अन्धो स्त्री को प्रेम A Selfish Love - Story || प्रेरणामय लघुकथा

 अन्धो स्त्री को प्रेम



एक जना आँखा नदेख्ने युवतीले आफु अन्धोभएको कारण आफ्नो जीवनको सबैकुरा घृणा गर्थिन्। उनलाई एक मात्र संसारमा मनपर्ने मानिस उनको बोइ फ्रेन्ड थियो। उनि अन्धि हुँदा पनि उनलाई अति प्रेम गर्ने अनि हर समय उनलाई साथ दिन्थे। उनको प्रेमीले कुनै कुराको वास्ता नगरि उनिसँग विवाह गरेर जीवन विताउन चाहन्थे। तर युवती आफैले आफू अन्धो भएकोले विवाह गरेर आफ्नो बोइफ्रेन्ड सँग बिबाह गर्न हिचकिचाए कि थिइन र विवाहको प्रस्तावलाई टालेकि थिइन्। उनको प्रेमिले विवाह गरौं भन्दा आफु देख्न सक्ने भएको भए विवाह गर्ने थिए भन्थिन् । 

एक दिन उनलाई एक जनाले नेत्रदान गरेर र उनले पनि आँखा देख्ने मौका पाइन् । यस समाचारले युवती र उनको प्रेमी दुवै अति खुसि भए। आँखा राखि सकेर अस्पतालबाट आँखाको पट्टि खोल्दा युवतिले आफ्नो प्रेमीलाई पहिलो पटक देख्न पाउने हुँदा उत्साहित थिइन। जब उनको आँखा खुल्यो उनलाई फूलको माला लिएर स्वागत गर्ने उनको प्रेमी पनि अन्धो भेट्दा उनि झसंग भइन आफुले देख्न सक्ने तर आफ्नो प्रेमी आँखा नदेख्ने हुँदा उनले विवाह नगर्ने निर्णय गरिन् र आफुलाइ आजसम्म साथ दिने प्रेमी बाथ अलग हुने निर्णय गरिन्। 

उक्त प्रेमी साह्रै निरास भएर उनलाइ अन्तिम सन्देश पठाएर युवतीको जीवनबाट सँधै टाढा जाने निर्णय गरेछ। उसको सन्देश थियो कि: मेरा आँखा को राम्रो ख्याल राख्नु। 

यस कथाले हामी धेरै मानिसले वास्तविक प्रेम लाई चिन्न नसकेर गर्ने गल्ती लायक देखाएको छ। हामीलाइ थाहा होस् र सम्झना होस् कि हामी अयोग्य हुँदा नै हामिलाइ आफ्नो बनाउन आफ्नो एकमात्र पुत्र दिइ परमेश्वरले हामीलाई प्रेम गर्नु भएको हो। हामी उक्त युवती जस्तै स्वार्थी भएर परमेश्वरबाट टाढा नजाउँ।

रोमी 5:6‭-‬8 

किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो। धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला। तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।