Top Ad 728x90

Showing posts with label Songs. Show all posts
Showing posts with label Songs. Show all posts

फ्यानी जे. क्रस्वि- आँखा देख्नेहरू भन्दा वढि देख्ने अन्धी भजन लेखिका- येशू हुन मेरो कस्तो विलास (History of Hymn Blessed assurance)

by

 फ्यानी जे. क्रस्वि- आँखा देख्नेहरू भन्दा वढि देख्ने अन्धी भजन लेखिका- येशू हुन मेरो कस्तो विलास (History of Hymn Blessed assurance)


१. येशू हुन्‌ मेरो कस्तो विलास, दिँदछन्‌ मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।
को. यो मेरो हाल छ, यो मेरो गान गर्छु प्रशंसा प्रतिदिनै (२)
२. पूरा भरोसा, आनन्द र सुख, अब मेरो मनमा न शोक न दुःख
ख्रीष्टबाट भयो दयाको ज्ञान, दूतगण अब गर्छन्‌ प्रेमको बखान ।
३. विश्वास म राख्छु, ख्रीष्ट मेरो नाथ, उनैमा बस्छु सुरक्षासाथ
उनैमा प्रेमले पाउँछु विश्राम जानेछु अन्तमा स्वर्गीय लोक ।

संसार भरि नै सवै भन्दा प्रख्यात भजनहरु मध्ये को गित हो। यो गित सुन्दा हामी जति अशिसित हुन्छौं यदि यो गित लेखने लेखिका अन्धो थिइन जसले जन्मेको ६ महिनामै आँखाको ज्योति गुमाउनु पर्‍यो भन्ने हामीलाई थाहा भयो भने झनै आसिसित हुने छौं। शारिरिक आँखा नदेखे पनि आत्मिकी आँखा चम्कलो भएकी भजन लेखिका हुन् फ्यानी जे. क्रस्वि।

फ्यानी जे. क्रस्वी को जन्म न्यूयोर्कको पुटनाम काउन्टीमा मार्च 1820 को 24 तारिख का दिन भएको थियो । उनी स्वस्थरूपमा जन्मेकी थिइन तर डाक्टरको लापर्वाहिको कारण उनले आँखाको ज्योति गुमाउनु पर्‍यो। उनले आखा ६ महिनामै गुमाउनु परेता पनि उहाँको जीवनमा परमेश्वरको अचम्मको कार्यमा कुनै रोकावट आएन। फ्यानीले ६ वर्षको उमेर देखी गीत लेख्न थाल्नु भयो। १५ वर्षमा न्यूयोर्क भएको अन्धाहरूको स्कुलमा भर्ना हुनुभयो र २२ वर्षको उमेरमा त्यहि स्कुलको शिक्षक हुनुभयो जहाँ साहित्य र इतिहास पढाउनुभयो। सन् 1885 मा सोहि विद्यालयको एक शिक्षक आलेक्सजेन्डर भ्यान अलस्टाइन सँग वैवाहिक जीवनमा बाधिनु भयो । आलेक्सजेन्डर संगितकार थिए र फ्यानी जस्तै साहित्य प्रेमी थिए। फ्यानलाई परमेश्वरले आमा हुने मौका पनि दिनु भयो तर उनको वच्चालाई परमेश्वरले छिट्टै आफूकहाँ लानुभयो ।

फ्यानीको अमेरीकाका धेरै राष्ट्रपतिहरु सँग नजिकको सम्बन्ध थियो । अमेरीकाको सदन (कांग्रेस) मा अन्धाहरूको शिक्षा बारेमा वक्तब्य पनि दिइन। उनले आफ्नो जीवनकालमा धार्मिक बाहेकका गितहरू पनि 1000 वटा लेखिन । उनले लेखेका चार वटा कविताका पुस्तकहरू प्रकासित भए भने उनले लेखेका दुई जीवनीहरू मानिसहरूले धेरै पढेका थिए।

८ हजार भजन लेखेकी फ्यानीले आफ्नो विश्वास र परमेश्वर संग को सम्बन्धबाट प्रेरित भएर भजन तयार गर्दथिन्। येशू हुन मेरो कस्तो विलास भन्ने भजन भने अचम्मले तयार भएको थियो । एकदिन संगितकार फिवि पाल्मर न्याप ले फ्यानी लाई आफूले तयार गरेको एउटा धुन सुनाइन र उनले सोधिन यो धुन सुन्दा तिमीलाई के को स्मरण आउँछ ? तत्काल फ्यानीले घुँडा टेकेर प्रार्थना गर्न लागीन र छोटो प्रार्थना पछि उठेर उत्तर दिइन "येशू हुन मेरो कस्तो विलास"। अनि तत्कालै सो भजनको पहिलो अन्तरा फरर गाउन लागिन। फ्यानीले यसरी कतिवटा पहिले नै तयार भएका धुनमा शब्द भर्ने काम गरिन भने कति आफुले शब्दलेखेर धुन भर्नको लागी दिइन ।

येशू हुन मेरो कस्तो विलास भजन संसाले टप टेन भजनहरू मध्ये पर्दछ । यस भजन शिषर्क भएका धेरै लेखहरू, वचन हरु तथा पुस्तकहर पनि तयार भएका छन् ।


जीवन अँध्यारोमा जब आउँछ दुख (भजन ३०४): एक असफल पास्टरले लेखेको सफल गीत Story behind a Hymn

by

जीवन अँध्यारोमा जब आउँछ दुख (भजन ३०४): एक असफल पास्टरले लेखेको सफल गीत



म भरखरै चर्च जान सुरु गर्दा जीवन अँध्यारोमा जब आउँछ दुख भन्ने भजन ३०४ प्राय म जाने मण्डलीमा भेटि उठाउने क्रममा गाइने गरिन्थ्यो ।  भरखरै नयाँ विश्वासमा हुर्कदै गरेको बेला यसका शब्दहरूमा मेरो ध्यान पुगेको थिएन तर भेटि उठाउँदा गाइने भजन भनेर मैले चिन्ने गर्थे । पछि प्रभुको बोलावट संग बाइबल कलेज पुग्दा मात्र थाहा भयो यो गित त अंग्रेजीबाट नेपालीमा उल्था गरिएको रहेछ । पछि बाइबलिय उच्च शिक्षा हासिल गर्न कोरिया पुग्दा यही हामीले भेटि उठाँउदा गाउने गरेको गीत  लगभग 50 जनाको क्वायरले गाएको देखे । यो देख्दा मलाई आफूले सुनेको भाकाको गीत भव्य रूपमा गाएको पाउँदा निकै रमाइलो लाग्यो र धेरै समय पछि सम्म यो मेरो सबै भन्दा मन पर्ने भजनहरु मध्ये को एक बनिरह्यो । तर हालसालै विश्वासी डट कम् मा लेखहरू लेख्न थाले पछि मैले केही प्रचलित भजनहरूको पछिको घटनाको खोज गर्ने क्रममा मलाई थाहा भयो जसरी यस भजनले आशीष गन गन भनि वकालत गरेको छ त्यसको विपरीत धेरै पटक असफल भएको व्यक्ति बाट लेखिएको रहेछ । आज त्यही अपत्यारिलो यस गीत पछाडिको कथा यहाँ कोर्दै छु ।

सन् 1856 मा जन्मेका जोनसन ओट्म्यान अमेरीकाको न्यूजर्जि का बासिन्दा थिए । उनको पिता एक व्यापारी भए पनि त्यस ठाँउमा सबै भन्दा राम्रो गाउन जान्ने मानिसको रूपमा चिनिएका थिए। सानै देखि जोनसनलाई पनि गित गाएर बाब जस्तै प्रख्यात बन्ने खुब रहर थियो तर उनले उनको बाबुको जत्ति कहिल्यै गाउन सकेनन् । गाउन नसके पनि उनमा संगितमा केहि गर्ने धोको कायमै थियो। उनले बाबुको व्यापार मा हात हाले तर व्यापारबाट आफू सन्तुष्ट हुन सकेनन् । पछि गएर उनि पास्टरीय सेवाकाइमा लाग्ने उद्देश्य साथ सेमिनारीमा गए। त्यहाँ आफ्नो पढाइ सके पछि उनले पास्टरीय अभिषेक लिएर पास्टरको सेवा गर्न लागे र मण्डलीहरु मा प्रचार गर्न लागे । 

तर जोनसनलाई पास्टरीय सेवाकाइमा पनि सन्तुष्ट मिलेन उनले वचन प्रचार भन्दा संगितमा नै मन लाग्थ्यो तर गाउन सक्दैनथे । तर त्यति बेला उनले थाहा गरेकी उनले गित गाउन र संगित बजाउने सिप नभए पनि गीत लेख्ने कला परमेश्वरले दिनु भएको छ । उनी ३१ वर्षको उमेर मा वचन प्रचार गर्न छाडेर गित भजन लेख्न थाले । आफूले राम्रो गाउन नसक्ने भएकोले अरुहरुलाई नै गित गाउन लगाउँथे । त्यति बेला मात्र उनले महसुस गरेकि उनले पुलपिटबाट प्रचार गर्न नसकेका वचनहरूलाई गीतको माध्यमबाट मानिसहरूमा बाडन सक्ने भए । यसरी धेरै काममा असफलता पाएपछि सफलताको बाटो फेला पारेका जोनसनले आफ्नो जीवन कालमा 5000 वटा भजनहरू लेखे । उनले लेखेको सबैभन्दा प्रख्यात भजन मध्ये पर्दछ हामीले भेटि उठाउँदा गाउने गरेको भजन |

जोनसनले यस भजनलाई 1897 मा लेखेका थिए । उनले लेखेका शब्दहरूलाई संगितमय गर्ने काम एड्विन ओथेलो एक्सेल ले गरे । एड्वीन आफै पनि एक पास्टरका छोरा थिए। यसरी जीवनको बाटो पहिल्याउन धेरै पटक असफल भएका व्यक्ति बाट लेखिएको भजन संसार भरका विश्वासीले परमेश्वरले दिनुभएको आशिषलाई सम्झने गीतको रूपमा परिणत भएको छ । भलै उनले वचन बाडने काम रोकेर भजन लेख्न सुरु गरेता पनि उनको भजन धेरैलाई परमेश्वरको वचन बुझ्ने र बुझाउने माध्यम बनिरहेको  छ ।


आशिष गन गन एकै एक आशीष गन हेर छन् अनेक

आशीष गन छक्क पर्नेछौ प्रभुले तिमीलाई कति दिनु भो

नेपाली ख्रीष्टियन गित- | एउटा अन्तरविन्ति | ज्ञानि बनेर | रोहित थापा | Lyrics and chords

by

रोहित थापा - ज्ञानि बनेर | 


The video is embedded only. It plays from the artist's youtube channel. 

ज्ञानी बनेर


B        E    F#        B                 E      F#         B

(ज्ञानी बनेर,   हृदय गुमायौं,      संसार जीतेर     आफै हरायौ)२

B                              E               F#               E                     F#

(अँध्यारोमा हिँड्ने हामीलाई, तिम्रो दिव्य ज्योति देखाई देऊ)2

B             E                       F#       B          E             F#     B

(आउ      येशू        संसार तिम्रो भत्किरहेछ,  रातहरु     निराशमा जलिरहेछ )२

 

B                                                     G#m                F#

(फूल्ने नपाई सयों कोपिलाहरु                     किन यहाँ मूर्झाइरहेछ)

B                                                     G#m                F#

सल्लाह खोज्दै हिड्ने पाईलाहरु,                 टेक्ने नपाई लर्खराईरहेछ)२

B                          F#                                            B

भत्किंदैछ घर            तोडिदैं छ परिवार येशू तिम्रो सल्लाह खोज्दैछ ।

B             E                       F#         B               E             F#     B

(आउ       येशू           संसार तिम्रो भत्किरहेछ,      रातहरु     निराशमा जलिरहेछ )२

 

B                                                G#m                F#

(अशाह्य कम्जोरको रगत बगाई,             शान्ति जीत्ने प्रयास चल्दैछ)२

B                                                     G#m                F#

अबोध अनाथको चिता माथि                     मान्छेको यहाँ चुला जल्दैछ

B                   F#                                                    B

(थामिन्न     अब साथ भयानक भो रात, चंगाईको बिहानी खोज्दैछ)२

B         E                   F#       B          E              F#    B

(आउ  येशू    संसार तिम्रो भत्किरहेछ,   रातहरु    निराशमा  जलिरहेछ )२

 

"शान्तमय रात" (भजन ३१ ) गीत को लोकप्रियताको यात्रा

by

शान्तमय रात (ख्रिष्टिय भजन 31)-  विश्वभर अति लोक प्रिय क्रिस्मस गितको यात्रा

आज ख्रिष्टमसको समयमा विश्वभरि सबै भन्दा बढि गुञ्जने गितहरु मध्यको  हो "शान्तमय रात"। यस गीतलाई पहिलो पटक आज भन्दा २०० वर्ष अघि अस्ट्रियाको सल्जवर्ग नजिकैको गाउँको सानो चर्चमा गाइएको थियो। 1818 मा घुम्ने गाएन समूहले अष्ट्रियाको गाउँगाउँ पुगि गित गाउने गर्थे र त्यसै क्रममा ओवर्नडोर्फ गाउँमा उनीहरूलाई ख्रिष्टको जन्म दिनको बारेमा नाटक सहित प्रस्तुती दिनु पर्ने भयो। तर त्यसै बेला चर्चको ओर्गान बाजा विग्रेर प्रयोग गर्न नमिल्ने भयो र लाकारहरूले गीत विना ख्रिष्टिय नाटक मात्र प्रस्तुत गर्न सके। तर मण्डलीको सहायक पास्टर योसेफ मोहर लाई भनें ख्रिष्टमसमा कुनै नया गित गाउन अगुवाइ भयो। राति चर्चको काम सकेर घर जाने क्रममा उनले रातको शान्त आकाशलाई हेरे र उनलाई स्वर्गदुतहरुले ख्रिष्टको जन्मको सुसमाचार गोठालाहरूलाई दिएको याद भयो र उनले आफूले सोहि खण्डबाट प्रेरित भएर लेखेको कवितालाई नै गित बनाउने प्रेरणा आयो। उनले चर्चमा अर्गान बजाने संगितकार फ्रान्ज जेभर ग्रुबर कहाँ उक्त कविता  सुनाए तर चर्चको अर्गान नभएकोले  गितार को माध्यम बाटै त्यस कवितामा लय भरे। दुवै जनाले ख्रिष्टमस साँझको संगतिमा मण्डली सबैले उक्त गीत गाए ।

केहि हप्ता पछि प्रख्यात ओर्गान कालिगड कार्ल माउर्याचर उक्त चर्चमा ओर्गान बनाउन आए । ओगानको टेस्ट गर्ने क्रममा ग्रुबरले शान्तम रात गितको धुन बजाए । कार्ल माउर्याचर लाई सो धुन साह्रै मन पर्‍यो र त्यसको एक प्रति आफ्नो साथ लिएर गए । उनले आफ्नो ठाउँका प्रख्यात गाए समुह  रेइनर्स र स्ट्यार्ससलाई उक्त संगित दिए जसले यूरोप का विभिन्न ठाउँहरूमा सो भजनलाई गाएर प्रख्यात बनाए । स्ट्यासस ले यो गित प्रुसिया ( वर्तमान जमर्नि )को राजाको दरबारमा समेत गाए । राजा फेड्रीक विलियमले यसलाई यति मन पराए कि त्यस पच्छ्‌यात सवै दरबारमा हुने ख्रिष्टमस कार्यक्रममा यस भजन गाउन लगाए । विस र्वष पछि रेइनर्सले यस भजनलाई पहिलो पल्ट अमेरिकामा समेत गाए । तर उनीहरूले जर्मन भाषामा गाएका थिए।

यस गित तयार भएको 50 वर्ष पछि जेइन् क्याम्बेल वा जोन योङगले यसगितलाई अंग्रेजीमा उल्था गरे। पछि यसलाई भजन पुस्तकमा समावेश गरियो । आज यो भजन ३०० भन्दा बढि भाषाहरूमा उल्था गरिएको छ र संसार भरीका विश्वासीहरुले प्रभु येशू ख्रीष्टको आगमनलाई सम्झेर यस गीत गाउने गर्छन्। 

यो गीत संसार भरि फैलिने क्रममा धेरै लामो समय सम्म कसले लेखेको हो भन्ने थाहा थिएन । कतिले यस भजन मोजार्ट वा वेटोवेन जस्ता प्रख्यात संगितकारहरूद्वारा लेखियो भन्ने सोचेका थिए। तर 1994 मा मोहरले लेखेको यस गीतको प्रति फेला पर्यो जसमा संगितकार ग्रुवरको नाम समेत उल्लेख थियो । यसरी एउटा कार्यक्रमको लागि मात्रै भनेर बनाएको गीतलाई परमेश्वरले आफ्नो महिमाको लागि संसार भरि फैलाउनु भयो । 

भजन पछाडीको मार्मिक सत्य घटना येशूको पछि म हिँड्न लागें (A True story behind hymn - I have decided to follow Jesus)

by

मार्मिक सत्य घटना - येशूको पछि म हिँड्न लागे


376 नं भजन मेरो सवैभन्दा मन पर्ने भजन मध्य को एक हो। जब म भरखर विश्वासमा पाइला चाल्दै थिएँ त्यसै बेला देखिनै मलाई यो भजन धेरै मन परेको हो । यो गित अंग्रेजीमा पनि भएकोले कता अमेरीका यूरोप तिर तयार गरेर पछि उल्था गरिएको होला भन्ने लागेको थियो । तर म धेरै पछि बाइबल कलेज पढ्दा थाहा भयो कि यो गित हाम्रै छिमेकी मुलुक भारतमा बनेको रहेछ । अहिले धेरै पछि फेरी यो मार्मिक भजन कसरी कस्ले बनायो होला भनेर जान्ने जिज्ञासा बढ्यो र मैले थाहा पाए यो गितले बोकेको जीवित गवाहि जुन निम्न छ ।

येशूको पछि म हिँड्न लागें भन्ने भजन आसामको एकजाना मानिस आफ्नो विश्वासको कारण मारिनु अघि बोलेको अन्तिम वाक्यहरुलाई गितको रूप दिएर भजन बनाइएको हो। 

लगभग 150 वर्ष अघि धेरै ब्रिटिस र अमेरीकन मिसनरीहरू सुसमाचार सुनाउन उत्तरपुर्वि भारत जहा धेरै आदिवासीहरूको बस्ति छ त्यता सुसमाचार सुनाउन गए । धेरै मेहनत पछि एक मिसनरीले तत्कालिन आसामको र हाल मेघालयमा पर्ने गरो गाँउमा एक परिवारलाई प्रभुमा ल्याउन सफल भए । त्यस मानिस को माध्यम बाट त्यस गाउँमा धेरैले सुसमाचारमा विश्वास गर्नलागे ।

त्यस आदिवासी समाजको मुखियाले यो नयाँ धर्मको फैलिएको सहन सकेनन् । उनले सवै गाउँलेलाई भेला गराएर त्यस पहिलो विश्वासीलाई आफ्नो नयाँ र्धम त्याग्न लगाए । तर त्यस व्यक्तिले येशूलाई त्याग्न इन्कार गऱ्यो र भन्यो "मैले येशूको पछि लाग्न मैले निर्णय गरिसकेको छु अव म फर्कंदिन ।" 

मुखिया उसको उत्तर सुनेर रिसले चुर भयो र उसको दुवै वच्चाहरुलाई त्यहि सवै गाउँलेको अघि काँड हान्न लगायो । आँखै अगाडी उसका दुई छोराहरु मारिए । फेरी मुखियाले सोध्यो अवत तेरो नयां धर्म त्याग । उसले जवाफ दियो, "मेरो पछि कोहि नआएपनि म येशूकै पछि लाग्छु" I मुखिया झनै रिसाएर उसको श्रीमती लाई मार्न लगायो र फेरी सोध्यो तेरो अन्तिम मौका हो नयौ धर्म त्याग्न के गर्छस ? त्यस मानिसले जवाफ दियो, "क्रुस मेरो अघि छ र संसार मेरो पछि म फकिंदिन " l तुरुन्तै उसलाई पनि काँड हानेर मारियो ।

तर त्यो मुखिया निशब्ध भयो र सोच्यो यो कहाँ टाढाको येशूको लागि किन मर्न तयार भयो । पछि मुखियाले पनि येशूको बारेमा सोधखोज गऱ्यो धेरै समय नवित्दै मुखिया पनि येशूको विश्वासी भयो । मुखियाको पछिलागेर सवै गाउलेले येशूलाई विश्वास गरे।

यिनै आसामको गारो गाउँको नाकसेङ्ग को शब्दमा आधारीत गरेर यो गीत बनाइएको हो। नाक्सेङ्गको शब्दलाई गित बनाउने काम साधु सुन्दर सिंह ले गरेकाहुन भनेर मानिन्छ । यस गितमा अमेरीकन भजन सम्पादक विलियम जेन्सेन् ले संगीवद्द गरेका हुन् । इ.सं. 1959 या यस गीतलाई भजन पुस्तकमा समावेश गरियो ।

यो गितको यर्थात जाने पछि जवजव म यो गीत गाउँछु मलाई नाक्सेङग र उसको परिवार को रगतै रगतले भरिएको शरिर भुईमा लडिरहको चित्र मेरो आँखामा आउँछ । र म आफैलाई ढाडस दिन्छु र भन्छु संसारको कुनै पनि शक्तिले मलाई प्रभु बाट पछि हटाउन सक्ने छैन र मेरो यो निणर्यमा म अडिग रहुँ भनेर निरन्तर प्रार्थना गरिरहन्छु ।


नोटः यो लेखRenewal Journal मा प्रकाशित रिपोर्ट को आधारमा तय गरिएको हो।




Bhajan 549: हाम्रो पीरलाइ बुझिदिने Hamro pirlai bujhi dine- Nepali Christian Song

by

Bhajan 549: हाम्रो पीरलाइ बुझिदिने Hamro pirlai bujhi dine- Nepali Christian Song


 को. हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ (२)

    हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ (२)
    हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
१.  यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन (२)
    यो नयनको आँसुलाई पिर भनेर बुझ्ने होइन (२)
    हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।
२.  यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन (२)
    यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन (२)
    हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ ।

महिमा मारिएको थुमालाइ Mahima mariyeko thumalai : Nepali chorus 84

by

महिमा मारिएको थुमालाइ Mahima mariyeko thumalai : Nepali chorus 84

को. महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका प्रभुलाई
    जयजयकार राजाहरूका राजालाई (२)
१.  धन्यवाद, स्तुति, आदर र भक्ति मारिएको थुमालाई अति (२)
    (इज्जत, मान, बैभव र शक्ति) (२)
    अति (पवित्र) (३) (ईश्वरप्रति) (२)
२.  होसन्ना आमिन्‌, गौरव र गीति मारिएका थुमालाई अति (२)
    (प्रणाम, ढोग, दण्डवत्‌ दृष्टि) (२)
    ल्याउँछौँ (विजयी) (३) (ईश्वरप्रति) (२)

 

जय होस् येशू राजाको Jaya Hos Yeshu Rajako - Bhajan 97 - Nepali Christian Song-NIM Production

by

 जय होस् येशू राजाको Jaya Hos Yeshu Rajako - Bhajan 97 - Nepali Christian Song


को. जय होस्‌ येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको (२)
१.  उहाँले हामीलाई प्रेम गरी क्रूसको सबै दुःख भोग्नुभो’
    हर पापको बन्धनलाई तोड़ी हामीलाई स्वतन्त्र गर्नुभो’
२.  पुरानो जीवन सब भूली नयाँ जीवन ख्रीष्टमा जिउनेछु
    पिताको हर प्रतिज्ञालाई सम्झी ख्रीष्टको पाइलो म पछ्याउनेछु ।

भजन 510- आकाशभन्दा उच्च उच्च / Aakash bhanda Uchha | Nepali Christian Worship Song-cover by Psalms Unplugged

by

भजन 510 आकाशभन्दा उच्च उच्च / 


१.  आकाशभन्दा उच्च-उच्च छ नाउँ,
    सागरभन्दा गहिरो गहिरो छ प्रेम
    आसमानभन्दा विशाल-विशाल अनुग्रह छ
    हाम्रो प्रभु येशूको ।
को. यसैले गर्छौ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको (२)
२.  वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम,
    आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम
    स्वर्ग छोडी आउनुभो’ क्रूसैमा मर्नुभो’, 
    मृत्युलाई जित्नुभो’, हामीलाई मुक्ति दिनलाई ।
३.  सारा सृष्टिले ढोक्नेछ, सबै घुँडाहरू टेक्नेछन्‌,
    निर्बल बलियो हुनेछ, लाटोले पुकार्नेछ त्यो नाउँ
    अन्धो ले देख्नेछ, बहिरोले सुन्नेछ,
    मुर्दा बिउँतनेछ उनैलाई महिमा दिनलाई ।


 

गीत पछाडीको मार्मिक कथा। " येशू कस्तो प्यारो मित्र " Story behind a Song- What a friend we have in Jesus

by

मार्मिक कथा। " येशू कस्तो प्यारो मित्र "



जोसेफ स्क्रिभन यस्तो व्यक्ति थिए जो जस्ले आफूलाई ज्याला तिर्न सक्दैन उसैकहाँ खेताला जान्थे र काम गरिदिन्थे । प्लाईमाउथ र्चच, क्यानाडाका सवै मानिसहरूले उनलाई उनको त्यस्तै गरिब दुःखी प्रतिको समर्पणताको लागि चिन्दथे ।

जोसेफ स्क्रिभन आइरल्याण्डको एक उच्च घरानामा सन् 1819 सेप्टेम्बर 10 मा जन्मेका थिए । उनको परिवारीक आर्थिक अवस्था बलियो भएको कारण राम्रो शिक्षा दिक्षा पाएका थिए । डब्लिनको ट्रिनिटी कलेजबाट उच्चशिक्षा हासिल गरेका थिए । समग्रमा उनको भविष्य उज्वल देखिएको थियो । उनि एक यूवतिसँग प्रेममा परे र उनिहरूले छिट्टै विवाह गरेर जीवन संगै बाँच्ने निर्णय गरिसकेका थिए । तर परमेश्वरको योजना अर्कै रहेछ । विवाहको अघिल्ला दिन उनकी प्रेमीका घोडाबाट खोलामा खसिन र जोसेफको आँखै अगाडी सदाका लागी संसारबाट विदा लिइन ।

जोसेफ विछोडका पिडाबाट मुक्तहुन विभिन्न ठाँउहरुमा यात्रा गर्न थाले । यात्रा कै क्रममा उनि पोर्ट होप , क्यानाडा पुगे जति बेला उनी 25 वर्षका मात्र थिए । उनि त्यहि बच्चाहरूलाई पढाउन थाले । त्यस्तै क्रममा उनको जीवनमा प्रेमले फेरी प्रवेश गऱ्यो । एलिसा सँग उनि प्रेम मा गासिए । तर उनको जीवनको यो दोस्रो प्रेम कथा पनि ह्याप्पी एण्डीङ्ग हुन पाएन र एलिसाको पनि न्यूमोनियको कारण उनिहरूको विवाह हुनु भन्दा अघि मृत्यु भयो । 

जोसेफ स्क्रिभनले त्यस पछी त्यहीका गरिबहरलाई विना ज्याला काममा सघाउन थाले । एकदिन जोसेफ विरामी परेको बेला उनको एक मित्रले उनको हेरचाह गर्ने क्रमम उनको सिरानी बाट कविता फेलापारे । मित्रले सोद्धा जोसेफले भनेका थिए कि यो कविता उनले प्रभुले सँगै लेखेका हुन । उनले आइरल्याण्डमा भएकी आमालाई सान्त्वना दिन लेखेका थिए । 

अगष्ट 10, 1886 मा जोसेफको मृत शरिर पानिमा तैरि रहेको भेटियो । उनको सम्झनामा दुइवटा प्रतिमा बनाइएको छ जहाँ उनले लेखेका कविताका केहि हरफहरु कुँदिएका छन । उनै जोसेफ स्क्रिभनले लेखेको कविता लाई संगीतकार चार्ल्स कन्भर्सले संगित भरे अनि आज सम्म हाम्रो मण्डलीहरूमा गुञ्जन्छ ।


 येशू कस्तो प्यारो मित्र पापको भार उठाउनुभो’

    दुःख-सुख ईश्वरकहाँ ल्याउनु हामीलाई वरदान कत्रो ?

       कति शान्ति-सुख गुमाउँछौ, कति दुःख छ व्यर्थैमा ?

          कारण ईश्वरकहाँ हामी सब ल्याउँदैनौँ प्रार्थनामा ।


साँच्चैनै येशू उनको प्यारो मित्र भएकैले जीवनका सबै दुःख संग जुध्ने साहस उनले प्राप्त गरेका थिए ।


Man shudh parnalai - मन शुद्ध पार्नलाई | Nepali Christian Song (Bhajan N...

by

मन शुद्ध पार्नलाई (भजन 209)


१.  मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के, ख्रीष्टको रगतले शुद्ध भयौ के ?
    पूरा भयोसा येशूमा राख्छौ के, ख्रीष्टको रगतले शुद्ध भयौ के ?
को. तिमी शुद्ध भयौ के त्राणकर्ता येशूको रगतले ?
    तिम्रो मन साँच्चै निष्कलंक भयो के येशूको त्यो अमोल रगतले ?
२.  दिनहुँ तिमी येशूसाथ-साथ हिँड़्छौ के उनको रगतले शुद्ध भयौ के ?
    येशूको आनन्द तिमीले पायौ के ख्रीष्टको रगतले शुद्ध भएर ?
३.  ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के 
    ख्रीष्टको रगतले साफ र उज्ज्वल ?
    तिमी स्वर्ग जानलाई तयार छौ के ख्रीष्टको रगतले शुद्ध भएर ?
४.  पापको दाग लागेको वस्त्र फुकाइदेऊ ख्रीष्टको रगतले शुद्ध हुन आऊ
    पापी मन चोख्याउने धारा बग्दैछ ख्रीष्टको रगतले शुद्ध होइजाऊ ।

भजन 250 आउ येशू लाै मलाइ बचाउ | #nepalichristiansong #nepalihymn #nepali...

by

नेपाली ख्रिष्टिय भजन नं. 250



को. आऊ, येशू, लौ मलाई बचाऊ
    पापको यो भारी आँधीमा (२)
१.  संसारिक सागरको हे बलियो माझी (२)
    दुःख-दर्द बुझिहिँड़्ने दुनियाँको लागि,
    प्राण दिने, ज्यान दिने परम उपकारी (२)
    सच्चा पक्का धर्म ल्याउने अधर्म पखाली ।
२.  सुपदेश दिन्थ्यौ, प्रभु, दुनियाँ चहारी (२)
    धर्मीलाई धन्य भनी पापीलाई उतारी,
    दुःख-सुख साथी सम्झी हाँसू-रोऊँ नभई (२)
    क्रूसमाथि चढ़्यौ प्रभु जीवन दिन कठै ।
३.  नगरी देऊ ढिलो प्रभु, लौ न छिटो आऊ न (२)
    दुष्कर्मको बाढ़ी बग्यो, बगे सबै जन,
    नाउ खियाऊ, पारी लैजाऊ, सुन आर्त्तनाद (२)
    हे जिन्दगी दाता येशू, राख आफ्नै साथ ।

भजन ४७४- सारा सृष्टिको मालिक तपाइलाइ Nepali Christian Song Sara Sristiko Ko Malik ( Unplugged)

by

भजन ४७४
सारा सृष्टिको मालिक तपाइलाइ

भजन ४७४
सारा सृष्टिको मालिक तपाइलाइ
सारा सृष्टिको रक्षक तपाइलाइ 
हाम्रो हृदय समेतले आदर प्रणाम 
सदैव होस् तपाइको गुणगान 

ह ह ह हल्लेलुयाह ७ आमिन

सब संसार टलेर जानेछ
टल्ने छैन तपाइको वचन
बितेर जानेछ यो जीवन तर विश्वारी मर्दैन कहिले २

 ह ह ह हल्लेलुयाह ७ आमिन

नयाँ संसार र स्वर्ग हुनेछ
विश्वास गर्ने सबैको निम्ति
प्रशंसा आदर हुनेछ त्यहाँ हाम्रा परमप्रेमी पितालाइ २ 
ह ह ह हल्लेलुयाह ७ आमिन 

प्रभुको प्रार्थना गित - Lord's Prayer song in Nepali Language

by




 प्रभुको प्रार्थना गित
हे हाम्रा स्वर्गमा रहनुहुने पिता
तपाइको नाउँ पवित्र गरियोस 
तपाइको राज्य आओस्त
पाइको इच्छा स्वर्गमा झैं यस पृथ्विमा पुरा होस 
हाम्रो दिनभरीको रोटि आज हामीलाइ दिनुहोस्अ
नि हाम्रो अपराध क्षमा गर्नुहोस
जसरी हामीले पनि आफ्ना अपराधिहरूलाइ क्षमा गरेका छौं
हामीलाइ परिक्षामा नल्याउनुहोस् तर दुष्टबाट बचाउनुहोस्कि
नभने राज्य र पराक्रम र महिमा सदा सर्वदा तपाइकै हुन्। 
हे हाम्रा स्वर्गमा रहनुहुने पिता
तपाइको नाउँ पवित्र गरियोस 
तपाइको राज्य आओस् 
आमेन आमेन आमेन 

Top Ad 728x90