नोह को जहाज का केहि रोचक तथ्यहरू facts about Noah's Ark

 नोह को जहाज का केहि रोचक तथ्यहरू



1. हजाज बनाउँदाको नाप हातले गरिएको थियो त्यसैले यो जहाज 300 हात लामो 50 हात चौडा र 30 हात अग्लो थियो। वर्तमान नापमा दाँज्दा 1.5 मिलिअन क्यूबिक फिट आकारको थियो। त्यस भित्र 20ft. को कार्गो कन्टेनर 1,300 वटा अटाउने साइजको थियो।



2. 4.6 मिलिअन क्यूबिक फिटको टाइटानिक जहाज नोअको जहाज भन्दा 3 गुणा ठूलो थियो। 

3. यो जहाज बनाउन गोपेर काठ प्रयोग गरिएको मानिन्छ । तर यो गोपेर काठ साँच्चै कस्तो थियो भनेर अहिले निश्चय रुपमा दावि गर्न सकिएको छैन । धेरैले यसलाई परमपरागत रूपमा जहाज बनाउ प्रयोग गरिने साइप्रसको काठ भनेर विश्वास गर्दछन्।

4. यो जहाज बनाउन 100 वर्ष भन्दा बढि लागेको थियो।

5. नोअले उक्त जहाजमा लगभग 16000 विभिन्न जनावरहरू राखेको अनुमान गरिन्छ। एक विज्ञको अनुसार नोअको जहाजमा २१ लाख भेडाहरू अटाउन सक्थे ।

6. नोअको जहाजमा तिन तलाहरू थिए तर यसमा जहाजलाई दिशा दिने कुनै पनि ह्याण्डल लगाइएको थिएन । परमेश्वरले नै यसलाई नियन्त्रण गर्नु भएको थियो।

7. यो पानि जहाज पानि मथि तैरनको निम्ती बनाइएको हो तर कुनै एक ठाउँ बाट अर्को तिर यात्रा गर्न बनाइएको होइन।

8. नोअ र उसको परिवार वर्ष 10 दिन उक्त जहाज भित्र रोकिएका थिए।

9. यस घटना पछि परमेश्वरले मासु खान अनुमति दिनु भयो।

10. आकाशमा देखिने इन्द्रेणी परमेश्वरले नोअसंग बाध्नु भएको करारको चिन्ह हो। 

11. आजको वर्तमान समयलाई बाइबलको समयमा अनुमान लगाउने हो भने यो 4300 वर्ष अगाडि को घटना हो ।

12. नोअको जहाज रोकिएको ठाउँलाई टर्किको आरारात पर्वत भनेर मान्दछन । विश्व प्रख्यात अन्वेसक मार्को पोलोले अमिनियाको पहाडमाथि एक भएङकर पानि जहाज स्वरूपको संरचना फेला पारेको दावि गरेका थिए। त्यस्तै यस पानि जहाजको खोज धेरै विज्ञहरुले इरान तथा टर्किका विभिन्न पहाड हरुमा जरि राखेको पाइन्छ।