कसरी भयो 12 चेलाहरको मृत्यु (Death of 12 Disciples)


 कसरी भयो 12 चेलाहरको मृत्यु (Death of 12 Disciples)

येशू ख्रीष्ट आफै क्रसमा टाँगिनु भयो तर उहाँका चेलाहरू जो उहाँको मृत्यु र पुनरुत्थान दुवै को गवाहि थिए उनिहरूको जीवनको अन्त्य कस्तो रह्यो होला । प्रेरितको पुस्तकले सबै प्रेरितहरुको कामलाई बयान गरेको छैन । कतिपय प्रेरितका कामहरूको बारेमा बाइबल बाहेकका इतिहासको पुस्तकहरु तथा परमपरागत भनाइहरूबाट जान्न सक्छौं । उनीहरू धेरै टाढा सम्म पुगेर सुसमाचार प्रचार गरे र विभिन्न चुनौतिहरू को सामना गरे । येशूका चेला मध्य यहुदाले आत्म हत्या गरेको थाहा हुन्छ भने याकुबलाई फासि दिइएको घटना पनि नया करारमा उल्लेख छ (प्रेरित 12:2) I आउनुहोस यस लेखमा हामीले छोटकरीमा प्रेरीतहरुको मृत्यु कसरी भयो भन्ने चर्चा गर्ने छौं ।

1. याकूब - येशूले छान्नु भएका 12 चेला मध्ये मृत्यु दण्ड पाउने पहिलो चेला याकूब हुन । राजा हेरोदको पालामा इ.सं. 44 तिर उनलाई तरबारले मारिएको थियो  ।
2. यहुदा  इस्कारियोत - याकूब बाहेक बाईबलमा मृत्युको उल्लेख भएको व्यक्ति यहुदा हुन् तर उनी सुसमाचारको लागि सहिद नभई आफैले आत्महत्या गरेको थिए ।
3. अन्द्रियास - इ.सं. 60 तिर आन्द्रियासलाई ग्रिकको पत्रास टापुमा क्रुसमा झुण्ड्‌याइएर मारियो भन्ने परमपरागत भनाइ छ । उनलाई T आकारको क्रुसमा नभई X आकारको क्रुसमा झुण्ड्‌याइयो भनेर मानिन्छ त्यसैले X आकारको क्रुसलाई आन्द्रियास को क्रुस भनेर चिनिन्छ ।
4. यहुदा - यहुदा सिमोन संगै सिरियामा मारिए भन्ने भनाई छ । उनले भुतको पुजा गर्ने मन्दिरमा भुत आफै निस्केर आफ्नो मन्दिर भत्काउन आज्ञा दिएका थिए । उनलाई बञ्चरोले हानेर मारिएको थियो भन्ने विश्वास गरिन्छ ।
5. पत्रुस र पावल दुवै जना इ.सं. 66 तिर रोममा सम्राट नेरोको पालाको सतावटको समयमा मृत्यु दण्ड प्राप्त गरे । पावलको घाँटि छिनाइएको थियो । पत्रुसले आफूले प्रभु येशूको जस्तै मृत्यु भोग्न अयोग्य भएकोले खुट्टामाथी  र टाउको तल पारेर कुसमा झुण्ड्याइन अनुरोध गरे र उनको मृत्यू त्यस्तै प्रकारले भयो।
6. थोमस - थोमस सिरिया तिर सवैभन्दा सक्रिय रहेको पाइन्छ । परमपरागत भनाइ अनुसार थोमस दक्षिण भारत सम्म सुसमाचार सुनाउँदै पुगेका थिए र अहिले सम्म रहेको मार्थोमा चर्चलाई स्थापना गरे । मार्थोमा चर्चको भनाइ अनुसार चारवटा सिपाइहरुले भाला रोपेर उनको हत्या भएको थियो ।
7. मत्ति - कर उठाउने मत्तीले सुसमाचार सुनाउन पर्सिया (फारस ) देश तिर पुगेका थिए भने अन्त्यमा उनी इथियोपिया सम्म पुगे । कति भनाई अनुसार उनलाई चक्कुले हानेर मृत्यु दण्ड दिइयो ।
8. बाथोलोमो - बार्थोलोमो थोमको साथमा भारत सम्म पुगेको परमपरागत विश्वास छ र उनी फर्केर अरमेनिया र इथियोपिया गए । पछि दक्षिण अरबमा उनलाई मृत्यु दण्ड दिइयो ।
9. याकुव - बाइबलमा धेरै याकुवको चर्चा भएको पाइन्छ त्यसैले कुन याकुबकहाँ भन्ने अलमल परिन्छ तर इतिहासकार जोसेफस को भनाइमा याकुब सिरियामा प्रचार गर्न गएका थिए जहाँ उनलाई ढुङ्गाले हानेर मारियो ।
10. सिमोन - सिमोन फारसमा सुसमाचार सुनाउन गएका थिए जहा सुर्य देवतालाई वलिचढाउन इन्कार गरेको कारण उनलाई मृत्यु दण्ड दिइयो ।
11. मथियास - यहुदाको सट्टा चेलाहरूले छानेका प्रेरित मथियस सिरियामा सुसमाचार प्रचार गर्न गएका  थिए जहाँ उनलाई जिउँदै जलाएर मारियो ।
12. फिलिप - फिलिपको मृत्युको बारेमा धेरै प्रकारका भनाइहरु भेटिन्छन कतिले उनलाई ढुङ्गाले हानियो भन्छन् भने कतिले क्रुसमा टाँगियो भन्दछन्। धेरै पुरानो भनाइ अनुसार ग्रिकको हिरायोलिस शहरमा मारियो भनिन्छ ।
13. युहन्ना - येशूका चेला मध्य मृत्यु दण्ड नपाई आफ्नै कालमा मरेको चेला युहन्ना मात्र हुन । उनलाई पन पातमोस टापुमा देश निकाला गरेर पठाइएको थियो । कति . भनाई अनुसार उनलाई रोममा तातो तेलमा हाल्दा पनि कुनै हानि नभई निस्किए भन्ने गरीन्छ । उनैले नया करारको अन्तिम  प्रकाशको पुस्तक लेखेका थिए ।