चेला शब्दको बाइबलिय अर्थ || Meaning of Disciple

चेला  को अर्थ के हो?


मत्ती 28:19-20

यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,  20मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

प्रेरित 11:26

 जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्‍टिओखियामा ल्‍याए। तब पूरा एक वर्षसम्‍मै मण्‍डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्‍टिओखियामा नै ख्रीष्‍टियान भनिए

चेला शिष्य (Greek: μαθητής - mathetes) भन्ने शब्द manthano भन्ने यूनानी/ ग्रीक शब्दबाट आएको हो, जसको अर्थ हो "जान्ने प्रयास गर्नु" वा "सिक्न चाहनु।" यसै शब्दबाट अंग्रेजी शब्द "mathematics" (गणित) पनि बनेको हो।

चेला भन्नाले कुनै व्यक्तिले अरू व्यक्तिबाट सिक्ने कार्यलाई जनाउँछ—चाहे त्यो औपचारिक रूपमा होस् वा अनौपचारिक रूपमा। चेलापन/ शिष्यत्व (discipleship) भन्नाले प्रश्न सोधेर र ध्यानपूर्वक अवलोकन गरेर जानाजानी सिक्न खोज्छ यस्तो प्रक्रियालाइ जनाउँछ । (जस्तै: बाइबल अध्ययन गर्दा अनुसन्धानद्वारा सिक्ने शैली—inductive Bible study)

यस कारण, चेला/ शिष्य को अर्थ केवल सामान्य विद्यार्थी होइन। चेला/शिष्य भन्नाले त्यस्तो व्यक्तिलाई जनाउँछ जसले कुनै गुरुलाई अनुसरण गर्छ र उसकै शिक्षा अनुसार चल्न चाहन्छ।

यद्यपि, "चेला" भन्ने शब्दले आफैंमा आत्मिक (spiritual) अर्थ राख्दैन। बाइबलमा यो शब्द येशूका साँचो विश्वासी लगायत, सतही ( बाह्य रूपमा मात्र पछ्याउने) अनुयायीहरूका लागि पनि प्रयोग गरिएको छ।

John MacArthu ले "mathetes" शब्द manthano बाट आएको हो र यसले "साँचो चेला/ शिष्य" बन्नका लागि जानाजानी सिक्ने, प्रश्न गर्ने, र ध्यान दिएर अवलोकन गर्ने मनोभाव हुनुपर्छ भनेर भन्दछन्।

TDNT dictionary अनुसार चेला/शिष्य (Greek: μαθητής - mathetes) भन्ने शब्द प्रेरितको  पुस्तकमा धेरै  प्रयोग गरिएको छ, र यसले ख्रीष्टमा विश्वास गर्ने व्यक्तिहरूलाई जनाउँछ। विशेषगरी, प्रेरित को पुस्तकमा जहाँ जहाँ यो शब्द प्रयोग भएको छ, त्यहाँ यसले येशू ख्रीष्टमाथि विश्वास राख्नेहरूलाई जनाइरहेको छ। यस अर्थमा यो शब्दको प्रयोग यूहन्ना को सुसमाचार (John's Gospel) मा प्रयोग भएको जस्तै देखिन्छ—चेला/शिष्य भनेको ख्रीष्टमा विश्वास गर्ने ख्रीष्टियन नै हो।

NIDNTT अनुसार, कुनै व्यक्तिलाई शिष्य (mathetes) भनिन्छ जब उसले अरू कसैलाई आफूले व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्त गर्नको लागि आफैँलाई समर्पित गर्छ। यस्तो शिष्य कोही सिप सिक्ने व्यक्ति (apprentice), कुनै डाक्टरको विद्यार्थी, वा दर्शनशास्त्रको स्कूलमा अध्ययन गर्ने व्यक्ति पनि हुन सक्छ।

चेला/शिष्य सधैं गुरु (didaskalos) को संगतमा रहन्छ, जसबाट उसले ज्ञान सिक्छ। प्राचीन ग्रीक समाजमा चेला/ शिष्यहरूले गुरुलाई शिक्षाको लागि शुल्क पनि तिर्नुपर्थ्यो।

यद्यपि, जब शिष्य भन्ने शब्दलाई आध्यात्मिक सम्बन्ध मा प्रयोग गरिन्छ—जस्तै, कुनै मृत विचारकको शिक्षालाई आत्मिक रूपमा मान्ने—त्यस अवस्थामा शुल्कको कुरा लागू हुँदैन। उदाहरणका लागि, सोक्रेटिस (Socrates) ले कहिल्यै आफूलाई गुरु मानेनन् र कहिल्यै कसैलाई आफ्ना शिष्य मानेनन्।

तर बाइबलमा, यो चेला शब्द पूर्ण समर्पणसहितको अनुयायिता जनाउन प्रयोग गरिएको छ।

सामान्य यूनानी भाषामा "शिष्य" भन्नाले कुनै सिक्दै गरेको विद्यार्थी वा सिकारू लाई जनाउँछ, तर बाइबलमा (विशेषगरी यूहन्ना 8:31; 13:35; 15:8) मा यो शब्द ख्रीष्टमा विश्वास गर्ने ख्रीष्टियन विश्ईवासी अर्थात ख्रिष्टको अनुयायीहरुलाइ जनाउन प्रयोग गरिएको छ।

त्यसैले, बाइबलको सन्दर्भमा शिष्य भन्नाले येशूमा विश्वास गर्न र उहाँको पछि लाग्ने मानिसलाई जनाउँछ।

Read More