हिलो बाटो



 हिलो बाटो

एउटा ठाउँमा तेन्जीङ र छिरिङ नाउँ भएका दुईजना लामाहरू रहेछन् । उनीहरूले लामा भएकोले स्त्रीहरूलाई छुनु वा नजिक जानु उनीहरूको नियम तथा अनुशासन विरुद्ध थियो । तेन्जीङ र छिरिङ पनि यस्तै धेरै अनुशासन पालना गर्ने कसम खाएर लामा बनेका थिए ।

एक झरीको दिन तेन्जीङ र छिरिङ गाउँको बाटो हिँडिरहेका थिए । झरिको कारण बाटो साह्रै हिलो थियो । उनीहरू जाँदै गर्दा बाटोमा एक स्त्रीलाई भेटेछन् । उक्त स्त्री हेर्नमा धेरै अकर्षक थिइ, राम्रो रेसमको फरिया लागाएकि, ।

रेसमको फरियाको कारण मैलिन्छ कि भनेर हिलो तर्न डराएर अल्मलिरहेकि थिई ।

तेन्जीङले यो देखेर ति स्त्रीलाई म तिमीलाई पारि सम्म तारिदिन्छु भनेर उनलाई बेकेर पार गरिदिएछ ।

छिरिङले यो सबै देखे पनि केहि पनि नबोलि सँगै आफ्नो गुम्बा तिर लागेछन् ।

गुम्बामा पुगेर खान पिन गरिसकेपछि छिरिङले तेन्जीङ लाई भनेछ, तैंले किन त्यसो गरेको?

तेन्जीङले केही नबुझे जसरी के मैले के गरेँ र? भनेर सोधेछ ।

छिरिङले भनेछन्, हामी लामाले स्त्रीलाई छुन हुन्न भन्ने जान्दा जान्दै तैंले किन बोकेको अघि?

तेन्जीङले छिरिङलाइ जबाफ दिएछ, मैले त त्यहिँ खोला पारि त्यस स्त्रीलाई छाडेर आएँ तैंले चाहिँ आफ्नो मन-दिमागमा यहाँ सम्म बोकेर ल्याएको ।

कति गल्ती सोचाइमा भर पर्छ । हामी विचार गरौं कि हामी कत्ति आफ्नो सोचाइ मा सफा छौं ।

मत्ती 5:27-28  

“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्‍यभिचार नगर्‌।’  तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ। 

Read More