मानिसका आँखा - परमेश्वरको सष्टिको विशिष्टता

 मानिसका आँखा - परमेश्वरको सष्टिको विशिष्टता


मत्ती 6:22‭-‬23 मा लेखेको छ “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुनेछ। तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!
आँखा शरिरको महत्वपूर्ण अंग हो । यसलाई परमेश्वरले अभुत पूर्व रतिकाले बनाएर हाम्रो शरिरमा राख्नु भएको छ। हेरौं यो परमेश्वरको सृष्टिको अद्भुतता :

1. हाम्रो आँखा 24.2mm x 23.7 mm साइजको हुन्छ भनें यसको तौल 7.5 gm हुन्छ ।
2. मानिसको आँखा जीवन भरीनै एउटै साइजमा रहन्छ भने नाक र कान भने कहिल्यै पनि वढ्न रोकिंदैन ।
3. मानिसको आंखाले लगभग 1 करोड थरीका रङ्गहरू चिन्न सक्छ । यदि मानिसको आँखा डिजिटल क्यामरा हुन्थ्यो भने यो 576 मेगा पिक्सेल को हुन्थ्यो ।
4. एउटा मानिसले औसत रूपमा 1 वर्षमा 4,200,000 पटक आँखा झिम्काउछँ । एक सेकेण्डमा ५ पटक सम्म आँखा झिम्काउन सकिन्छ ।
5. मानिसको आँखा २० लाख पार्टसहरुले बनेको हुन्छ ।
6. एउटा आँखमा १० करोड २० लाख सम्वेदन सिल कोष हरु हुन्छन ।
7. हाम्रो आँखामा शरिरमै सवैभन्दा छिटो चल्ने मसल हुन्छ । हाम्रो आँखा मा कुनै खतरा उत्पन्न भयो भने यसको सुरक्षा गर्न आखा आफै बन्दहुन्छ ।
8. हाम्रो ज्ञानको 80% विषय हामीले आँखा द्वारा प्राप्त गरेका हुन्छौं ।


हाम्रो आँखाबारे यि सातवटा तथ्यले नै हामी अद्भुत रितिले बनाइएको हौं भन्ने प्रमाण दिन्छ ।
त्यसैले दाउदले परमेशवरलाई यसरी महिमा दिदछन् ।
भजनसंग्रह 139:14‭-‬16
म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु। जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

आँखा बारे बाइबल के भन्छ ?

आँखा परमेश्वरका पनि छन्
भजनसंग्रह 34:15 परमप्रभुको नजर (अंग्रेजीमा Eyes लेखेको छ) धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ।

र परमेश्वरले आफना आँखा धर्मि माथि नै राख्नुहुन्छ तर अधर्मिलाई त देख्नै चाहनुहुन्न
१ पत्रुस 3:12 किनकि परमेश्‍वरको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्‍छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ।”

अनि परमेश्वरका आँखा र दृष्टि सहि छन् र हाम्रो आँखाको दवाई नै उहाँका वचन हुन।
भजनसंग्रह 19:8 परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने।

आँखै नभएकालाई पनि देख्न सक्ने परमेश्वरले बनाउनुहुन्छ
भजनसंग्रह 146:8 परमप्रभुले अन्‍धाहरूका आँखा खोलिदिनुहुन्‍छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्‍छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्‍छ।

हाम्रो आँखा परमेश्वरलाई खोज्न बनाइएका हुन्
भजनसंग्रह 121:1‭-‬2 पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ? स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।

हाम्रो आँखाले आफैलाई धेरै हेर्ने गऱ्यौं भनें ठुलो गल्ती हुन सक्छ
हितोपदेश 3:7 आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।

हामीले हाम्रो आँखा त देखिने कुरामा होइन देख्न नसकिने कुरामा लगाउनु पर्दो रहेछ ।
२ कोरिन्थी 4:18 हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

वास्तबमा हामीले हेर्नु पर्ने त येशूलाई रहेछ
हिब्रू 12:2 हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।