
परमेश्वर
परमेश्वर को हुनुहुन्छ?
परमेश्वर सारा ब्रह्माण्डको अनन्त र पवित्र सृष्टिकर्ता र पालक, र मानवजातिका मुक्तिदाता हुनुहुन्छ (उत्पत्ति १:१; भजनसंग्रह ९०:२; हिब्रू १:३; यूहन्ना ३:१६)
परमेश्वर कस्तो हुनुहुन्छ?
परमेश्वर असीमित, प्रेमिलो र अपरिवर्तनीय हुनुहुन्छ। उहाँ आफैमा सर्वसम्पन्न हुनुहुन्छ। (भजन १३९:७-१०; १ यूहन्ना ४:८; याकूब १:१७) ।
परमेश्वर कहाँ हुनुहुन्छ?
परमेश्वर सर्वव्यापी (सबैतिर) हुनुहुन्छ अर्थता एकै पटक सबै ठाउँमा हुनुहुन्छ। उहाँको उपस्थिति नभएको कुनै पनि ठाउँ छैन। (भजन १३९:७-१२; हितोपदेश १५:३) ।
के तपाईं परमेश्वरलाई देख्न सक्नुहुन्छ?
परमेश्वर अदृष्य हुनुहुन्छ। संसारका थोकहरू जस्तै परमेश्वरलाइ देख्न सकिँदै ।
हामी परमेश्वरलाई देख्न सक्दिनाैं, तर उहाँले हामीलाई सधैं देख्नुहुन्छ (यर्मिया २३:२३-२४; यूहन्ना १:१८) ।
हामी परमेश्वरलाई देख्न सक्दिनाैं, तर उहाँले हामीलाई सधैं देख्नुहुन्छ (यर्मिया २३:२३-२४; यूहन्ना १:१८) ।
हामी किन परमेश्वरलाई देख्न सक्दैनौं?
हामी परमेश्वरलाई देख्न सक्दैनौं किनभने उहाँ आत्मा हुनुहुन्छ र उहाँको शरीर छैन (यूहन्ना ४:२४) ।
परमेश्वरलाई के र कति कुरा थाहा छ?
परमेश्वरलाई सबै कुरा थाहा छ। उहाँले नदेखेको नजानेको कुरा केहि पनि छैन। त्यसैले परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। (अय्यूब ३४:२१; भजन १४७:५) ।
परमेश्वरले के कस्तो काम कुरा गर्न सक्नुहुन्छ?
परमेश्वरले आफ्नो सबै पवित्र इच्छा पूरा गर्न सक्नुहुन्छ। परमेश्वरले गर्न नसक्ने काम केहि छैन तर सबै काम आफ्नो गुण, योजना अनुसार गर्नुहुन्छ। परमेश्वरको कुनै सिमित नभए पनि उहाँले पाप गर्नु हुन्न किनभने उहाँ धर्मि हुनुहुन्छ। (मत्ती १९:२६) ।
के परमेश्वरले कहिल्यै खराब काम गर्नुहुन्छ?
परमेश्वर सधैं धर्मी हुनुहुन्छ । उहाँले खराब काम कहिल्यै गर्नुहुँदैन यो उहाँको गुणको विपरित हो।(व्यवस्था ३२:४; याकूब १:१३) ।
संसारमा कतिवटा परमेश्वर हुनुहुन्छ?
परमेश्वर केवल एकैजना मात्र हुनुहुन्छ। (यशैया ४४:६; १ तिमोथी २:५)।
यो एक परमेश्वर येशू ख्रीष्ट, पिता आदि भनिएको कसरी बुझ्न सकिन्छ?
एक मात्र परमेश्वर तीन व्यक्तिहरूमा अस्तित्वमा हुनुहुन्छ । तिन व्यक्तित्व भएर पनि एक मात्र रहनुहुने यो परमेश्वरको अलाैकिक गुण हो। यसलाइ त्रीएक परमेश्वर पनि भनिन्छ(मत्ती ३:१६-१७; २ कोरिन्थी १३:१४) ।
परमेश्वरका तीन व्यक्तित्वहरू को-को हुन्?
परमेश्वरका तीन व्यक्तिहरू पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। तर उहाँ एउटै परमेश्वर हुनुहुन्छ। (मत्ती २८:१९) ।
के परमेश्वरलाई पनि कसैले बनाएको हो?
परमेश्वरलाई कसैले बनाएको होइन । उहाँको अस्तित्व आफैमा छ। (भजन ९०:२) ।
परमेश्वरको सुरुवात कहिले देखी भएको थियो?
परमेश्वर सधैं अस्तित्वमा हुनुहुन्थ्यो । उहाँ नहुनु भएको समय नै छैन। (भजन ९३:२; प्रकाश ४:८) ।
परमेश्वरको अस्तित्व किहिले सम्म रहन्छ अर्थात के उहाँ कहिल्यै मर्नुहुन्छ?
परमेश्वर अनन्त हुनुहुन्छ। परमेश्वर सधैं जीवित रहनुहुन्छ (व्यवस्था ३३:२७) ।
हामी प्रति परमेश्वरको दृष्टिकोण कस्तो छ?
मानिस प्रति परमेश्वर अनुग्रही, दयालु हुनुहुन्छ। हामी पापी भए तापनि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ (यर्मिया ३१:३; रोमी ५:८) ।
येशू ख्रीष्ट र मुक्ति
पापमा परेर मृत्युको भागिदार भएको मानिसलाई कसले बचाउन सक्छ?
प्रभु येशू ख्रीष्ट मात्र एक मात्र मुक्तिदाता हुनुहुन्छ (यूहन्ना १४:६; प्रेरित ४:१२) ।
यो कार्य कसरी सम्भव हुन्छ?
यो परमेश्वरको अनुग्रहको कारणले सम्भव हुन्छ। अनुग्रह भनेको हामी सजायको योग्य हुँदा पनि परमेश्वरले हामीलाई देखाउनुभएको दया हो (एफिसी २:८-९) ।
येशू ख्रीष्टले हामीमा के काम गरेर हामीलाइ मुक्ति दिनुहुन्छ?
येशूले हामीलाइ धर्मी ठहर्याउनुहुन्छ। धर्मी ठहर्याइनु भनेको परमेश्वरले मलाई क्षमा गर्नु र मैले कहिल्यै पाप नगरेको जस्तै व्यवहार गर्नु हो (रोमी ३:२४-२५) ।
एक व्यक्ति स्वर्ग जानु अघि परमेश्वरलाई के चाहिन्छ?
स्वर्ग जानको लागि एक व्यक्ति नयाँ गरी जन्मनु आवश्यक छ (यूहन्ना ३:३, १६; प्रेरित ४:१२) ।
नयाँ गरी जन्मनुको भनेको के हो?
'पुनर्जन्म' (Regeneration) नयाँ गरी जन्मनुको अर्को शब्द हो यो प्रभुलाइ विश्वास गरेर प्राप्त हुने नयाँ जीवन हो। (इजकिएल ३६:२६-२७; तीतस ३:५-६) ।
. फेरी जन्मनु भनेको के हो?
पुनर्जन्म भनेको हृदयको परिवर्तन हो जसमा परमेश्वरका इच्छाहरू पापीको आनन्द बन्छन् ।
पापीको हृदय कसले परिवर्तन गर्न सक्छ?
पवित्र आत्माले पापीको हृदय परिवर्तन गर्न सक्नुहुन्छ (तीतस ३:५) ।
हृदय कसरी परिवर्तन हुन्छ?
ख्रीष्टको कार्यमा देखाइएको परमेश्वरको अनुग्रहको कारण पवित्र आत्माद्वारा हृदय परिवर्तन हुन्छ (तीतस ३:४-७) ।
ख्रीष्टको कार्य के थियो जसद्वारा हामीले मुक्ति पाउँछाैं?
ख्रीष्टको कार्य परमेश्वरको व्यवस्थालाई पूर्ण रूपमा पालन गर्नु र हाम्रा पापहरूको सजाय भोग्नु थियो (२ कोरिन्थी ५:२१; हिब्रू ९:११-१४) ।
के कोही आफ्नो कामद्वारा बाँच्न सक्छ?
कोही पनि आफ्नो कामद्वारा बाँच्न सक्दैन (एफिसी २:८-९; तीतस ३:४-७) ।
किन ख्रीष्ट द्वारा मात्र मुक्ति सम्भव भयो?
ख्रीष्ट पवित्र, निष्पाप र बेदाग हुनुहुन्थ्यो । उहाँ द्वारा मात्र पापको दाग मेटाउन सम्भव भयो।(२ कोरिन्थी ५:२१; हिब्रू ७:२६) ।
परमेश्वरको पुत्रलाई कष्ट भोग्न कसरी सम्भव भयो?
ख्रीष्ट, परमेश्वरको पुत्र, मानव बन्नुभयो ताकि उहाँले हाम्रो ठाउँमा आज्ञा पालन गर्न र कष्ट भोग्न सकून् (फिलिप्पी २:७-८; हिब्रू २:९) ।
येशूले भोग्नुभएको कष्टको के अर्थ छ?
प्रायश्चित भनेको ख्रीष्टले पापीहरूको ठाउँमा आफ्नो कष्ट र मृत्युद्वारा ईश्वरीय न्यायलाई सन्तुष्ट पार्नु हो (रोमी ५:८-११; १ पत्रुस ३:१८) ।
हामीले ख्रीष्टको कार्यबाट के पाउँछौं?
परमेश्वरले ख्रीष्टमा भरोसा गर्नेहरूलाई पुनर्जीवित, धर्मी र पवित्र पार्नुहुन्छ (१ कोरिन्थी ६:११; तीतस ३:५-७) ।
धर्मी ठहर्याइनु (Justification) भनेको के हो?
धर्मी ठहर्याइनु भनेको परमेश्वरले मलाई क्षमा गर्नु र मैले कहिल्यै पाप नगरेको जस्तै व्यवहार गर्नु हो (रोमी ३:२४-२५; ८:१) ।
परमेश्वरले मलाई किन कहिल्यै पाप नगरेको जस्तै व्यवहार गर्न सक्नुहुन्छ?
किनभने उहाँले मलाई ख्रीष्टको धार्मिकता दिनुभएको छ (मत्ती ३:१५; २ कोरिन्थी ५:१९, २१; गलाती ४:४-५) ।
Does this work on mobile?
Absolutely. Since it uses native HTML5 tags, it is fully responsive and very lightweight.
म कसरी धर्मी ठहरिन्छु?
म ख्रीष्टको कार्यमा विश्वास गरेर धर्मी ठहरिन्छु (रोमी ३:२५-२८; गलाती २:१६) ।
के हामी फेरी पाप रहित पवित्र हुन्छाैं?
पवित्रिकरण त्यो प्रक्रिया हो जसद्वारा परमेश्वरले उद्धार पाएका मानिसहरूलाई हृदय र व्यवहारमा ख्रीष्ट जस्तै हुन परिवर्तन गर्नुहुन्छ (१ कोरिन्थी ६:१९-२०; रोमी १२:१-२) ।
पवित्रिकरणका दुई भागहरू के-के हुन्?
पापको लागि मर्नु र धार्मिकताको लागि बाँच्नु पवित्रिकरणका दुई भागहरू हुन् (रोमी ६:११, १३; ८:१३; गलाती २:२०) ।
ख्रीष्टले कसका लागि आज्ञा पालन गर्नुभयो र कष्ट भोग्नुभयो?
ख्रीष्टले पापीहरूको लागि आज्ञा पालन गर्नुभयो र कष्ट भोग्नुभयो (रोमी ५:८) ।
ख्रीष्टको कस्तो प्रकारको मृत्यु भयो?
ख्रीष्टको क्रूसमा टाँगिएर पीडादायी र शर्मनाक मृत्यु भयो (लूका २३:३३-३८; फिलिप्पी २:८) ।
कसको उद्धार हुनेछ?
जसले पश्चात्ताप गर्छ र प्रभु येशू ख्रीष्टमा भरोसा गर्छ, उसैको उद्धार हुनेछ (यशैया ५५:७; यूहन्ना ३:१६) ।
पश्चात्ताप गर्नु भनेको के हो?
पश्चात्ताप गर्नु भनेको आफ्नो पापको लागि दुखी हुनु हो किनभने यसले परमेश्वरलाई अप्रसन्न बनाउँछ (२ इतिहास ७:१४; भजन ३८:१८; यर्मिया ४४:४) ।
ख्रीष्टमा उद्धार पाउने विश्वास के हो?
उद्धारको लागि ख्रीष्टको मृत्यु र पुनरुत्थानमा मात्र भरोसा गर्नु नै उद्धार पाउने विश्वास हो (१ कोरिन्थी १५:१-४; रोमी १०:१३) ।
के तपाईं आफै पश्चात्ताप गर्न र ख्रीष्टमा विश्वास गर्न सक्नुहुन्छ?
रमेश्वरको पवित्र आत्माको सहायता बिना म पश्चात्ताप गर्न र ख्रीष्टमा विश्वास गर्न सक्दिनँ (यूहन्ना ३:५-६; १६:८-११) ।
के बच्चाहरूले पश्चात्ताप गर्न र उद्धारको लागि ख्रीष्टमा भरोसा गर्न सक्छन्?
उहाँले तिनीहरूलाई आफूकहाँ आउन स्वागत गर्नुहुन्छ (मर्कूस १०:१४) ।
ख्रीष्टको मृत्यु भएको कति समय भयो?
ख्रीष्टको मृत्यु भएको लगभग दुई हजार वर्ष भयो ।
ख्रीष्ट आउनु अघि मानिसहरूले कसरी मुक्ति पाए?
मानिसहरूले आउने मुक्तिदातामा भरोसा गरेर मुक्ति पाए (यशैया ४३:११; हिब्रू ११:१३) ।
पुरानो नियममा कुन कुराले मुक्तिदाताको पापको बलिदानतर्फ सङ्केत गरेको थियो?
परमेश्वरको वेदीमा बलि चढाइएका जनावरहरूले मुक्तिदाताको बलितर्फ सङ्केत गरेका थिए (लेवी ४:३२-३५; हिब्रू ९:११-१२) ।
बलिदानहरूले के प्रतिनिधित्व गर्थे?
बलिदानहरूले ख्रीष्ट, परमेश्वरको थुमालाई प्रतिनिधित्व गर्थे, जो पापीहरूको लागि मर्नुहुने थियो (यूहन्ना १:२९, ३६; हिब्रू ९:११-१४) ।
ख्रीष्टका तीनवटा पदहरू (Offices) के-के हुन्?
ख्रीष्टका पदहरू अगमवक्ता, पूजाहारी र राजा हुन् (प्रेरित ३:२२; हिब्रू ५:५-६; प्रकाश १९:१६) ।
ख्रीष्ट कसरी अगमवक्ता हुनुहुन्छ?
ख्रीष्टले हामीलाई परमेश्वर प्रकट गर्नुभयो र हामीलाई परमेश्वरको इच्छा सिकाउनुहुन्छ (यूहन्ना १:१८; लूका ४:१८; यूहन्ना १५:१५; हिब्रू १:२) ।
ख्रीष्ट कसरी पूजाहारी हुनुहुन्छ?
ख्रीष्टले आफैलाई परमेश्वरको थुमाको रूपमा अर्पण गर्नुभयो र हाम्रो लागि परमेश्वरसँग बिन्ती गर्नुहुन्छ (रोमी ३:२६; हिब्रू ७:२५-२७) ।
ख्रीष्ट कसरी राजा हुनुहुन्छ?
Yख्रीष्टले हामीमाथि शासन गर्नुहुन्छ, हाम्रो रक्षा गर्नुहुन्छ, र पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ (यशैया ३३:२२; १ कोरिन्थी १५:२५; प्रकाश १९:१६) ।
पुनरूत्थान
ख्रीष्टको क्रूसको मृत्युपछि के भयो?
ख्रीष्ट आफ्नो मृत्युको तेस्रो दिनमा शारीरिक रूपमा पुनरुत्थान हुनुभयो (मत्ती १६:२१; २८:१-६; १ कोरिन्थी १५) ।
ख्रीष्ट अहिले कहाँ हुनुहुन्छ?
ख्रीष्ट स्वर्गमा हुनुहुन्छ र हाम्रो लागि मध्यस्थता गर्दै हुनुहुन्छ (प्रेरित १:९; एफिसी १:१९-२१; हिब्रू ४:१४-१६; ७:२५) ।
ख्रीष्टियनहरू हप्ताको कुन दिन आराधनाको लागि भेला हुन्छन्?
अधिकांश ख्रीष्टियनहरू आइतवार, हप्ताको पहिलो दिनमा आराधना गर्छन्, जसलाई धर्मशास्त्रले प्रभुको दिन भन्दछ (प्रेरित २०:७; १ कोरिन्थी १६:१-२; प्रकाश १:१०) ।
आइतवारलाई किन प्रभुको दिन भनिन्छ?
आइतवारलाई प्रभुको दिन भनिन्छ किनभने ख्रीष्ट त्यसै दिन मृत्युबाट बौ उठ्नुभएको थियो (मत्ती २८:१-६; मर्कूस १६:१-६) ।
प्रभुको दिन कसरी बिताउनुपर्छ?
प्रभुको दिन प्रार्थना र प्रशंसामा, परमेश्वरको वचन सुन्न र पढ्नमा र अरू मानिसहरूको भलो गर्ने काममा बिताउनुपर्छ (लूका १३:१०-१३; प्रेरित १५:२१; १६:१३) ।
सृष्टि
तपाईंलाई कसले बनायो?
मलाई परमेश्वरले बनाउनुभयो । हामी सबैको एक मात्र सृष्टि कर्ता परमेश्वर हुनुहुन्छ।(उत्पत्ति १:२७) ।
मानिस बाहेक परमेश्वरले अरू के-के बनाउनुभयो?
परमेश्वरले सबै थोक बनाउनुभयो । परमेश्वरले नबनाउनु भएको संसारमा कुनै पनि थोक छैन। अस्तित्वमा भएको सबै थोकको श्रोत परमेश्वर मात्रै हुनुहुन्छ। (उत्पत्ति १:१-३१; यूहन्ना १:३) ।
परमेश्वरले हामीलाई र सबै थोक किन बनाउनुभयो?
परमेश्वरले हामीलाई र संसारका सबै थोक आफ्नै महिमाको लागि बनाउनुभयो । आफ्नो वैभव प्रकट गर्न र त्यसबाट महिमित हुन परमेश्वरले सबै थोकको सृष्टि गर्नुभयो। (यशैया ६:३; रोमी ११:३६; १ कोरिन्थी ६:२०; १०:३१) ।
तपाईंले किन परमेश्वरको महिमा गर्नुपर्छ?
हामीले परमेश्वरको महिमा गर्नुपर्छ किनभने उहाँले हामीलाई बनाउनुभयो र हाम्रो हेरचाह गर्नुहुन्छ । (भजन १०४:१४-२३; १४६:५-१०; प्रकाश ४:११) ।
हामी कसरी परमेश्वरको महिमा गर्न सक्छाैं?
हामी उहाँलाई प्रेम गरेर र उहाँका आज्ञाहरू पालन गरेर परमेश्वरको महिमा गर्न सक्छाैं (मीका ६:८; यूहन्ना १५:८; १ यूहन्ना ५:३) ।
तपाईं कसरी परमेश्वरलाई प्रेम गर्न र उहाँको आज्ञा पालन गर्न सिक्न सक्नुहुन्छ?
स्वयं परमेश्वर र बाइबलले मलाई उहाँलाई कसरी प्रेम गर्ने र आज्ञा पालन गर्ने भनेर सिकाउनुहुन्छ (यहोशू १:८; भजन ११९:१०-११; रोमी ५:५; १ थिस्सलोनिकी ४:८-९) ।
बाइबल कसले लेखेको हो?
पवित्र आत्माद्वारा सिकाइएका परमेश्वरका जनहरूले बाइबल लेखेका हुन् । यो सबै परमेश्वरको ज्ञान, अगुवाइ तथा प्रेरणामा लेखिएको हो। (२ तिमोथी ३:१६; २ पत्रुस १:२१) ।
बाइबलले के प्रकट गर्छ?
बाइबलले परमेश्वर को हुनुहुन्छ र उहाँले येशू ख्रीष्टको मृत्यु, र पुनरुत्थानद्वारा आफ्नो पतन भएको संसारलाई कसरी उद्धार गर्दै हुनुहुन्छ भनी प्रकट गर्दछ (उत्पत्ति ३:१५; मर्कूस १:१५; १ कोरिन्थी १५:१-४; प्रकाश २१:१-४) ।
परमेश्वरले कुन उद्देश्यका लागि आफ्नो सृष्टिको उद्धार गर्नुहुन्छ?
उहाँमा विश्वास गर्ने सबैजना परमेश्वरको राज्यमा सधैंभरि उहाँसँगै बस्न सकून् भनेर परमेश्वरले आफ्नो सृष्टिको उद्धार गर्नुहुन्छ (प्रकाश २१:१-४) ।
हाम्रा पहिलो आमाबाबु को थिए?
आदम र हव्वा हाम्रा पहिलो आमाबाबु थिए (उत्पत्ति २:७, १८-२२; ३:२०) ।
पहिलो मानिसलाइ केबाट बनाउनुभएको थियो?
परमेश्वरले आदमलाई भूमिको माटोबाट बनाउनुभयो र हव्वालाई आदमको शरीरबाट बनाउनुभयो (उत्पत्ति २:७, २१-२२) ।
परमेश्वरले आदम र हव्वालाई कस्तो बनाउनुभयो?
परमेश्वरले तिनीहरूलाई आफ्नै स्वरूपमा बनाउनुभयो (उत्पत्ति १:२६-२७) ।
मानिसहरू परमेश्वरको स्वरूपमा हुनुको अर्थ के हो?
परमेश्वरले हामीलाई अनन्त प्राणीको रूपमा बनाउनुभयो जो तर्क गर्न, उहाँसँग सङ्गति गर्न र के सही र के गलत हो भनी बुझ्न सक्षम छन् (प्रकाश ४:११; २२:५; यशैया १:१८; भजन २७:८; हितोपदेश २८:५) ।
परमेश्वरले आदम र हव्वालाई किन बनाउनुभयो?
परमेश्वरले तिनीहरूलाई पृथ्वीमा जनसङ्ख्या बढाउन र यसमा प्रभुत्व जमाउन बनाउनुभयो (उत्पत्ति १:२६-२८) ।
मानिसले पृथ्वीमा प्रभुत्व जमाउनु भनेको के हो?
हामीले हाम्रो जीवनको हरेक पक्षलाई अरूको हित र परमेश्वरको महिमाको लागि व्यवस्थापन गर्नु हो ।
जब परमेश्वरले आदम र हव्वालाई बनाउनुभयो, तिनीहरू कस्तो अवस्थामा थिए?
परमेश्वरले तिनीहरूलाई निष्पाप र सुखी बनाउनुभयो (उत्पत्ति १:२७-३१) ।
पाप
पाप के हो?
पाप भनेको परमेश्वरको व्यवस्था उल्लंघन गर्नु वा तोड्नु हो (१ यूहन्ना ३:४) ।
आदम र हव्वालाई पाप गर्न कसले लोभ्यायो?
शैतानले हव्वालाई लोभ्यायो, र हव्वाले आदमलाई लोभ्याइन् । वास्तवमा उनीहरू दुवैले परमेश्वरले उनीहरूलाइ दिनुभएको आज्ञामा विश्वास गरेनन् र पाप तथा परमेश्वरको इच्छा विपरित काम गर्न पुगे(उत्पत्ति ३:१-६) ।
आदमको पापले सम्पूर्ण मानवजातिमा के असर गर्यो?
आदमको पापको कारणले गर्दा, प्रत्येक व्यक्ति पापमय स्वभाव लिएर जन्मन्छ जसले खराबी गर्न चाहन्छ (भजन ५१:५; रोमी ५:1२) ।
हरेक पापले कस्तो सजाय पाउनुपर्छ?
हरेक पापले परमेश्वरबाट सजाय पाउनुपर्छ (गलाती ३:१०) ।
मण्डली(चर्च)का विधिहरू
विधि (Ordinance) के हो
विधि भनेको ख्रीष्टको मृत्यु, गाडाई र पुनरुत्थानलाई सम्झने तरिका हो (रोमी ६:३-१०; १ कोरिन्थी ११:२३-२६) ।
बाइबलमा कतिवटा विधिहरू छन्?
बाइबलमा दुईवटा विधिहरू छन् (मत्ती २८:१९; १ कोरिन्थी ११:२३-२६) ।
ती दुईवटा विधिहरू के-के हुन्?
ती दुईवटा विधिहरू बप्तिस्मा र प्रभु-भोज हुन् (मत्ती २६:२६-२८; २८:१९) ।
यी विधिहरू कसले नियुक्त गर्नुभयो?
प्रभु येशू ख्रीष्टले यी विधिहरू नियुक्त गर्नुभयो (मत्ती २६:२६-२८; २८:१८-१९) ।
ख्रीष्टले यी विधिहरू किन नियुक्त गर्नुभयो?
ख्रीष्टले आफ्ना चेलाहरूलाई संसारिकताबाट अलग हुन र उहाँको पुनरागमनको प्रतीक्षा गर्न प्रोत्साहन दिन यी विधिहरू नियुक्त गर्नुभयो (प्रेरित २:४०-४२; १ कोरिन्थी ११:२४-३१) ।
बप्तिस्मामा कुन तत्वको प्रयोग गरिन्छ?
बप्तिस्मामा पानीको प्रयोग गरिन्छ (मत्ती ३:६, ११, १४-१७) ।
बप्तिस्माको अर्थ के हो?
बप्तिस्मा ख्रीष्टसँगको हाम्रो एकता र उहाँलाई पछ्याउने हाम्रो निर्णयको बाहिरी चिन्ह हो (रोमी ६:३-११; गलाती ३:२७) ।
हामी कसको नाममा बप्तिस्मा लिन्छौं?
हामी पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा लिन्छौं (मत्ती २८:१९) ।
प्रभु-भोज के हो?
प्रभु-भोज हाम्रो लागि क्रूसमा ख्रीष्टको मृत्युको सम्झना र उहाँको पुनरागमनको प्रतीक्षा हो (मत्ती २६:२६-२८; १ कोरिन्थी ११:२३-२६) ।
प्रभु-भोजमा कसले सहभागी हुनुपर्छ?
ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा भरोसा गर्ने, उहाँका लागि बाँचिरहेका र सबै पापहरू स्वीकार गरी त्यागेका सबैजना प्रभु-भोजमा सहभागी हुन सक्छन् (१ कोरिन्थी ११:२७-३१) । मण्डलीले पानीको बप्तिष्मा लिएकाहरूले मात्र लिन सक्छ भनेर तोक्न सक्दछ।
प्रभु-भोजमा प्रयोग गरिने तत्वहरू के-के हुन्?
प्रभु-भोजमा प्रयोग गरिने तत्वहरू रोटी र दाखमद्य हुन् (मत्ती २६:२६-२८; मर्कूस १४:२२-२५) ।
प्रोटी र दाखमद्यले के प्रतीक गर्छ?
रोटीले ख्रीष्टको शरीरलाई बुझाउँछ जुन हाम्रो लागि क्रूसमा टाँगिएको थियो, र कचौराले उहाँको रगतलाई बुझाउँछ जुन हाम्रो लागि बगाइएको थियो (मत्ती २६:२६-२८; मर्कूस १४:२२-२५; लूका २२:१७-२०) ।
प्रार्थना
प्रार्थना के हो?
प्रार्थना भनेको परमेश्वरसँग कुरा गर्नु हो (भजन १०:१७; फिलिप्पी ४:६) ।
हामीले कसको नाममा प्रार्थना गर्नुपर्छ?
हामीले हाम्रा मध्यस्थकर्ता ख्रीष्टको नाममा मात्र प्रार्थना गर्नुपर्छ (यूहन्ना १६:२३) ।
"येशूको नाममा" प्रार्थना गर्नुको अर्थ के हो?
येशूको नाममा प्रार्थना गर्नु भनेको हाम्रा मध्यस्थकर्ता येशूले प्रार्थना गरिरहनुभएको जस्तै कुराहरूको लागि प्रार्थना गर्नु र उस्तै आत्मामा प्रार्थना गर्नु हो (१ यूहन्ना ५:१४) ।
हामीलाई प्रार्थना गर्न सिकाउन ख्रीष्टले कुन मार्गदर्शक दिनुभएको छ?
ख्रीष्टले हामीलाई प्रभुको प्रार्थना दिनुभएको छ (मत्ती ६:९-१३) ।
हामीले कसरी प्रार्थना गर्नुपर्छ?
हामीले यसरी प्रार्थना गर्नुपर्छ: "हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट बचाउनुहोस्। किनकि राज्य, शक्ति र महिमा सधैंभरि तपाईंको हो। आमेन" (मत्ती ६:९-१३) ।
भविष्य तथा अन्त्यको समय
हाम्रो भविष्य कस्तो छ?
ख्रीष्टले हामीलाई उहाँसँगै लैजान फर्कने प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना १४:१-३; प्रेरित १:११) ।
ख्रीष्ट कहिले फर्कनुहुनेछ?
ख्रीष्ट कहिले फर्कनुहुनेछ भन्ने निश्चित दिन कसैलाई थाहा छैन (मत्ती २४:४२, ५०; २५:१३) ।
येशूको दोस्रोआगमनका कस्तो प्रकारको हुन्छ?
यो दुइ आयामहरूमा हुन्छ। दोस्रो आगमनमा 'र्याप्चर' (Rapture) हामी विश्वासी माथि उठाइ लगिने र महिमामय उपस्थिति समावेश छन् (१ कोरिन्थी १५:५१-५२; प्रकाश १९:११-१६) ।
र्याप्चरमा के हुनेछ?
र्याप्चरमा ख्रीष्टले मरिसकेका ख्रीष्टियनहरूलाई जीवित पार्नुहुनेछ र जीवित रहेकाहरूलाई परिवर्तन गरी कहिल्यै नमर्ने शरीर दिनुहुनेछ (१ कोरिन्थी १५:५१-५२; १ थिस्सलोनिकी ४:१५-१७) ।
र्याप्चर पछि के हुनेछ?
र्याप्चर पछि पृथ्वीमा सात वर्षको न्यायको अवधि हुनेछ, जुन महिमामय उपस्थितिसँगै समाप्त हुनेछ ।
महिमामय उपस्थितिमा के हुनेछ?
ख्रीष्ट पृथ्वीमा फर्कनुहुनेछ, सबै दुष्टहरूलाई हटाउनुहुनेछ र आफ्ना मानिसहरूसँग मिलेर आफ्नो सहस्राब्दी राज्य स्थापना गर्नुहुनेछ (२ थिस्सलोनिकी १:७-१०; प्रकाश १९:११-१६) ।
येशूले संसारमा फर्केर के गर्नुहुन्छ?
सहस्राब्दी महाकष्ट पछिको एक हजार वर्षको अवधि हो जब ख्रीष्टले पृथ्वीमा आफ्नो राज्यमा शासन गर्नुहुन्छ (प्रकाश २०:१-६) ।
सहस्राब्दी पछि के हुनेछ?
सहस्राब्दीको अन्त्यमा ख्रीष्टले आफ्ना सबै शत्रुहरूलाई हराउनुहुनेछ र न्याय गर्नुहुनेछ र नयाँ पृथ्वी र नयाँ यरूशलेम स्थापना गर्नुहुनेछ (प्रकाश २०:७-१५; २१:१-४) ।
मृत्युमा मानिसहरूलाई के हुन्छ?
शरीर माटोमा फर्कन्छ, र आत्मा कि त स्वर्गमा वा नरकमा जान्छ (उत्पत्ति ३:१९; भजन ९:१७; लूका १६:२२-२३; रोमी ६:२३) ।
न्यायको दिनमा दुष्टहरूलाई के हुनेछ?
दुष्टहरूलाई आगोको कुण्डमा फालिनेछ (प्रकाश २०:११-१५) ।
आगोको कुण्ड के हो?
आगोको कुण्ड अनन्त आगो र कहिल्यै अन्त्य नहुने पीडाको ठाउँ हो (मत्ती २५:४१; मर्कूस ९:४३; लूका १६:१९-२६; प्रकाश २०:१०, १३-१५) ।
धर्मीहरू मर्दा तिनीहरूलाई के हुन्छ?
धर्मीहरू मर्दा तिनीहरू स्वर्ग जान्छन् (मत्ती ५:११-१२; २५:४६; यूहन्ना १०:२८) ।
स्वर्ग के हो?
स्वर्ग एक महिमामय र सुखद ठाउँ हो जहाँ उद्धार पाएकाहरू आफ्ना शरीरको पुनरुत्थानको प्रतीक्षा गर्दै प्रभुसँग बस्छन् (लूका २३:४३; २ कोरिन्थी ५:८; फिलिप्पी १:२३) ।
धर्मीहरूको अनन्त वासस्थान कुन हो?
प्रभुसँगको हाम्रो अनन्त वासस्थान नयाँ पृथ्वी र नयाँ यरूशलेम हुनेछ (यूहन्ना १४:३; प्रकाश २१:१-३) ।
परमेश्वरका आज्ञाहरू
परमेश्वरले कतिवटा आज्ञाहरू दिनुभएको छ?
परमेश्वरका आज्ञाहरू धेरै छन् तर मुख्य रूपमा सिनै पर्वतमा उहाँले दशवटा आज्ञाहरू दिनुभयो (प्रस्थान २०:१-१७) ।
यि आज्ञाहरूलाई कसरी चिनिन्छ?
यि आज्ञाहरूलाई 'डेकालोग' (Decalogue) अर्थात दश आज्ञा भनिन्छ, जसको अर्थ "दश शब्दहरू" हो ।
पहिलो चार आज्ञाहरूले के सिकाउँछन्?
पहिलो चार आज्ञाहरूले परमेश्वरप्रतिको हाम्रो कर्तव्य सिकाउँछन् (प्रस्थान २०:१-११; मत्ती २२:३७-३८) ।
सबै मानिसहरूका लागि व्यवस्थाको उपयोगिता के हो?
व्यवस्थाले हामीलाई सिकाउँछ कि परमेश्वर पवित्र हुनुहुन्छ, सबै मानिसहरू उहाँको पवित्रता अनुसार बाँच्नुपर्छ, र कोही पनि व्यवस्थालाई पूर्ण रूपमा पालन गर्न सक्षम छैनन् (रोमी ३:२०; गलाती ३:१९, २१-२२) ।
व्यवस्थाले हामीलाई धार्मिकताको बारेमा के सिकाउँछ?
यदि कसैलाई परमेश्वरको सामु धर्मी हुनु छ भने ख्रीष्ट र उहाँको सिद्ध आज्ञाकारिता आवश्यक छ भनेर व्यवस्थाले सिकाउँछ। (रोमी ३:२८; गलाती २:१६, २१) ।
ख्रीष्टियनहरूका लागि व्यवस्थाको उपयोगिता के हो?
ख्रीष्टियनहरूले पवित्र जीवनको परमेश्वरको स्तर बुझ्न व्यवस्थाको प्रयोग गर्नुपर्छ, जसको लागि उनीहरूले पवित्र आत्माद्वारा प्रयास गर्नुपर्छ (मत्ती ५:१७-४८; २२:३६-४०; गलाती ५:२२-२५) ।
दश आज्ञा मध्ये पहिलो आज्ञा के हो?
पहिलो आज्ञा "मबाहेक तेरा अरू कुनै देवता नहोऊन्" भन्ने हो (प्रस्थान २०:३) ।
पहिलो आज्ञाले हामीलाई के सिकाउँछ?
पहिलो आज्ञाले हामीलाई केवल परमेश्वरको मात्र आराधना गर्न सिकाउँछ (मत्ती ४:१०) ।
अन्तिम छवटा आज्ञाहरूले के सिकाउँछन्?
अन्तिम छवटा आज्ञाहरूले हाम्रा सँगी मानिसहरूप्रतिको हाम्रो कर्तव्य सिकाउँछन् (प्रस्थान २०:१२-१७; मत्ती २२:३९) ।
परमेश्वरले हामीलाई सबैभन्दा पहिले कुन आज्ञाहरू पालन गर्न भन्नुभएको छ?
परमेश्वरले हामीलाई दुईवटा ठूला आज्ञाहरू पालन गर्न भन्नुभएको छ (मत्ती २२:३७-४०) ।
पहिलो ठूलो आज्ञा के हो?
पहिलो ठूलो आज्ञाले भन्छ, "तपाईंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा समझले प्रेम गर्नुहोस्" (मत्ती २२:३७) ।
दोस्रो ठूलो आज्ञा के हो?
दोस्रो ठूलो आज्ञाले भन्छ, "तपाईंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुहोस्" (मत्ती २२:३९) ।
तपाईंको छिमेकी को हो?
सबै मानिसहरू हाम्रा छिमेकी हुन् (लूका १०:२५-३७; गलाती ६:१०) ।
स्वर्गदूत र शैतान
के परमेश्वरले आदमलाई बनाउनु अघि अरू कसैलाई बनाउनुभएको थियो?
परमेश्वरले आदमलाई बनाउनु अघि स्वर्गदूतहरू बनाउनुभयो (अय्यूब ३८:४-७)
के सबै स्वर्गदूतहरू असल छन्?
केही स्वर्गदूतहरू पवित्र छन्, तर केही परमेश्वरको विरूद्धमा रहेका पनि छन् (मत्ती २५:३१; प्रकाश १२:९) ।
असल स्वर्गदूतहरूले के गर्छन्?
असल स्वर्गदूतहरूले परमेश्वरको सेवा गर्छन् (हिब्रू १:१४) ।
शैतान को हो?
शैतान एक दुष्ट आत्मा हो जो परमेश्वर र सबै ख्रीष्टियनहरूको शत्रु हो (यूहन्ना ८:४४; १ पत्रुस ५:८) ।
के शैतान कहिल्यै असल थियो?
शैतान कुनै समय परमेश्वरको महान स्वर्गदूतहरू मध्ये एक थियो (इजकिएल २८:१२-१४) ।
आज शैतान किन परमेश्वरको सेवामा छैन?
शैतान घमण्डी भयो, पाप गर्यो, र परमेश्वरको विरुद्धमा लड्ने प्रयास गर्यो, त्यसैले परमेश्वरले उसलाई स्वर्गबाट बाहिर निकाल्नुभयो (इजकिएल २८:१५-१६; प्रकाश १२:३-४, ७-९) ।
के शैतान परमेश्वर जस्तै बलियो छ?
परमेश्वर बलियो हुनुहुन्छ। उहाँको बराबरी कोही छैन। (१ यूहन्ना ३:८; ४:४) ।
शैतानले मानिसमा के गर्न चाहन्छ?
शैतान सधैं मानिसहरूले परमेश्वरको आज्ञा उल्लंघन गरेको चाहन्छ (१ इतिहास २१:१; एफिसी ६:११-१२, १६) ।
मानिसमा शैतानले कुन प्रकारले काम गर्छ?
शैतानले हामीलाई परमेश्वरको वचनमा शङ्का गर्न लगाउँछ, हामीलाई पाप गर्न लोभ्याउँछ, र जीवन नष्ट गर्दछ (उत्पत्ति ३:१, ४; मत्ती ४:३, ९; यूहन्ना १०:१०) ।