नयाँ करारको ऐतिहासिक पृष्ठभुमी - History Behind the New Testament Bible || Nepali Christian magazine

नयाँ करार अध्ययन गर्नु अघि जान्नै पर्ने इतिहासका तथ्यहरू - History Behind the New Testament Bible



नयाँ करार

- ऐतिहाँसिक घटनाहरू, बिशेष गरी सुसमाचारका (येशूको जीवन, मृत्यु, पुनर्रूत्थान, स्वर्ग् प्रस्थान र पवित्र आत्माको अगुवाइमा मण्डली वृद्धिका) घटना, समेटिएको संग्रह हो। 
-नयाँ करारले पुरानो करारमा प्रतिज्ञा गरिएका कुराहरू पुरा हुन आएको यथार्थलाई पनि देखाउँछ। 
-सांसारिक इतिहासका घटना सँग मिल्न गए पनि परमेश्वरले राज्यका घटनाहरूलाइ मध्य नजर गरिएर लेखिएको पुस्तक हो।

नयाँ करारलाई नयाँ भन्नुको कारण

-पुरानो करारले परमेश्वरले मानिसहरूसँग उहाँले मोशा द्वारा दिनुभएको आज्ञाको आधारमा गर्नु भएको सम्बन्धको बारेमा देखाउँछ भने नयाँ करारमा परमेश्वरले मानिसहरू सँगको सम्बन्ध गाँस्न नयाँ आधार व्यवस्थापन गर्नु भएको छ जुन प्रभु येशूमा बाँधिने नया करार हो जसलाई यर्मिया 31.31,33मा अपेक्षा गरिएको थियो । 
परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्,   जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु।’ 33परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु,  तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌। 

नयाँ करारको  घटनाको पृष्ठ भूमिहरू 

-गलाती 4.4-5 तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो। 5व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौं।
परमेश्वरले धेरै प्रकारले येशूको आगमनको तयारी गर्नु भएको थियो 

यहूदीहरूको राज्य

-पुरानो करारको घटनाहरू नयाँ करारको विशेष गरी प्रभु येशू ख्रीष्टको आगमनको लागी परमेश्वरले तयार गर्नु भएको हो । 
- यहूदीहरूलाई परमेश्वरले धेरै मानिसहरूलाई आशिसको माध्यम बनाउन छान्नु भयो । 
उत्पत्ती 12.2-3 “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष्‌ दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्‌को मूल हुनेछस्‌। 3तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।”
- यहूदीहरूलाई परमेश्वरले वचन दिएर परमेश्वरको इच्छा केहो त्यो पुर्व जानकारी गराउनुभयो । 
रोमी 3.2 “2हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो।”
- यहूदीहरूलाई परमेश्वरले प्रभु येशूलाइ यस संसारमा ल्याउने माध्यम बनाउनुभयो ।
रोमी 9.4 तिनिहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्यवस्थाको प्रदान, मन्दिरको आराधना र प्रतिज्ञाहरू तिनिहरूका आफ्नै हुन्‌। 5पूर्वजहरू तिनिहरूका नै हुन्, र ख्रीष्ट पनि शरीरअनुसार तिनिहरूकै वंशका हुनुहुन्छ, सर्वोच्च परमेश्वर, जसको युगानुयुग स्तुति होस्‌। आमेन।

ग्रिकहरूको भाषा

- येशूको जन्म हुनुभन्दा 300 वर्ष भन्दा पहिले नै एलेक्जेन्डर द ग्रेटले प्राचीन संसारलाई जितेर ग्रिकको संस्कृति र भाषा विश्वव्यापि बनाएका थिए । येशूको पालामा ग्रिक भाषा धेरैको बोलिचालिको र पढाइलेखाइको भाषा थियो । यहि भाषामा नै पुरा नयाँ करारका पुस्तकहरू लेखिएका थिए । र सुसमाचार येरूसलेम बाट रोम सम्म फैलन सहायता गर्यो ।  र प्रभुको महान् आज्ञा पुरा गर्न सम्भव बनायो ।
मत्ती 28.19“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, 
प्रेरित 1.8 तर पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ,  र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्‍वीको अन्‍तिम छेउसम्‍म मेरा साक्षी हुनेछौ।


रोमीहरूको साम्राज्य

- येशूको जन्म हुने बेला यहुदिया, लगाएत धेरै भुभागमा रोमीहरूको साम्राज्य थियो । रोमी राज्य कानुन र सुसासनको लागि चिनिएको थियो । रोमीहरूले आफ्नो साम्राज्यको प्रत्येक सहरहरू पुग्न सक्ने गरि बाटोहरू बनाएका थिए ।  143 इ.पु. मा स्थापित यहुदिहरूको स्वचन्त्र राज्यलाइ पनि रोमिले उपनिवेश बनाए। यहुदीहरूको मशिह को प्रतिक्षालाइ अझ गाडा बनायो । 
मर्कुस 1.15उहाँले भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्‍य नजिक आइपुगेको छ। पश्‍चात्ताप गर, र सुसमाचारमा विश्‍वास गर।”