गीत पछाडीको मार्मिक कथा। " येशू कस्तो प्यारो मित्र " Story behind a Song- What a friend we have in Jesus

मार्मिक कथा। " येशू कस्तो प्यारो मित्र "



जोसेफ स्क्रिभन यस्तो व्यक्ति थिए जो जस्ले आफूलाई ज्याला तिर्न सक्दैन उसैकहाँ खेताला जान्थे र काम गरिदिन्थे । प्लाईमाउथ र्चच, क्यानाडाका सवै मानिसहरूले उनलाई उनको त्यस्तै गरिब दुःखी प्रतिको समर्पणताको लागि चिन्दथे ।

जोसेफ स्क्रिभन आइरल्याण्डको एक उच्च घरानामा सन् 1819 सेप्टेम्बर 10 मा जन्मेका थिए । उनको परिवारीक आर्थिक अवस्था बलियो भएको कारण राम्रो शिक्षा दिक्षा पाएका थिए । डब्लिनको ट्रिनिटी कलेजबाट उच्चशिक्षा हासिल गरेका थिए । समग्रमा उनको भविष्य उज्वल देखिएको थियो । उनि एक यूवतिसँग प्रेममा परे र उनिहरूले छिट्टै विवाह गरेर जीवन संगै बाँच्ने निर्णय गरिसकेका थिए । तर परमेश्वरको योजना अर्कै रहेछ । विवाहको अघिल्ला दिन उनकी प्रेमीका घोडाबाट खोलामा खसिन र जोसेफको आँखै अगाडी सदाका लागी संसारबाट विदा लिइन ।

जोसेफ विछोडका पिडाबाट मुक्तहुन विभिन्न ठाँउहरुमा यात्रा गर्न थाले । यात्रा कै क्रममा उनि पोर्ट होप , क्यानाडा पुगे जति बेला उनी 25 वर्षका मात्र थिए । उनि त्यहि बच्चाहरूलाई पढाउन थाले । त्यस्तै क्रममा उनको जीवनमा प्रेमले फेरी प्रवेश गऱ्यो । एलिसा सँग उनि प्रेम मा गासिए । तर उनको जीवनको यो दोस्रो प्रेम कथा पनि ह्याप्पी एण्डीङ्ग हुन पाएन र एलिसाको पनि न्यूमोनियको कारण उनिहरूको विवाह हुनु भन्दा अघि मृत्यु भयो । 

जोसेफ स्क्रिभनले त्यस पछी त्यहीका गरिबहरलाई विना ज्याला काममा सघाउन थाले । एकदिन जोसेफ विरामी परेको बेला उनको एक मित्रले उनको हेरचाह गर्ने क्रमम उनको सिरानी बाट कविता फेलापारे । मित्रले सोद्धा जोसेफले भनेका थिए कि यो कविता उनले प्रभुले सँगै लेखेका हुन । उनले आइरल्याण्डमा भएकी आमालाई सान्त्वना दिन लेखेका थिए । 

अगष्ट 10, 1886 मा जोसेफको मृत शरिर पानिमा तैरि रहेको भेटियो । उनको सम्झनामा दुइवटा प्रतिमा बनाइएको छ जहाँ उनले लेखेका कविताका केहि हरफहरु कुँदिएका छन । उनै जोसेफ स्क्रिभनले लेखेको कविता लाई संगीतकार चार्ल्स कन्भर्सले संगित भरे अनि आज सम्म हाम्रो मण्डलीहरूमा गुञ्जन्छ ।


 येशू कस्तो प्यारो मित्र पापको भार उठाउनुभो’

    दुःख-सुख ईश्वरकहाँ ल्याउनु हामीलाई वरदान कत्रो ?

       कति शान्ति-सुख गुमाउँछौ, कति दुःख छ व्यर्थैमा ?

          कारण ईश्वरकहाँ हामी सब ल्याउँदैनौँ प्रार्थनामा ।


साँच्चैनै येशू उनको प्यारो मित्र भएकैले जीवनका सबै दुःख संग जुध्ने साहस उनले प्राप्त गरेका थिए ।