२ इतिहास 7:14
'यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।'
कलस्सी 1:16
'किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।'
लूका 10:27
'तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।” '
हितोपदेश 11:30-31
'धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो। यदि धर्मीहरूले पृथ्वीमा आफ्नो प्रतिफल पाउँछन् भने, ईश्वरहीन र पापीहरूले झन् कति बढ़ी पाउलान्?'
'मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ।'
किनभने राज्य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ।'
परमेश्वर जाति-जातिहरूमाथि राज्य गर्नुहुन्छ, परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। '
'अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्। तर तिमीहरू एकै मन र एकै विचारका होओ। '
'8अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। '
यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ। '
'1शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ। 2तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। '
'19परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर गर्नुभएको छ, र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। 20हे उहाँका स्वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर। '
'6कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, 7र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। '
'हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ। '
'1सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन्, 2राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं। 3हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। 4सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। 5किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू। 6उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो। '