"bishwasi.com"को बारेमा (About US)
हामी यो घोषणा गर्छौं कि यो वेबसाइट कुनै संस्था तथा विशेष इसाई समूहले खोलेको होइन।
यो नितान्त एक नेपाली पास्टरको नेपाली विश्वासीहरूलाई इन्टरनेटमा ख्रीष्टियन सामाग्री उपलब्ध गराउने बोझका साथ सुरु गरिएको हो।
यस वेवसाइटको सुरुवात र सञ्चालनको लागि कसै सँग पनि आर्थिक
सहायता नलिएको कुरा खुल्ला गर्न चाहन्छौं।
यति भन्दै हामी यहाँहरूलाई यो निश्चित दिलाउन चाहन्छौं कि हामी झुटो शिक्षा होइनौं र कुनै पनि झुटो शिक्षाहरूबाट टाढै रहन रूचाउँछौं । यहाँहरूलाई निश्चिन्त पार्न हामीले हामी सबैले स्विकार गरेको विश्वासको सारलाई आफ्नो आधार मानेका छौं।
This is website is not associated with any organization and does not receive any financial or material support for this purpose.
We are evangelical Christians and the Apostolic creed is our statement of faith.
Statement of Faith
विश्वासको सार
म विश्वास गर्दछु
एक इश्वर सर्वशक्तिमान पिता श्वर्ग र पृथ्वी सृजने माथि।
अनि उहाँको एक्ले पुत्र हाम्रा प्रभुयेशू ख्रीष्ट माथि।
उहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो।
कन्य मरियम देखी जन्मनुभयो। पन्तियस पिलातसको अधिकारमा दु:ख भोग्नुभयो।
क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो।
आत्मालोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरुबाट बिउँतनुभयो ।
स्वर्गमा चढिजानुभयो सर्वशक्तिमान इश्वर पिताको दाहिने हात पट्टी बस्नु भएको छ ।
जहाँ देखी उहाँ जीउँदो र मरेकाहरुको न्याय गर्नलाई आउनुहुनेछ ।
म विश्वास गर्दछु पवित्र आत्मा माथि, पवित्र विश्व मण्डली माथि,
पवित्रहरुको संगती माथि, पाप मोचन माथि, शरिरको पुनरुत्थान माथि र अजम्वरी जीवन माथि। आमिन्।
Follow us on