सवै भन्दा ठुलो मण्डली भवनहरु - Largest Churches of the World

 सवै भन्दा ठुलो मण्डली भवनहरु


प्रभु येशू यस संसारमा हुँदा उहाँको शिर ढाक्ने ठाउ समेत थिएन । पछि येशू पिताकहाँ स्वर्ग तर्फ जानु भएपछि उहाँका चेलाहरू विभिन्न व्यक्तिका घरहरुमा भेला भएर संगती गर्ने गर्थे । समय संगै विश्वासीहरुको वृद्धि भए पछि मण्डली भवनहरू बनाउन सुरु भयो । जसरी सुसमाचार फैलिएर संसार भरि पुग्यो गयो मण्डली भवनहरू पनि संसार भरि देखिन थाले । यहाँ संसारका सवै भन्दा ठुला मण्डली भवन हरुलाई चिनाउने प्रयास गरिएको छ । वास्तवमा परमेश्वरको सामु भवन नै आत्मिकाको सुचक नभए पनि प्रभुको आराधना गर्न बनाइएका यि ठूला स्थानहरूले हामीले परमेश्वरको वचनको सर्वव्यापकता को गवाहि देख्दछौं ।


1. सेन्ट पिटर्स बासिलिया - भ्याटिकन सिटि - रोमन क्याथोलिक

भित्री क्षेत्रफलको हिसाबले सवै भन्दा ठूलो चर्च भवन हो। यसको भित्री छेत्रफल 15160 वर्ग मिटर छ भने यसमा एकै पटक 60000 जना अटाउँदछन् । यस भवनको निमार्ण सन् 1506 - 1606 मा बनाइएको थियो ।


2. बासिलिया अफ आवर लेडि आप्रेसिडा - आप्रेसिडा ब्राजील - क्याथोलिक

यूरोप बहिर को सवै भन्दा ठूलो चर्च ब्राजिल मा छ। यसको भित्री क्षेत्रफल 12000 वर्ग मिटर छ भने। यस भवन भित्र एकै पटक 45000 जनाले आराधना गर्न सक्छन । यो भवन 1955-80 सम्म २५ वर्ष लगाएर निमार्ण भएको हो ।


3. मिलान क्याथेड्रल - मिलान, इटाली - रोमन क्याथोलिक

इटालीमा भएको यस चर्च को क्षेत्रफल 11,700 वर्ग मिटर छ भने एकै पटक 40000 जना भेला हुन सक्छन । यो भवन 1386 - 1965 सम्म विभिन्न चरण मा बनाइएको थियो । यो यूरोपको भ्याटिकन बाहिरको सवैभन्दा ठूलो चर्च भवन हो।


4. सेभिलि क्याथेड्रल - सेभिलि स्पेन - रोमन क्याथोलिक

11520 वर्ग मिटरमा क्षेत्रफल भएको यो चेच स्पेनको दक्षिणी शहर सेभिलिमा पर्दछ । सन 1182 मा इस्लाम मस्दिजको लागि बनाइएको यस भवन 1248- मा इसाईकरण गरिएको थियो। यस भवन परिसरमा पहिलो पटक अमेरिका पत्ता लगाउने व्यक्ति क्रिस्टोफर कोलम्बसको चिहान पनि छ ।


5. क्याथेड्ल अफ सेन्ट जन द डिभाइन - न्यूयोर्क, संयुक्त राज्य अमेरिका - रोमन क्याथोलिक

10,090 वर्ग मिटरमा फैलिएको यो चेर्च भवन संयुक्त राज्य अमेरीकामा भएको सबै भन्दा ठूलो हो । यसमा 8600 जनाको क्षमता छ । सन् 1911मा निमार्णको लागि निर्णय भएको यस भवन २ तिहाइ मात्र बनेकोअझै पनि निमार्णाधिन अवस्थामा रहेको छ । 1941 देखीनै यो प्रयोजनमा आइरहेको ६ छ भने विभिन्न चरणमा निमार्ण कार्य पनि भइरहेको छ ।

रोमन क्याथोलिक बाहेक का चेर्चहरू

6. लिभरपुल क्याथेड्रल - लिभरपुल, UK - एङ्गलिकन

यो रोमन क्याथोलिक बाहेकको सबै भन्दा ठूलो चर्च भवन संसार कै आठौं ठूलो हो। यसको क्षत्रफल 9687 वर्ग मिटर छ भने यसमा 3500 जनाले एकै पटक आराधना गर्न सक्छन् । यस भवनको निर्माण 1904 - 78 मा गरिएको हो।


7. अल्म मिन्स्टर - अल्म, जर्मनि - प्रोटेस्टान्ट

8260 वर्ग मिटरमा फैलिएको यस भवनमा 20000 जनाले संगती गर्न भ्याउँछन् । यो 16.5 मिटर उचाइ भएको संसारकै सबै भन्दा अग्लो चर्च भवन हो। यसको निर्माण 1377 देखी 1890 सम्ममा चरण बद्द रूपमा भएको थियो । सुरुमा क्याथोलिक चेर्चको रुपमा प्रयोग भएको यो भवन प्रोटेस्टान्ट रिफर्मेसन पछि 1530 मा प्रोटेस्टान्ट चर्च भवन बनाइएको हो।


8. क्याथेड्रल अफ न्याटिभिटि - कायरो, इजिप्ट - अर्थोडक्स

7500 वर्ग मिटरमा क्षेत्रफल भएको यस चर्च भवन मा 8200 जनाले संगती गर्न सक्छन् । यो पूर्विय देशहरू मध्येको सबै भन्दा ठूलो चर्च भवन हो। सन् 2016मा चर्च भवनमा अतंककारी हमलाले धेरै को ज्यान गएपछि इजिप्टको राष्ट्रपतिले यस भवन निर्माण गर्ने निर्णय गरेका थिए । यस भवन सन् 2017 - 2019 को विचमा निमार्ण गरिएको हो।


9. योइदो फुल गस्पल - सउल, द. कोरिया - प्रोटेष्टान्ट

7430 वर्ग मिटर भएको यस भवन एसियाको सवै भन्दा ठूलो चर्च भवन मानिन्छ । यस चर्च भित्र 12000 जनाले एकै पटक संगती गर्दछन् । यस भवनको निर्माण 1973 मा भएको थियो। यो चर्च संसारकै सवै भन्दा वढि सदस्य 480000 रहेको मानिन्छ ।



10. कलवरी टेम्पल - हैदराबाद, भारत - प्रोटेस्टान्ट

सन् 2012 मा निमार्ण गरिएको यस चर्च भवनमा 18000 सिटहरुछन् । यस भवनको क्षेत्रफल लगभग 7000 वर्ग मिटर छ । यो दक्षिण एसियाको ठुलो चर्च भवनको रुपमा जान्न सकिन्छ ।