गराएर एउटा रमाइलो चुट्किला सुनाएछन्।

त्यहाँ उपस्थित सबै जना बेजोड सँग हाँस्न थाले । 

भोलि पल्ट पनि तिनै मानिसहरूलाई भेला गरेर साधुले त्यही चुट्किला सुनाएछन् तर त्यस बेला केही थोरे मानिसहरूमात्र अलि अलि हाँसेछन् ।

साधुले तेस्रो दिन मा पनि ती मानिसलाई जम्मा गरेर त्यही चुट्किला सुनाएछन् तर तेस्रो पटक सुन्दा कोही पनि साधुको चुट्किलामा हाँसेनन् ।

साधुले त्यस वेला मानिसहरूलाई यसरी भनेछन्

तिमिहरू एउटै चुट्किलामा घरी घरी हाँस्न सक्दैनौ भने एउटै समस्यामा कि सधैँ रुने गर्छौ ?


हामी पनि समस्यालाई लिएर दुखी नभई परमेश्वरमा विश्वास गरी निश्चिन्त रहौं ।

"यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”मत्ती 6:34 


जीवन अँध्यारोमा जब आउँछ दुख (भजन ३०४): एक असफल पास्टरले लेखेको सफल गीत Story behind a Hymn

by

जीवन अँध्यारोमा जब आउँछ दुख (भजन ३०४): एक असफल पास्टरले लेखेको सफल गीत



म भरखरै चर्च जान सुरु गर्दा जीवन अँध्यारोमा जब आउँछ दुख भन्ने भजन ३०४ प्राय म जाने मण्डलीमा भेटि उठाउने क्रममा गाइने गरिन्थ्यो ।  भरखरै नयाँ विश्वासमा हुर्कदै गरेको बेला यसका शब्दहरूमा मेरो ध्यान पुगेको थिएन तर भेटि उठाउँदा गाइने भजन भनेर मैले चिन्ने गर्थे । पछि प्रभुको बोलावट संग बाइबल कलेज पुग्दा मात्र थाहा भयो यो गित त अंग्रेजीबाट नेपालीमा उल्था गरिएको रहेछ । पछि बाइबलिय उच्च शिक्षा हासिल गर्न कोरिया पुग्दा यही हामीले भेटि उठाँउदा गाउने गरेको गीत  लगभग 50 जनाको क्वायरले गाएको देखे । यो देख्दा मलाई आफूले सुनेको भाकाको गीत भव्य रूपमा गाएको पाउँदा निकै रमाइलो लाग्यो र धेरै समय पछि सम्म यो मेरो सबै भन्दा मन पर्ने भजनहरु मध्ये को एक बनिरह्यो । तर हालसालै विश्वासी डट कम् मा लेखहरू लेख्न थाले पछि मैले केही प्रचलित भजनहरूको पछिको घटनाको खोज गर्ने क्रममा मलाई थाहा भयो जसरी यस भजनले आशीष गन गन भनि वकालत गरेको छ त्यसको विपरीत धेरै पटक असफल भएको व्यक्ति बाट लेखिएको रहेछ । आज त्यही अपत्यारिलो यस गीत पछाडिको कथा यहाँ कोर्दै छु ।

सन् 1856 मा जन्मेका जोनसन ओट्म्यान अमेरीकाको न्यूजर्जि का बासिन्दा थिए । उनको पिता एक व्यापारी भए पनि त्यस ठाँउमा सबै भन्दा राम्रो गाउन जान्ने मानिसको रूपमा चिनिएका थिए। सानै देखि जोनसनलाई पनि गित गाएर बाब जस्तै प्रख्यात बन्ने खुब रहर थियो तर उनले उनको बाबुको जत्ति कहिल्यै गाउन सकेनन् । गाउन नसके पनि उनमा संगितमा केहि गर्ने धोको कायमै थियो। उनले बाबुको व्यापार मा हात हाले तर व्यापारबाट आफू सन्तुष्ट हुन सकेनन् । पछि गएर उनि पास्टरीय सेवाकाइमा लाग्ने उद्देश्य साथ सेमिनारीमा गए। त्यहाँ आफ्नो पढाइ सके पछि उनले पास्टरीय अभिषेक लिएर पास्टरको सेवा गर्न लागे र मण्डलीहरु मा प्रचार गर्न लागे । 

तर जोनसनलाई पास्टरीय सेवाकाइमा पनि सन्तुष्ट मिलेन उनले वचन प्रचार भन्दा संगितमा नै मन लाग्थ्यो तर गाउन सक्दैनथे । तर त्यति बेला उनले थाहा गरेकी उनले गित गाउन र संगित बजाउने सिप नभए पनि गीत लेख्ने कला परमेश्वरले दिनु भएको छ । उनी ३१ वर्षको उमेर मा वचन प्रचार गर्न छाडेर गित भजन लेख्न थाले । आफूले राम्रो गाउन नसक्ने भएकोले अरुहरुलाई नै गित गाउन लगाउँथे । त्यति बेला मात्र उनले महसुस गरेकि उनले पुलपिटबाट प्रचार गर्न नसकेका वचनहरूलाई गीतको माध्यमबाट मानिसहरूमा बाडन सक्ने भए । यसरी धेरै काममा असफलता पाएपछि सफलताको बाटो फेला पारेका जोनसनले आफ्नो जीवन कालमा 5000 वटा भजनहरू लेखे । उनले लेखेको सबैभन्दा प्रख्यात भजन मध्ये पर्दछ हामीले भेटि उठाउँदा गाउने गरेको भजन |

जोनसनले यस भजनलाई 1897 मा लेखेका थिए । उनले लेखेका शब्दहरूलाई संगितमय गर्ने काम एड्विन ओथेलो एक्सेल ले गरे । एड्वीन आफै पनि एक पास्टरका छोरा थिए। यसरी जीवनको बाटो पहिल्याउन धेरै पटक असफल भएका व्यक्ति बाट लेखिएको भजन संसार भरका विश्वासीले परमेश्वरले दिनुभएको आशिषलाई सम्झने गीतको रूपमा परिणत भएको छ । भलै उनले वचन बाडने काम रोकेर भजन लेख्न सुरु गरेता पनि उनको भजन धेरैलाई परमेश्वरको वचन बुझ्ने र बुझाउने माध्यम बनिरहेको  छ ।


आशिष गन गन एकै एक आशीष गन हेर छन् अनेक

आशीष गन छक्क पर्नेछौ प्रभुले तिमीलाई कति दिनु भो

कथा- आधा गिलास पानीको बोझ- वस्तुगत शिक्षा Objective Lesson

by

 

आधा गिलास पानीको बोझ

एक जना मनोविज्ञानको प्रोफेसरले एक


आधा भरिएको गिलास विद्यार्थीहरूको अगाडी ल्याएर पानीको गिलास देखाउँदै सोधे। यो गिलास गह्रौँ छ कि हल्का ?

प्राय विद्यार्थीहरूले उत्तर दिए, छैन त्यति पानी के को गह्रुँगो हुनु ।

उक्त प्रोफेसरले भनेछन्, त्यो सहि उत्तर हो । अनि उनले यो पनि उचालेर प्रदर्शन गर्न इच्छु विद्यार्थीले हात उठाउन भने ।

त्यहाँ धेरैको हातहरू उठेको थियो । ति मध्य सबै भन्दा हिस्टपुस्ट दखीने एक जवानलाई अगाडि बोलाएर पानी हत्केलोमा लिएर हात सिधा पारेर बोक्न लगाए ।

उक्त विद्यार्थी पनि, मुस्कुराउँदै पानी लिएर  हात सिधा पारेर उभियो ।

त्यस पछि प्रोफेसरले त्यस दिनको पढाइ सुरू गरेछन् । क्लास १५ मिनेट जती अघि बढेपछि उक्त गिलास बोकेर उभिरहेको बिध्यार्थिलाइ सोधेछन् । गिलास गह्रौँ छ कि हल्का ?

त्यस जवानले भनेछ, त्यति गह्रौँ छैन ।

प्रोफेसरले पढाइलाई निरन्तरता दिएनन् । करिब १ घण्टाको क्लास पछि उनले त्यस विद्यार्थीलाई सोधे छन् । गिलास कति गह्रौँ छ । त्यस जवानले उत्तर दियो, मेरो हात गलि सक्यो के म यसलाई टेबुलमा राख्न सक्छु ।

प्रोफेसरले भनेछन्, गिलास आधा भरिएकोले त्यो केही क्षण बोक्न पक्कै पनि हल्का छ । तर त्यसलाई हामीले लगातार बोक्यौं भनें यो जतिनै हल्का भए पनि बोक्न गाह्रो हुन्छ र यसले हामीलाई थकाउँछ जसरी उस जवानको हात गलेको थियो । पानीको तौलमा फरक आउँदैन तर त्यसको बोकाइमा भर पर्छ हामीले कति लामो समय यसलाई बोक्न सक्छौं ।

प्रोफेसरले भन्दै गएः आफ्नो जीवनका चिन्ता, फिक्री, रिस, ढाड आदिलाई पनि हामीले जति नै सानो र हल्का ठानेपनि त्यो लामो समय सम्म बोकि राखे भारि हुन् सक्छ । त्यसैले त्यस्तै कुराहरूलाई जतिसक्दो छिटो बिसाउनु पर्दछ ।

हामीले पनि आफ्नो जीवनका पाप, गल्ती, रिस डाह, नकरात्मक सोच, लाइ बोकेर नबसौं त्यसले जीवनका यस्ता बोझहरूलाई जति सक्दो छिटो विश्राम दिएर हल्का बनाउँ ।

मत्ती 11:28-29 

हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।

भजन संग्रह 55: 22

तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन।

एउटा खुशी मान्छेको कथा (Story of A Happy Man)

by

 एउटा खुशी मान्छेको कथा (Story of A Happy Man)



एका देशमा एक जना धनि मानिस थियो उसँग प्रशस्त धन सम्पत्ती थियो, धेरै श्रीमतीहरू तथा बाल बच्चाहरू थिए । उसको जीवन सबैकुराबाट प्रसस्त देखिन्थ्यो । तर पनि उसलाई लाग्यो कि उ खुशी छैन । उसले आफ्नो जीवनमा के थपेर खुशीहुन सकिन्छ भनेर सोच्न थाल्यो तर पनि केहि उपाय सोच्न सकेन ।

एक पटक उ धेरै रिसाएर आफ्ना नोकरहरूलाई करायोः म किन खुशी छैन ? मलाई खुशी हुने कुरा ल्याओ ।

उसका नोकरहरूले मालिकलाई मनपर्ने मिठो खानेकुरा पकाएर ल्याए तर मालिकले भन्यो यस्तो त मैले सधैं खाएको छु यो होइन ।

नोकरहरूले फेरी एक संगीतकारलाई बोलाएर मालिकलाई मन पर्ने गीत गाउन लगाए, तर मालिकले झनै रिसाएर भन्यो यो त मैले सँधै गरिराखेको हो मैले यसबाट के खुशी हुन्छु र ?

त्यस पछि नोकरहरूलाई केहि सिप नलागेर एक जना ज्योतिसलाई के गरेर हुन्छ बुझ्न बोलाएर ल्याए । ज्योतिसले भन्यो मालिकले एउटा काम गरे मात्र खुशी हुन सक्नुहुन्छ  ।

मालिकले सोध्यो त्यो के हो भन, खुशी हुन म जे पनि गर्न तयार छु ।

ज्योतिसले जवाफ दियोः एक जना खुशी व्यक्तिलाई भेटेर उसको कमिज मागेर लगाउनु पर्छ अनि मालिक खुसीहुन सक्नुहुन्छ ।

त्यस पछि उक्त धनि व्यक्ति आफ्ना नोकरहरूका साथमा खुशी व्यक्तिको खोजीमा लाग्यो । तर यस खोज सोचे जस्तो सजिलो निस्केन । कोहि धनमा खुशी भएकाहरू स्वास्थयको कारण बेखुशी थिए, कोहि परिवारको कारण बेशुसी आदि आदि ।  सबै कुरामा पुर्णरूपले खुशी भएको व्यक्ति उनीहरूले भेट्न सकेनन् र निरास भएर घर फर्कदै थिए । 

बाटो नजीकैको एउटा छाप्रो भित्र उनिहरूले एक जना व्यक्तिले बोलेको सुनेः

प्रभु मैले दिन भरिको काम सकें, टन्न खाएँ, अब आरामले सुत्छु, मलाई अरू कुनै कुराको खाँचो छैन तपाइलाई धन्यवाद ।

जब उक्त धनि व्यक्ति र उसका नोकरहरूले सो सुने उनिहरूलाई लाग्यो यो छाप्रो भित्रको मान्छे नै खुसी व्यक्तिहुनु पर्छ । अनि मालिकले आफ्ना नोकरहरूलाई भन्यो जाओ, र त्यसको कमिज मागेर ल्यओ दिएन भने खोसेर भए पनि ल्याओ ।

ति नोकरहरूले त्यस छाप्रो ढोका फोरेर त्यस खुशी मान्छेको कमिज खोज्न भत्र पसे

तर बिडम्बनाको कुरा त्यस खुशी ब्यक्तिको शरिरमा एक जोर कमिज पनि थिएन ।

हामी सबै खुशी र आनन्दको चाहना गर्छौं र यो कहाँ कसरि पाइन छ भने सधैं लागि पर्छौं । तर जीवनमा खुशी, नभएको कुरा थपेर होइन तर भएको कुरामा धन्यवादि भएर थप्न सकिन्छ ।  तलका पदबाट हामीले पनि हाम्रो जीवनलाई खुशी जीवन पार्न प्रयास गर्ने कि?

Happiness doesn’t come from adding things into our lives, but from discovering what we already have./ जीवनमा खुशी नभएका कुरा थपेर होइन भएका कुरा मा सन्तुष्ट भएर पाइन्छ ।

फिलिप्पी 4:10-13 

‘म प्रभुमा साह्रै आनन्‍दित छु, … किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु। ‘

तपाइहरूको जीवनमा परमेश्वरले हर प्रकारका खुशीहरूले भरि पुर्ण पार्नुभएको होस् । विषेश गरि आफुभित्रै भएको खुशीलाई प्राप्त गर्न सक्ने बनाउनुभएको होस् ।

आत्मिकी कथा - सन्यासी जीवन - Inspirational Story

by

सन्यासी जीवन- कथा


एक जना मानिसले जीवन देखी दिक्क लागेर सन्यासी हुने निर्णय गरेछ । उ घरबार सब त्यागेर एक जोर सुतिको पंहेलो धोतिको पहिरनमा उ सन्यासी बनेर बसेछ । अब उसको सम्पत्तीको नाउँमा त्यो एक जोर धोतिमात्र थियो । जीवनमा कुनै चिन्ता फिक्री विना बसिरहेको थियो ।

तर उसको कुटिमा एउटा मुसो पनि रहेछ र बेलुका बेलुका त्यस मुसो ले त्यस सन्यासीको धोति खाइदिँदो रहेछ । आफ्नो धोति प्रत्येक दिन दुलो पर्दै गएको मा सन्यासीलाइ दिक्कलागेछ र उसले विचार गर्यो यो मुसोलाइ तह लगाउन मैले एउटा विरालो पाल्नु पर्यो । तुरून्तै एउटा विरालो ल्याएछ । तर विरालोलाइ खुवाउने दुध सन्यासी सँग थिएन त्यसैले उसले विचार गर्यो एउटा गाइ पालेर यो विरालोलाइ दुध दिनु पर्यो । तुरून्तै एउटा गाइ पनि ल्याएछ । गाइ ल्याएपछि त घाँस दाना पानि पनि गर्नु पर्यो । फेरी एक जना स्त्रीलाइ घरमा काम गर्न राखेछ । केहि समय पछि उसलाइ त्यहि स्त्री सँग मन बसेको ले उसैलाइ आफ्नो श्रीमती बनाएर सन्यासी जीवन त्यागेछ ।

त्यसैले जीवनलाइ जित्नको लागी त्यसबाट भागेर होइन तर सामना गरेर जितिन्छ । आफ्नो जीम्मे वारीबाट भागेर नभइ डटेर लड्यौ भने त्यसको इनाम सहि र ठुलो हुनेछ । जीवन देखी भाग्न कहिल्यै पनि सकिँदैन ।

कलस्सी 3.23
तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

यूक्रेन युद्ध र ध्वस्त भएका चर्चहरू | Ukraine War and Demolished Churches

by

 रसियाले यूक्रेनमाथि गरेको आक्रमणको कारण धेरै चर्च भवन तथा धार्मिक स्थलहरूको भत्किएको छन् । धेरै धर्मालम्विहरू आफ्नो नियमित धार्मिक कार्य गर्न असमर्थ भएका छन्। 

यस पेजमा रसियाको आक्रमणमा परेका चर्चका फोटोहरू राखिएको छ। हामीले यस युद्धको वास्तविकतालाइ जानेर आफ्नो प्रार्थनामा युक्रेनमा भएका विश्वासीहरू तथा दुःख पाइरहेका निर्दोन जनताको लागि प्रार्थना गराैं। यस युद्ध चाँडो भन्दा चाँडो स्थगन भएको होस् भनि प्रभु सँग विन्ति गर्नेछाैं। 

यूक्रेनको यास्नोहोरडाका गाउँ भित्रको एक अर्थोडक्स चर्च भत्कएको अवस्था 


Bishwasi.com does not have the right to any of the images. All the images in this post are linked to the BBC news website. 

भित्ता, छानो, तथा झ्यालहरू भत्किएको अवस्थामा एक चर्च


भत्किएको मण्डली अगाडि पुजाहारी रानोभ


पुर्णरूपमा भत्किएको अवस्थामा रहेको भोल्नोभाखा ठाउँको  चर्च



आक्रमण अघि र अक्रमण पछि मण्डली भएको ठाउँ



मेरो ज्योती खोई ? प्रभुसँगको वार्तालाप

by
एक दिन फेरी प्रीतिलाई प्रभुको याद आयो र उनी प्रभु सँग भलाकुसारी गर्ने विचार गरीन । 
तर संधै उनले प्रभुसँग भटेने स्थानमा आज प्रभुलाई देखिनन् । उनलाई थाहा थियो प्रभु संधै त्यहि हुनुहुन्थ्यो र आज पनि त्यहि हुनु पर्छ तर आज भनें उनले प्रभुलाई देख्न सकिनन् ।
प्रीति : हे प्रभु यहा अंध्यारो छ ! स्वीच कहाँ छ थाह भएन ।
प्रभु : मेरो बत्ती बलेकै छ त प्रीति
प्रीति : हो र प्रभु ? मैले किन तपाइलाई देख्दीन त प्रभु ?
प्रभु : पहिलो कुरा तिमीले नै बत्ती छेकेकी छौ नि लाटि
प्रीति : मैले कसरी छेकें र प्रभु ?
प्रभु : मुख्य कुरा तिमी म बाट अलिक टाढा उभिएकी छौ । अलि क नजिक आउ त मलाई देखे छौ ।
प्रीति : होइन प्रभु म नजिकै आएँ भनें तपाइले मेरो सबै कम्जोरी र गल्ती देख्नु हुन्छ ।
प्रभु : कुन गल्तीको कुरा गरेको तिमीले प्रीति ?
प्रीति : तपाइलाई थाहै छ नि केहि दिन अघाडी नै मैले तपाइलाई भनेकी थिएँ । 
प्रभु : ए त्यो तिमीले म सँग क्षमा मागेको विषयको कुरा गरेको ? 
प्रीति : हजुर त्यहि कुरा प्रभु । तपाइलाई फेरी देखाउन डरलाग्छ ।
प्रभु : तिम्ले क्षमा माग्ने वित्तिकै मैले त्यो विषय मेरो सम्झनाबाट मेटि सकें त ? त्यसैले पो मलाई केहि याद नभएको । 
प्रीतिको हिचकिचाहट देखेर 
प्रभु : अब म फेरी त्योकुरा कहिल्यै निकाल्दिन । तिमी न हिच्किचाइ मेरो छेउमा आउ । मेरो हात समाउ म तिमीलाई सहायता गर्छु । (यशैया 43:25)
प्रीति निकै उल्लासित हुन्छिन ।
प्रीति : वाव प्रभु म आएँ तपाई कहाँ ? हुन्छ नि अब मैले तपाइलाई देख्छु होला ?

अझै पनि सोचे जस्तो प्रस्ट प्रभुको मुहार देखन नसकेको ले प्रीति ले अचम्म मान्दै सोध्छिन्

प्रीति : यो ठूलो छायाँ के हो ? यसले छेकोकोले मैले तपाइलाई देख्न सकिन ?
प्रभु : यो तिम्ले बोकि ल्याएको समस्याको चाङ्ग नि त ? अघिल्लो दिनमा तिमीले हाम्रो विचमा यस लाई गएकी हैनौ त ? 
प्रीति : समस्या नै भए पनि म तपाइलाई देख्न चाहन्छु प्रभु ? यसलाई मैले कसरी हटाउँ ? यो त मलाई असम्भव छ ?
प्रभु : तिमीले हटाउने इच्छा मात्र गरन म सहायता गरीहाल्छु नी !
प्रीति : हुन्छ प्रभु मेरो यस समस्याको पहाडलाई हटाइदिनुहोस् म तपाइलाई देख्न . ? 
प्रभु : हेर त प्रीति मैले तिमीले भने जस्तै यो पहाडै समुद्रमा फ्याँकि दिएँ ।
प्रीति : धन्यवाद प्रभु अब बल्ल मैले तपाइलाई देख्न सक्ने भएँ ।
प्रभु : मेरो वचन तिम्रो खुट्टाको लागि ज्योती सधैं छ यसलाई हेरेर पाइला चाल्ने गर । प्रीति तिमीले कहिल्यै अंध्यारोमा हिँड्नु पर्ने छैन। 

"शान्तमय रात" (भजन ३१ ) गीत को लोकप्रियताको यात्रा

by

शान्तमय रात (ख्रिष्टिय भजन 31)-  विश्वभर अति लोक प्रिय क्रिस्मस गितको यात्रा

आज ख्रिष्टमसको समयमा विश्वभरि सबै भन्दा बढि गुञ्जने गितहरु मध्यको  हो "शान्तमय रात"। यस गीतलाई पहिलो पटक आज भन्दा २०० वर्ष अघि अस्ट्रियाको सल्जवर्ग नजिकैको गाउँको सानो चर्चमा गाइएको थियो। 1818 मा घुम्ने गाएन समूहले अष्ट्रियाको गाउँगाउँ पुगि गित गाउने गर्थे र त्यसै क्रममा ओवर्नडोर्फ गाउँमा उनीहरूलाई ख्रिष्टको जन्म दिनको बारेमा नाटक सहित प्रस्तुती दिनु पर्ने भयो। तर त्यसै बेला चर्चको ओर्गान बाजा विग्रेर प्रयोग गर्न नमिल्ने भयो र लाकारहरूले गीत विना ख्रिष्टिय नाटक मात्र प्रस्तुत गर्न सके। तर मण्डलीको सहायक पास्टर योसेफ मोहर लाई भनें ख्रिष्टमसमा कुनै नया गित गाउन अगुवाइ भयो। राति चर्चको काम सकेर घर जाने क्रममा उनले रातको शान्त आकाशलाई हेरे र उनलाई स्वर्गदुतहरुले ख्रिष्टको जन्मको सुसमाचार गोठालाहरूलाई दिएको याद भयो र उनले आफूले सोहि खण्डबाट प्रेरित भएर लेखेको कवितालाई नै गित बनाउने प्रेरणा आयो। उनले चर्चमा अर्गान बजाने संगितकार फ्रान्ज जेभर ग्रुबर कहाँ उक्त कविता  सुनाए तर चर्चको अर्गान नभएकोले  गितार को माध्यम बाटै त्यस कवितामा लय भरे। दुवै जनाले ख्रिष्टमस साँझको संगतिमा मण्डली सबैले उक्त गीत गाए ।

केहि हप्ता पछि प्रख्यात ओर्गान कालिगड कार्ल माउर्याचर उक्त चर्चमा ओर्गान बनाउन आए । ओगानको टेस्ट गर्ने क्रममा ग्रुबरले शान्तम रात गितको धुन बजाए । कार्ल माउर्याचर लाई सो धुन साह्रै मन पर्‍यो र त्यसको एक प्रति आफ्नो साथ लिएर गए । उनले आफ्नो ठाउँका प्रख्यात गाए समुह  रेइनर्स र स्ट्यार्ससलाई उक्त संगित दिए जसले यूरोप का विभिन्न ठाउँहरूमा सो भजनलाई गाएर प्रख्यात बनाए । स्ट्यासस ले यो गित प्रुसिया ( वर्तमान जमर्नि )को राजाको दरबारमा समेत गाए । राजा फेड्रीक विलियमले यसलाई यति मन पराए कि त्यस पच्छ्‌यात सवै दरबारमा हुने ख्रिष्टमस कार्यक्रममा यस भजन गाउन लगाए । विस र्वष पछि रेइनर्सले यस भजनलाई पहिलो पल्ट अमेरिकामा समेत गाए । तर उनीहरूले जर्मन भाषामा गाएका थिए।

यस गित तयार भएको 50 वर्ष पछि जेइन् क्याम्बेल वा जोन योङगले यसगितलाई अंग्रेजीमा उल्था गरे। पछि यसलाई भजन पुस्तकमा समावेश गरियो । आज यो भजन ३०० भन्दा बढि भाषाहरूमा उल्था गरिएको छ र संसार भरीका विश्वासीहरुले प्रभु येशू ख्रीष्टको आगमनलाई सम्झेर यस गीत गाउने गर्छन्। 

यो गीत संसार भरि फैलिने क्रममा धेरै लामो समय सम्म कसले लेखेको हो भन्ने थाहा थिएन । कतिले यस भजन मोजार्ट वा वेटोवेन जस्ता प्रख्यात संगितकारहरूद्वारा लेखियो भन्ने सोचेका थिए। तर 1994 मा मोहरले लेखेको यस गीतको प्रति फेला पर्यो जसमा संगितकार ग्रुवरको नाम समेत उल्लेख थियो । यसरी एउटा कार्यक्रमको लागि मात्रै भनेर बनाएको गीतलाई परमेश्वरले आफ्नो महिमाको लागि संसार भरि फैलाउनु भयो । 

अनन्तको जीवन दिने पानि ( यूहन्ना ४:७-२६ ) - स्लोकमा बाइबल- Bible in Poetry by Ps. Nagendra M. Bhandari

by

अनन्तको जीवन दिने पानि ( यूहन्ना :-२६ ) 



पानि भर्न त्यहॅा एउटी सामरी स्त्री आई

येशूले भन्नूभो पानि पिउनदेऊ मला

खानेकुरा किन्न चेला शहर थिए गएका

तब सम्म तिनीहरू त्यहॅा थिएनन् आएका।।


तब सामरी स्त्रीले उहॅालाई सोध्दै भनी

यहूदी भै पिउनुहुन्छ मेराहातको पानि ? 

येशूले भन्नुभो तिमीले चिनेकी  मलाई

माग्ने थियौ दिन्थेजीवनको पानीतिमीलाई।।१०


भनी हजूरसित उघाउने छैन भाडो

इनारपनित  एहॅाकोअतिनै गहिरो। 

कहॅाबाट ल्याउनुहुन्छ त्यो जिउॅदो पानी 

स्त्रीले भनी उहॅालाई कसरी मैले खानी ।।११।।


तपाईं हुनुहुन्छ भन्दा ठुला पुर्खा याकुब

उनले हामीलाई बनाइदिए इनार खुब  

येशूले भन्नुभयो त्यस स्त्रीलाई एसरी

यो पानी पिउने प्रत्येक तिर्खाउनेछ फेरी ।।१३। 


तर जस जसले मैले दिने पानी पिउॅ

तिर्खाउनेछैन त्यो कहिल्यै सधै जिउॅछ। 

जुन पानी  दिनेछु पिउॅन त्यसला

अनन्त जीवनको उम्रिरहने मूलबनाई ।।१४।।


भनी त्यस स्त्रीले उहॅालाई हजूर मलाई

दिनुहोस त्यै पानी  रहने छैन तिर्खाई  

येशूले भन्नुभयो त्यसलाई तिमी जा

 तिम्रो लोग्नेलाई एहा बोलाएर ल्याऊ।।१६।।


मेरो  छैन लोग्ने भनेर स्त्रीले भनी त्यहा

भन्नुभयो येशूले तिमीले ठिकै भन्यौयहा  

किनभने तिम्रा लोग्ने भइसकेकाछन् पॅाचौ

जो तिमीसंगछ तिम्रो होइन हौ तिमी सॅाचो।।१८।।


त्यस स्त्रीले उहॅालाईभनी हजूर तपाईं

अगम्बक्ता हुनुहुन्छ भनीमैलेथाहा पाईं। 

पुर्खाले गरे आरधना हाम्रा यस डॅाडामा 

भन्नुहुन्छ तपाईं स्थान हो यरूशलेममा।।२०।।


भन्नुभयो येशूले  नारी भनी त्यसलाई

जे भन्दैछु  त्यो तिमीविस्वास गर मलाई। 

यो डॅाडामा नता यरूशलेममा तिमीहरू

आरधना गर्नेछौ आरधना गर्ने छन् अरू ।।२१।। 


जे आरधना गर्दछौ सो जान्दैनौ तिमीले 

जे आरधना गर्दछौ सो जान्दछौ हामीले। 

किनभने यहूदीबाटै आउॅछ मुक्ति चॅाही 

त्यो बेला आइ रहेछ बुझअहिले हो येही।।२२। 


जब सच्चा आराधकहरूले पितालाईं

आरधना गर्नेछन् सत्य आत्मामा मन्लगाईं। 

आरधना गर्ने यस्तै आराधकलाई रोजी

किनकि पिताले गर्नुहुन्छ यस्तैको खोजी।।२३।।


परमेश्वर हुनुहुन्छ उहॅा पबित्र आत्मा 

आरधना गर्नुपर्दछ आत्मा  सत्यतामा।

भनी स्त्रीले उहॅालाई मसीह आउनुहुन्छ

उहॅाले नै हामीलाई सबै   बताउनुहुन्छ ।।२५।।


येशूले भन्नुभयो तिमी संग बोल्ने आई                        

 उही हुं भनेर खोल्नुभयो त्यस स्त्रीलाई। 


Top Ad 728x90