बाइबलका Top 10 शब्दहरु: Top 10 Words of the Bible

 बाइबलका Top 10 शब्दहरु: Top 10 Words of the Bible


हामीहरुले बाइबललाई पुरानो तथा नया करार अनुसार छुट्याएर विभिन्न पुस्तकका नामहरू, अध्याय तथा पदका नम्बरहरुले छुट्याएर जान्ने तथा पढ्ने पढाउने अनि सुनाउने आदि गर्दछौं । तर बाइबलका यि सबै खण्डहरू वाक्य तथा शब्दले भरिएका छन् । बाइबल आफैमा एउटा वृहत पुस्तक हो। त्यसैले यहाँ धेरै विषयहरू समेटिएको छ । यि सवै विषयलाई एकै पटक हेर्न त सकिँदैन तर यहा सबै भन्दा बढि प्रयोग हुने शब्दहरु जानि राख्यौं भने बाइबलले वढि सरोकार गर्ने विषयहरु को बारेमा बुझ्न सक्छौं । तल बाइबलमा प्रयोग भएका Top 10 शब्दहरु हेर्ने छौं । तर यस लेखमा शब्दहरू उ, उनी यता उता जस्ता सामान्य शब्दहरूलाई नराखी विषयगत शब्दहरुलाई मात्र समेटिएको छ । यि शब्दहरूको गन्ति अंग्रेजी बाइबल NIV मा आधार गरेर तयार पारिएकोले अन्य संस्करण र उल्थाहरूमा सामान्य फरक हुन सक्ने सम्भावनालाई विचार गर्नुहोस। अंग्रेजी बाइबलको एउटै शब्द पनि विभिन्न अर्थ दिने हुँदा नेपाली बाइबलमा धेरै शब्दहरूमा उल्था भएको पाइन्छ । त्यसैले तलको लिस्टमा अंग्रेजी शब्द तथा नेपाली उल्थाहरू कोस्टमा दिइएको छ । तलको लिस्ट बाइबलमा भएका 725000 शब्दहरू विचको छनोट हो

पुरै बाइबलको टप टेन शब्दहरू


10 . Jesus (येशू) - 1273
9. Land (जमिन, देश आदि)- 1462
8. Men (मानिसहरु, जनता, भिड आदि) - 18,18
7. Israel (इस्राएल) - 1843
6. Man (मानिस) - 2083
5. People (मानिसहरू) - 2214
4. King (राजा) - 2310
3. Son (पुत्र, छोरा, वंस)- 2343
2. God ( परमेश्वर, इश्वर , देवता): 3977
1. LORD(परमप्रभु, प्रभु र मालिक) : 7759

पुरानो कारारमा टपटेन शब्दहरू


10. Made ( बनाउनु भयो , सृष्टि गर्नुभयो आदि) - 911
9. Man (मानिस) - 1450
8. Land ( जमिन, देश, भुमी आदि ) - 1422
7. Men ( मानिसहरू , जनता , आदि )
6. Israel. (इस्राएल)- 1774
5. People ( मानिसहरू , भिड, जाति आदि) - 1817
4. Son ( पुत्र , छोरा, वंस आदि) - 1921
3. King (राजा) - 2225
2. God (इश्वर, परमेश्वर , देवता आदि)- 2725
1. Lord ( प्रभु, परमप्रभु , मालिक आदि) -7142

नयाँ कारारका टपटेन शब्दहरू

10. Spirit -( आत्मा, परमेश्वाको आत्मा, पवित्र आत्मा आदि) - 338
9. Men (मानिसहरू) - 368
8. Father (पिता, बुवा आदि)- 391
7. People (मानिसहरू, जाती , भिड आदि)- 397
6. Son (पुत्र, छोरा )- 442
5. Christ ( ख्रिष्ट)- 530
4. Lord ( प्रभु)- 617
3. Man (मानिस)-665
2. God ( परमेश्वर, इश्वर )- 1252
1. Jesus (येशू)- 1273

सुसमाचारका पुस्तकहरू तथा प्रेरितको पुस्तक भित्रका टपटेन शब्दहरू

10. Replied ( जवाफ दिनु भयो , उत्तर दिनुभयो, आदि )- 176
9. Men (मानिसहरू ) - 228
8. Disciples (चेलाहरू ) - 266
7. People (मानिसहरू , भिडहरू )- 287
6. Lord (प्रभु ) -287
5. Father (पिता)- 298
4. Son (पुत्र)- 333
3. God (इश्वर)-455
2. Man (मानिस)- 486
1. Jesus (येशू)- 986


Lord, God जस्ता शब्दहरू नै सबै भन्दा बढि प्रयोग भएको पाइयो । त्यसैले यो तालिकाबाट थाहा हुन्छ कि बाइबलले सवैभन्दा बढी सरोकार राख्ने विषय परमप्रभु परमेश्वर नै हुनुहुन्छ परमेश्वर । नयाँ करारले हामीलाई येशू ख्रीष्टलाई केन्द्रमा राखेर सिकाएको छ ।

Man, Men, People जस्ता शब्हरूपनि हजारौं पटक बाइबलमा प्रयोग भएका छन् । त्यसै अनुरूप बाइबलले परमेश्वर पछि मानिसलाई मुख्य विषय बनाएको हामी पाउँछौं ।