भजनसंग्रह 23:4 - Inspiration || Devotion in Nepali


मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।

भजनसंग्रह 23:4 

संसार अप्रत्यासित भएकोले जीवनका धेरै कुराहरु थाहा छैन। भविस्यमा के हुन्छ ? जीवनमा सफल भइन्छ या भइदैन? आदि को प्रस्ट चित्र हाम्रो सामु छैन त्यसैले  भविष्यको डर पनि हामीलाई हुन्छ? जीवनमा कस्तो समस्याहरू आइ पर्ने हो; अनि ति परिक्षाहरूमा सफल भइन्छ या भइदैन भन्ने पनि थाहा छैन। एक प्रकारले भन्ने हो भने हाम्रो जीवन भविस्यको अन्धकार घाटीमा भएर गइ रहेको हुन्छ। तर मानिसलाई जस्तो सुकै डरलाग्दो अवस्थामा भए पनि भर पर्दो साथि छ भने हामीलाई साहास हुन्छ र हामी निरन्तर अघि बढ्न सक्छौं। जीवनको अन्धकार घाटी पारगर्न परमेश्वर भन्दा योग्य अर्को सहयात्री हुनै सक्दैन किन भने परमेश्वरले हामीलाई अति नै प्रेम गर्नुहुन्छ; संधै हाम्रो साथ हुनुहुन्छ, हाम्रो सबै दुःख समस्या र चुनौतिहरुलाई बुझ्नु हुन्छ । त्यति मात्र नभई कुनै समस्या आइपरेको अवस्थामा सवै भन्दा उत्कृष्ट रूपले सामाधान गर्न सक्ने पनि उहाँ नै हुनुहुन्छ। सबै भन्दा असल कुरा यो हो कि यति असल मित्रले हामीलाई कहिल्यै एक्लै छाड्नु हुँदैन । हामी पनि परमेश्वरलाई आफ्नो जीवनको सहयात्री बनाऔं र सबै अन्धकारका घाटीहरूमा ढुक्कले पारगर्न सक्ने बनौं । उहाँसग लौरो छ  जसले हामीलाई सुरक्षा पनि दिन्छ भने अन्धकार को यात्रामा सहि बाटो पनि डोर्‍याउँछ । परमेश्वरलाई साथै लिऔं र जीवनमा ढुक्क साथ अघि बढौं ।