पेन्सिल र इरेजर

 


पेन्सिल र इरेजर

एक दिन एउटा पेन्सिल र एउटा इरेजर एकै पटक किनिएछन्, र एउटै पेन्सिल केसमा राखिए छन् । दुवै जनाको चिनजान भयो र मित्रता बढ्न लाग्यो । एक दिन पेन्सिल पेन्सिल केसबाट झिकियो र पेपर माथि कोरिन लाग्यो । पेन्सिलले राम्रो चित्र बनाउँन लाग्यो । तत्कालै  पेन्सिलले कोरेको चित्रमा अलिकति गल्ति हुन आयो । अनि इरेजर उठाइयो र त्यस गल्ती भएको ठाउँमा लगेर रगडियो । त्यस पेन्सिको गलत कोराइ मेटियो । फेरी पेन्सिलले सहि तरिकाले चित्र बनाउन लाग्यो । यसरी नै लामो समय त्यस चित्र पुरा नहुन्जेल दुवै प्रयोग हुँदै, एउटा कोरिँदै अर्कोले गल्ती मेट्दै गए । अन्तमा एउटा सुन्दर फुलको चित्र तयार भयो । र उनी दुवै पेन्सिल केसमा राखिए ।

पेन्सिल केस भित्र पेन्सिल एकदम उदास देखियो र इरेजरले के भयो भनेर उसलाई सोध्यो ।

पेन्सिलले भन्यो, आज म एक दम दुखी छु,

इरेजरले सोध्यो, किन दुखी छौ तिमी, आज हामी द्वारा कस्तो राम्रो चित्र तयार भयो ?

पेन्सिलले भन्यो, मित्र मलाइ माफ गर, मैले कति धेरै गल्ती गरेँ, त्यसैले तिमी रगडिनु पर्यो । अनि तिमी रगडिँदा रगडिँदै सानो हुँदै छौ यो सब मेरै कारण हो ।

इरेजरले भन्यो, दुखी नहोउ मित्र, तिमी पनि एक दिन लेख्दा लेख्दै सकिन्छौ नि त, म त यसैमा खुशी छु कि मैले मेरो सबै भन्दा नजिकको मित्रको गल्तीलाई सुधार्ने मौका पाएको छु । हामीले यसरी कोरिएको र रगडिएको कारणले नै त त्यति राम्रो चित्र तयार भयो । हामी कोरिएनौं र रगडिएनौं भने त काम नलाग्ने हुन्छौं, र डसबिनमा फालिन्छौं ।

पेन्सिललाई इरेजरको कुरा सहि लाग्यो र खुशी भयो उ, कोरिन छाडेन, र इरेजर रगडिन छाडेन, दुवै मिलेर उनीहरूको जीवनकाल भरि धेरै सुन्दर चित्रहरू तयार भए ।

हाम्रो जीवन पनि पेन्सिल वा इरेजर जस्तै हो, कोही कोरिनको लागि कोहि रगडिनको लागि बनाइएका हौं । हाम्रो जीवनको सहि उपयोग गरौं, गल्ती गर्ने होसियार होऊँ तर गल्ती हुन्छ कि भनेर केहि गर्न देखी नडराउ । हामी डरले केही पनि गरेनौं भने, जीवनमा केही पनि सम्पन्न हुँदैन । गल्ती भैहाल्यो भने मेटाउँदै अघि बढौं ।

१ पत्रुस 4:10-11

जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।  यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌।

Read More