बाइबलको ऐतिहासिक समयरेखा
१. सृष्टिदेखि इस्राएलका पुर्खाहरू पूर्वको कालखण्ड
यो काल मानव इतिहासभन्दा अघिको विषय हो। बाइबलीय वंशावली र समय गणनाका आधारमा यो अनुमानित समय हो।
लगभग ई.पू. ४००४
सृष्टि: सृष्टि र आदमको उत्पत्ति: सर्वशक्तिमान परमेश्वरले आफ्नो अनन्त वचनद्वारा ६ दिनमा आकाश, पृथ्वी र यसमा भएका सम्पूर्ण प्राणीहरूको सृष्टि गर्नुभयो; अनि आफ्नै स्वरूपमा आदम र हव्वालाई सृष्टि गर्नुभयो (उत्पत्ति १–२)।
लगभग ई.पू. ४०००
मानव जातिको पतन (The Fall): सर्पको प्रलोभनमा परी आदम र हव्वाद्वारा परमेश्वरको आज्ञाको उल्लङ्घन भयो। यसैद्वारा संसारमा पाप प्रवेश गर्यो र सम्पूर्ण मानव जातिमाथि आध्यात्मिक तथा शारीरिक मृत्युको दण्ड आयो (उत्पत्ति ३)। तर यसैबिच परमेश्वरले स्त्रीको सन्तानबाट उद्धारकर्ता आउने पहिलो सुसमाचार (Protevangelium) प्रतिज्ञा गर्नुभयो (उत्पत्ति ३:१५)।
लगभग ई.पू. ३८७४शेतको जन्म र परमेश्वरप्रतिको पुकार: आदम र हव्वाका कान्छो पुत्र शेतको जन्म भयो। शेतको वंशबाट नै प्रतिज्ञा गरिएको उद्धारकर्ताको वंशावली अघि बढ्यो (उत्पत्ति ४:२५–५:३)। यस कालखण्डमा मानिसहरूले परमेश्वरको नाम पुकार्न सुरु गरे।
लगभग ई.पू. २३४८
जलप्रलय (The Great Flood): मानिसहरूको दुष्टता पराकाष्ठामा पुगेपछि परमेश्वरले जलप्रलयद्वारा संसारको न्याय गर्नुभयो। तर अनुग्रह पाएका धर्मी नोआ र उनको परिवारलाई मात्र जहाज (Ark) मार्फत सुरक्षित राखियो, जसले ख्रीष्टमा पाइने मुक्तिको छायाचित्र प्रस्तुत गर्दछ (उत्पत्ति ६–९)।
लगभग ई.पू. २२४२
बेबिलोनको धरहरा र भाषाहरूको खलबली: मानिसहरूले आफ्नो घमण्ड र नाम कमाउन धरहरा बनाउन खोज्दा परमेश्वरले तिनीहरूको भाषामा खलबली ल्याई सारा पृथ्वीमा तितरबितर पार्नुभयो (उत्पत्ति ११:१–९)।
२. इस्राएली पूर्खाहरूको युग (लगभग ई.पू. २१६६–१८००)
ई.पू. २१६६ अब्रामको बोलावट: ऊर देशमा रहेका अब्रामलाई परमेश्वरले आफ्नो देश र परिवार छोडी आफूले देखाउने देश (कनान) मा जान बोलावट दिनुभयो (उत्पत्ति ११:२७, १२:१)। यहिँबाट परमेश्वर र इस्राएलबीचको अनन्य करारको सूत्रपात हुन्छ।
ई.पू. २०९१ अब्राहमीय करार (The Abrahamic Covenant): परमेश्वरले अब्राहमलाई ठूलो जाति बनाउने, उनको नाउँ महान पार्ने र पृथ्वीका सबै जातिहरूले उनैमार्फत आशिष् पाउने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति १२:१–३)।
ई.पू. २०६६ इसहाकको जन्म: प्रतिज्ञाका पुत्र इसहाकको जन्म भयो, जसले परमेश्वर आफ्नो करारमा सधैं अटल हुनुहुन्छ भन्ने प्रमाण दियो (उत्पत्ति २१:१–७)।
ई.पू. २००६ याकूब र एसावको जन्म: प्रतिज्ञाको अधिकार जेਠो एसावबाट हटेर कान्छो याकूबमा सर्यो (उत्पत्ति २५:२१–२६)। पछि परमेश्वरले याकूबको नाम फेरेर "इस्राएल" राख्नुभयो, जसबाट इस्राएलका बाह्र कुलहरू उत्पन्न भए।
ई.पू. १८८५ यूसुफ मिश्रमा बेचिएका: ईश्वरीय सार्वभौम योजनाअनुसार दाजुहरूको ईर्ष्याका कारण मिश्रमा बेचिएका यूसुफ पछि गएर मिश्रका प्रधानमन्त्री बन्न पुगे (उत्पत्ति ३७)। यो घटना इस्राएलीहरूलाई भोकमरीबाट बचाउने र पछि गएर ठूलो राष्ट्र बन्न तयार पार्ने ईश्वरीय प्रबन्ध थियो।
ई.पू. १८७६ याकूबको परिवार मिश्रमा बसाइँ सरेको: गोशेनको भूमिमा इस्राएलीहरू सरे (उत्पत्ति ४६)। यसै बसाइँसराइले भविष्यको लामो गुलामी र त्यसपछिको महान छुटकाराको पृष्ठभूमि तयार गर्यो।
३. प्रस्थान, यात्रा तथा कनानमाथि विजय (लगभग ई.पू. १५२६–१४०६)
दासत्वबाट छुटकारा र परमेश्वरको व्यवस्था प्राप्तिको युग:
ई.पू. १५२६ मोशाको जन्म:
मिश्रमा इस्राएलीहरूमाथि अत्याचार बढ्दै जाँदा परमेश्वरले इस्राएललाई छुटकारा दिन मोशालाई खडा गर्नुभयो (प्रस्थान २:१–१०)। मोशा मुक्तिदाताको रूपमा उभिए जसले इस्राएलीहरूलाई व्यवस्थाको अधीनमा डोर्याए।
मिश्रमा इस्राएलीहरूमाथि अत्याचार बढ्दै जाँदा परमेश्वरले इस्राएललाई छुटकारा दिन मोशालाई खडा गर्नुभयो (प्रस्थान २:१–१०)। मोशा मुक्तिदाताको रूपमा उभिए जसले इस्राएलीहरूलाई व्यवस्थाको अधीनमा डोर्याए।
ई.पू. १४४६ मिश्रबाट प्रस्थान (The Exodus): परमेश्वरले १० वटा भयानक विपत्तिहरू पठाई फारोको घमण्ड चुर्ण पार्नुभयो र लाल समुद्रलाई दुई भागमा चिरी इस्राएलीहरूलाई दासत्वबाट आश्चर्यजनक रूपमा छुटकारा दिनुभयो (प्रस्थान १२:३१–५१)।
ई.पू. सीनै पर्वतमा व्यवस्था प्राप्ति: परमेश्वरले इस्राएलसँग करार बाँध्दै १० आज्ञाहरू र भेट हुने पाल (Tabernacle) को ढाँचा दिनुभयो, जसले उनीहरूको पवित्र जीवनको मापदण्ड तय गर्यो (प्रस्थान २०)।
ई.पू. १४०६कनान भूमिमा प्रवेश: मोशाको देहान्तपछि यहोशूको नेतृत्वमा जोर्डन नदी पार गरी इस्राएलीहरूले प्रतिज्ञाको देश कनान अधिकार गरे (यहोशू १, ३)।
४. न्यायकर्ताको शासन र संयुक्त इस्राएल राज्य (लगभग ई.पू. १३८०–९३१)
राजाबिनाको अराजकताको युगदेखि स्वर्णयुगसम्म:
ई.पू. १३८०–१०५०न्यायकर्ताहरूको काल: "जसको आफ्नै नजरमा जे ठीक लाग्थ्यो, उसैले त्यही गर्दथे" भन्ने अवस्थामा इस्राएलीहरू पापमा पतन हुँदा परमेश्वरले गिदोन, देवोरा र शिमशोनजस्ता न्यायकर्ताहरू उठाई उनीहरूलाई शत्रुबाट बचाउनुभयो (न्यायकर्ता ६, १३)।
ई.पू. ११०० रूथको विवरण: दाऊद र मसीह येशूको वंशावलीमा जोडिने मोआबी स्त्री रूथको निष्ठा र परमेश्वरको सार्वभौम अनुग्रह प्रकट भयो (रूथ १–४)।
ई.पू. १०५२ राजा साऊलको अभिषेक: इस्राएलका जनताको जिद्दीपछि पहिलो राजाको रूपमा साऊल नियुक्त भए (१ शमूएल ९–१०)।
ई.पू. १०११–९७१ राजा दाऊदको शासन: परमेश्वरको हृदय अनुसारका मानिस दाऊद राजा भए। उनले यरूशलेमलाई राजनीतिक र धार्मिक राजधानी बनाए (२ शमूएल ५) र मन्दिरको सम्पूर्ण तयारी गरे।
ई.पू. ९६६–९५९ - सुलेमानद्वारा पहिलो मन्दिर निर्माण: राजा सुलेमानले यरूशलेममा परमेश्वरको भव्य बासस्थान—मन्दिर (Temple) निर्माण गरी आराधना गरे (१ राजा ६–८)।
५. राज्यको विभाजन र येहुदीहरूको निर्वासन (ई.पू. ९३१–४३२)
आज्ञाकारिताको अभावमा आएको पतन र पुनर्स्थापना:
ई.पू.९३१ राज्यको विभाजन: राजनीतिक र धार्मिक विग्रहका कारण इस्राएल दुई भागमा विभाजित भयो: उत्तरतर्फ इस्राएल (१० कुल) र दक्षिणतर्फ यहूदा (२ कुल) (१ राजा १२)।
ई.पू.७२२ इस्राएलको पतन: लगातारको पापी जीवनशैलीका कारण उत्तरतर्फको राज्य इस्राएल अश्शूरी साम्राज्यद्वारा पूर्ण रूपमा ध्वस्त र पराजित भयो (२ राजा १७)।
ई.पू.५८६ यहूदाको पतन र यरूशलेमको विनाश: दक्षिणको राज्य यहूदा पनि नबूकदनेजारको नेतृत्वमा बेबिलोनीहरूद्वारा पराजित भयो। सुलेमानको मन्दिर भस्म गरियो र यहूदीहरू बेबिलोनमा लामो निर्वासन (Babylonian Exile) मा लगिए (२ राजा २५)।
ई.पू.५३८ यरूशलेम फिर्ती: फारसी राजा कोरेसको आज्ञा र परमेश्वरको प्रतिज्ञा अनुसार यहूदीहरू आफ्नै भूमिमा फर्केर मन्दिर पुनर्निर्माण गर्न थाले (एज्रा १)।
ई.पू ४४४ .पर्खाल पुनर्निर्माण: नहेम्याहको नेतृत्व र अजरियाको धार्मिक अगुवाइमा भग्नावशेष बनेको यरूशलेमको पर्खाल अत्यन्तै कम समयमा पुनर्निर्माण गरियो (नहेम्याह २–६)।
६. नयाँ करारको युग र मण्डलीको स्थापना (लगभग ई.पू. ५ देखि ई.सं. ९५)
संसारको मुक्तिदाताको आगमन र सुसमाचारको विस्तार:
ई.पू. ५ येशू ख्रीष्टको जन्म: नयाँ करारको युग र मण्डलीको स्थापना (लगभग ई.पू. ५ देखि ई.सं. ९५)
ई.पू. ५ येशू ख्रीष्टको जन्म: नयाँ करारको युग र मण्डलीको स्थापना (लगभग ई.पू. ५ देखि ई.सं. ९५)
ई.सं. ३० क्रूशको मृत्यु र पुनरुत्थान: मानव जातिको पापको मूल्य चुकाउनCalvary मा प्रभु येशू क्रूसमा बलिदान हुनुभयो, र मृत्युलाई पराजित गर्दै तेस्रो दिनमा जीवित भई पुनरुत्थान हुनुभयो (मत्ती २७–२८)।
ई.सं. ३०
पेन्तिकोसको दिन र मण्डलीको जन्म: तिज्ञा गरिएको पवित्र आत्माको अभिषेक शििस्यहरूमाथि खन्याइयो र पृथ्वीमा विश्वासीहरूको मण्डली (The Church) को औपचारिक स्थापना भयो (प्रेरित २)।
पेन्तिकोसको दिन र मण्डलीको जन्म: तिज्ञा गरिएको पवित्र आत्माको अभिषेक शििस्यहरूमाथि खन्याइयो र पृथ्वीमा विश्वासीहरूको मण्डली (The Church) को औपचारिक स्थापना भयो (प्रेरित २)।
ई.सं. ३४
साऊलको परिवर्तन (पावलको उदय): दमसकसको बाटोमा पुनरुत्थान हुनुभएका ख्रीष्टको दर्शन पाएपछि कट्टर यहूदी विरोधी सउल पावल प्रेरित बनेर गैर-यहूदीहरूका निम्ति सुसमाचारको मुख्य खम्बा बने (प्रेरित ९)।
साऊलको परिवर्तन (पावलको उदय): दमसकसको बाटोमा पुनरुत्थान हुनुभएका ख्रीष्टको दर्शन पाएपछि कट्टर यहूदी विरोधी सउल पावल प्रेरित बनेर गैर-यहूदीहरूका निम्ति सुसमाचारको मुख्य खम्बा बने (प्रेरित ९)।
ई.सं. ९५
प्रकाशको पुस्तक र बाइबलको पूर्णता: पात्मोस टापुमा निर्वासनमा रहेका वृद्ध प्रेरित यूहन्नाले अन्तिम युगात्मक दर्शन प्राप्त गरे, जससँगै सम्पूर्ण पवित्र बाइबलको ग्रन्थ पूर्ण भयो (प्रकाश १)।
प्रकाशको पुस्तक र बाइबलको पूर्णता: पात्मोस टापुमा निर्वासनमा रहेका वृद्ध प्रेरित यूहन्नाले अन्तिम युगात्मक दर्शन प्राप्त गरे, जससँगै सम्पूर्ण पवित्र बाइबलको ग्रन्थ पूर्ण भयो (प्रकाश १)।
