तिन प्रश्नहरु - A Story || Nepali Christian Devotion

तिन प्रश्नहरू


एक जना सम्राटलाई तिन वटा प्रश्नहरूले धेरै सताउन थालेछ । पहिलो, सबै भन्दा महत्वपूर्ण समय कुन हो? दोस्रो, सबै भन्दा महत्वपुर्ण व्यक्ति को हो? र तेस्रो, सबै भन्दा महत्वपूर्ण काम के हो? यि कुरा जाने पछि उनलाई जीवनमा कहिल्यै गल्ति हुँदैन भन्ने विश्वास थियो ।

सम्राटका सल्लाहकारहरूले ति प्रश्नहरूको विभिन्न उत्तरहरू दिएछन् । पहिलो प्रश्न महत्वपूर्ण समय बारे कतिले सम्राटलाई समय तालिका बनाएर सोहि अनुसार चल्न सुझाव दिएछन्, अरूले, कतिले असल र खराब समय हुन सक्ने भएकोले चनाखो भइ निर्णय लिनु पर्ने सुझाव दिएछन् भने अन्यले सम्राट आफैले सबै कुरा हेर्न सम्भव नभएको ले असल सल्लाहकारहरू राख्न सुझाएछन्।

दोस्रो प्रश्न महत्वपुर्ण व्यक्ति वारे पनि त्यस्तै फरक फरक उत्तरहरू प्राप्त भएछ । कतिले राज्यलाइ चलाउन सहि कर्मचारी भर्ना गर्नु पर्ने सुझाएछन्, अरूले धार्मिक अगुवालाई अघि सारे मात्र सहि हुने कुरा गरेछन् भने अन्यले देशमा सैनिकहरू महत्वपूर्ण भएको जनाएछन् । तेस्रो प्रश्न महत्वपूर्ण काम वारे पनि त्यसरी नै कतिले विज्ञान, कतिले धार्मिक काम कतिले सैनिक अभ्यासलाई अघि सारेछन् ।

तर सम्राट ति उत्तरबाट सन्तुष्ट हुन नसकेर एक जना बृद्ध ज्ञानिकहाँ सो बारे सोध्ने निश्चय गरेछन् । तर ति ज्ञानि पुरषले धनि, ठुलाबडालाइ कहिल्यै मन नपराउने भएकाले सम्राटले एक किसानको भेष गरेर ति ज्ञानि व्यक्ति वस्ने डाँडा तिर उकालो लागेछन्। लामै उकालो उक्ले पछि उनले ज्ञानि वस्ने ठाउँमा पुगेछन् । सम्राट त्यहाँ पुग्दा ति बृद्ध वारि खनि रहेका थिए । सम्राटले आफू आउनुको उद्देश्य सुनाएर ति तिन प्रश्न दोहोर्याएछन् । तर ति ज्ञानि व्यक्ति केहि नबोलि बारि खन्ने काममा नै लागेछन् । सम्राटलाइ बृद्धले बारि खनेको मन नपरेर, म सघाइ दिन्छु तपाइले चाहिँ मेरो प्रश्नको उत्तर दिनुहोस् भनेर बारि खन्न लागेछन् । ति बृद्धले फेरी केहि पनि बोलेनछन् ।

बारि खनेर सक्ने बेला सम्म कुनै उत्तर नपाए पछि फेरी एक पटक सोध्नु पर्यो नभए फर्किनु पर्ला भन्ने सोधेर यसो बृद्ध तिर फर्कदै थिए तत्कालै एक जना घाइते मानिस दगुर्दै उनीहरूको सामुन्ने आएर लड्यो । सम्राट र ति बृद्ध मिलेर त्यस घाइतेको उपचारमा लागेछन् । भोलि बिहान मात्र उक्त घाइते मानिसको होस् खुल्यो । होस् खुल्ने बित्तिकै उक्त मानिसले सम्राटको पाउमा परेर क्षमा माग्न लाग्यो ।

त्यस घाइले ले आफु सम्राटको दुश्मन भएको र हिजो सम्राटलाइ मार्न भनि बाटोमा कुरेको तर सम्राटका अंग रक्षकहरू जो त्यस डाँडाको फेदिमा थिए उनिहरूले आफुलाइ हमला गर्दा भाग्ने क्रममा यहाँ आइ पुगेको कुरा सुनायो । सम्राटले उसले आफुलाइ किन मार्न खोजेको हो भनि सोधेछन् । उक्त घाइतेले भनेछः सम्राटले गरेको अन्यायपुर्व व्यवहारले आफनो सम्पत्ति गुमाएको र त्यसै रिसमा उनलाइ मार्न निस्केको बताएछ । ति ज्ञानि बृद्धको अघि सम्राटले त्यसलाइ क्षमा दिएछन् र आफ्ना सिपाहिहरूलाइ बोलाएर त्यस घाइतेलाइ उपचार गराउनु भनि जिम्मा दिएछन् ।

अब एक पटक योगिलाइ भेटेर फर्किनु पर्ला भनेर ति ज्ञानि योगिको सामु गएछन् । सम्राटलाइ देख्ने बित्तिकै ति योगिले सम्राटले ति प्रश्नको उत्तर पाइसकेको बताएछन । सम्राटले केहि नबुझि अल्मलिएको देखेर योगिले भन्दै गएः

हिजो आफुआउँदाको समय सबै भन्दा सहि समय थियो किन भने मलाइ बारि खन्न कसैको सहायता चाहिएको थियो । हिजो सम्राटको लागि म सबै भन्दा महत्व पूर्ण व्यक्ति थिएँ भने बारि खन्नु सबै भन्दा महत्वपूर्ण काम । यहाँ बारि खनेर नअल्मलिएको भए त्यसले तपाइलाइ डाँडाबाट ओर्लने बेला हमला गर्न सक्थ्यो । बारि खनि सके पछि त्यस घाइते यहाँ आउनु पनि सहि समय थियो, त्यसको उपचार गर्नु सबै भन्दा महत्वपूर्ण काम र त्यो घाइते दुश्मन सबै भन्दा महत्वपुर्ण व्यक्ति । भोलि तपाइको निम्ति भोलिको समय नै सबै भन्दा महत्वपूर्ण हुन्छ भने त्यो समयमा अरू नै कोहि व्यक्ति र काम महत्वपूर्ण होला ।  ति ज्ञानिले भनेछन् अहिलेको यो समय सबै भन्दा महत्व पूर्ण समय हो, आफ्नो सामु भएको व्यक्ति अहिलेको लागि सबै भन्दा महत्वपूर्ण व्यक्ति हो, त्यस व्यक्तिलाइ खुशि पार्नु अहिलेको लागि सबै भन्दा महत्वपूर्ण काम । भोलिको समयमा महत्वपूर्ण व्यक्ति र काम पनि फेरिन सक्छ ।

हाम्रो लागि आज अहिलेको समय सबै भन्दा महत्वपूर्ण समय हो भने आजको समयमा हाम्रो सामु परमेश्वरले पठाउनुभएको व्यक्ति लाइ सेवा गर्नु सबै भन्दा महत्वपुर्ण काम हुन्छ । अहिलेको आफ्नो अघि को काम र मानिसलाइ छाडेर अन्य महत्वपुर्ण मानिस र काम तरखरमा नजाउँ ।

मत्ती 6: 33-34 

तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌। यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

Leo Tolstoy को Three Questions भन्ने कथामा आधारित