ढुङ्गालाई हटाउनुहोस्
यूहन्ना ११ मा, मरियम र मार्थाले येशूकहाँ आफ्नो भाइ लाजरस अत्यन्तै बिरामी भएको खबर पठाए। उनीहरूले आशा गरे कि येशू तुरुन्तै आएर लाजरसलाई निको पार्नुहुनेछ। तर दिनहरू बित्दै गए र लाजरसको मृत्यु भयो। जब येशू त्यहाँ पुग्नुभयो, मार्था अत्यन्तै दुखी थिइन्। उनले भनिन्, “येशू, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” मार्था नाराज र तितो मनले त्यो ठाउँबाट टाढा जान सक्थिन्, जसले त्यो कथा अन्त्य गर्न सक्थ्यो। तर उनले थपिन्, “मलाई थाहा छ, अहिले पनि तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ, उहाँले तपाईंलाई दिनुहुनेछ।” उनले भन्न खोजिरहेकी थिइन्, “यो असम्भव देखिन्छ, तर मलाई थाहा छ, अन्तिम निर्णय तपाईंको हातमा छ।” तर पनि येशूले गर्नुहुने कामको पुंण अन्दाज गर्न सकेकि थिइनन्। उनले परमेश्वरको यस शक्तिको आत्मिक पक्षमात्र देखेकि थिइन्।
उनीहरू चिहानसम्म पुगे—त्यो ठाउँ जहाँ मार्थाले विश्वास गर्न छोडेकी थिइन्—र त्यहाँको ढुङ्गालाई हटाए, अनि येशूले उनीहरूलाई पुनः जीवित गराउनुभयो।
शायद तपाईंले पनि कुनै प्रतिज्ञा, सपना वा सम्बन्धमा आशा हराएको बेला एउटा ‘ढुङ्गा’ राख्नुभएको छ। जहाँ तपाईंले माया गर्नुभएको थियो, त्यहीँबाट फेरि विश्वास गर्न सुरु गर्नुहोस्। आफ्नो उत्साहलाई पुनः जागरूक बनाउनुहोस्। त्यो कुरा मृत जस्तै देखिन सक्छ, तर त्यो अन्तिम शब्द होइन। अन्तिम निर्णय परमेश्वरको हातमा छ—मुक्ति, पूर्णता, प्रचुरता र विजय उहाँकै हातमा छ।
यूहन्ना 11:21-23तब मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।तर अब पनि म जान्दछु, तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ, परमेश्वरले तपाईंलाई दिनुहुनेछ।”येशूले तिनलाई भन्नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”