मल्‍कीसेदेक- को हुन् किन अब्राहमले एक कनानीलाई श्रद्धा गर्नु पर्‍यो?

 को हुन् मल्‍कीसेदेक जसलाई विश्वास का पिता अब्राहामले समेत दशांस चढाएका थिए ? किन अब्राहमले एक कनानीलाई श्रद्धा गर्नु पर्‍यो?



मल्‍कीसेदेक को नाउँ बाइबलमा कमै मात्र उल्लेख भएको पाइन्छ ।  उनको बारेमा धेरै कम उल्लेख भए पनि पुरानो करारको पुजाहारीगिरी लाई होस् या येशू ख्रिष्टलाई जान्न नै किन नहोस बाइबलमा उनको महत्व  धेरै ठूलो देखिन्छ । यस लेखमा छोटकरीमा मल्‍कीसेदेकको बारेमा जान्ने प्रयास गरिनेछ।


मल्खिजेदेक बारे केहि तथ्यहरू 

1. बाइबलका तिनवटा पुस्तकमा मात्र मल्‍कीसेदेकलाई उल्लेख गरेको पाउँछौं - उत्पत्ति, भजन संग्रह, हिब्रुको पुस्तक । पूरानो करारको पालाको व्यक्ति भएपनि उनको बारेमा पूरानो करारमा भन्दा नयाँ करारमा बढी उल्लेख गरेको पाइन्छ ।

2. मल्‍कीसेदेक अब्राहमको पालाका व्यक्ति हुन । तत्कालिन कनानमा पर्ने, पछि येरूशेम भनि चिचिने ठांउका राजा थिए। मल्खजेदेक राजा भइकन पनि सर्वोच्च परमेश्वरका पुजाहारी थिए । र उनले अब्राहामलाई सर्वोच्च परमेश्वरको नाउँमा अशिस दिए । अब्राहमले उनलाई औफू सँग भएका सबै थोकको दशांस दिएर श्रद्धा गरे ।  

उत्‍पत्ति 14:18‭-‬ 20 अनि शालेमका राजा मल्‍कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष्‌ मिलोस्‌। सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।

3. मल्कीसेदेक को अर्थ धार्मिकताको राजा हो । उनि अनन्तका पुजाहारीको स्वरूपमा चिनिन्छन् । उनको वंशावलि थिएन । एक अर्थमा परमेश्वरको पुत्रको प्रतिरूप थिए । उनी येहुदीहरुका पिता अबाहम तथा हारूनको वंशका पुजाहारीहरू भन्दा महान थिए।

हिब्रू 7:1‭-‬7 

यिनै मल्‍कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। राजाहरूलाई परास्‍त गरेर फर्कंदा यिनले अब्राहामलाई भेटे, र तिनलाई आशीर्वाद दिए। यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्‍यसपछि चाहिँ शालेमका राजा हुन्, अर्थात्‌ शान्‍तिका राजा। विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌। अब विचार गर त, यिनी कस्‍ता महान्‌ पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए? पूजाहारी पदमा नियुक्त भएका लेवी वंशका मानिसहरूले आफ्‍नै दाजुभाइहरूबाट दशांश लिने आज्ञा व्‍यवस्‍थाबमोजिम पाएका थिए, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्‍तान थिए। तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्‌। यसमा विवाद गर्ने केही कुरै छैन, कि सानाले ठूलाबाट आशीर्वाद पाउँछ।

4.  प्रभु येशू ख्रीष्ट उनै मल्‍कीसेदेकको पुजहारीगिरी पुरा गर्न आउनु भयो । 

भजनसंग्रह 110:4  परमप्रभुले शपथ खानुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”


हिब्रू 7:15‭-‬17 यदि मल्‍कीसेदेकजस्‍तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्‍ट हुन्‍छ, जो पुर्ख्‍यौलीसम्‍बन्‍धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्‌। किनकि उहाँको गवाही यो छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”

पूरानो करारमा मल्‍कीसेदेक को बारेमा धेरै जानकारी नभएपनि उनि यहुदी कुल भन्दा पनि बाहिरका धार्मिक राजा थिए र सर्वोच्च परमेश्वरको पुजाहारी थिए । यशैलाई पहिचान गरेर सारा यहुदीका पिता र हामी इसाईका विश्वासका पिता अब्राहमले उनलाई भेटि चढाए । नयाँ करार मा येशू ख्रीष्ट येहुदाको कुल बाट दाउदको वंश को  राजा हुनुहने वचन पुरागर्न आउनुहुँदा उहा राजा मात्र नभई अनन्तको पुजाहारी पनि हुनुहुने भएकोले । हिब्रुको पुस्तकले मल्कीसेदेकलाई चित्रण गरि प्रभुले पुरागर्नु भएको राजकिय पुजाहारी गिरीको व्याख्या गरेको पाइन्छ । येशू ख्रिष्टलाई मल्कीसेदेक संग जोडेर प्रभुयेशू राजाहरूको राजा र सवैको निम्ती परमेश्वरमा हाम्रो निम्ती जाहेर हुने पुजाहारी  हुनुहुन्छ भनि सिकाउँछ । जसरी अबाहमले मल्‍कीसेदेकलाई भेटि चढाएर श्रद्धा गरेका थिए हामी पनि प्रभु येशूलाई आदर र भक्ति दिन नचुकौं ।