"शान्तमय रात" (भजन ३१ ) गीत को लोकप्रियताको यात्रा

शान्तमय रात (ख्रिष्टिय भजन 31)-  विश्वभर अति लोक प्रिय क्रिस्मस गितको यात्रा

आज ख्रिष्टमसको समयमा विश्वभरि सबै भन्दा बढि गुञ्जने गितहरु मध्यको  हो "शान्तमय रात"। यस गीतलाई पहिलो पटक आज भन्दा २०० वर्ष अघि अस्ट्रियाको सल्जवर्ग नजिकैको गाउँको सानो चर्चमा गाइएको थियो। 1818 मा घुम्ने गाएन समूहले अष्ट्रियाको गाउँगाउँ पुगि गित गाउने गर्थे र त्यसै क्रममा ओवर्नडोर्फ गाउँमा उनीहरूलाई ख्रिष्टको जन्म दिनको बारेमा नाटक सहित प्रस्तुती दिनु पर्ने भयो। तर त्यसै बेला चर्चको ओर्गान बाजा विग्रेर प्रयोग गर्न नमिल्ने भयो र लाकारहरूले गीत विना ख्रिष्टिय नाटक मात्र प्रस्तुत गर्न सके। तर मण्डलीको सहायक पास्टर योसेफ मोहर लाई भनें ख्रिष्टमसमा कुनै नया गित गाउन अगुवाइ भयो। राति चर्चको काम सकेर घर जाने क्रममा उनले रातको शान्त आकाशलाई हेरे र उनलाई स्वर्गदुतहरुले ख्रिष्टको जन्मको सुसमाचार गोठालाहरूलाई दिएको याद भयो र उनले आफूले सोहि खण्डबाट प्रेरित भएर लेखेको कवितालाई नै गित बनाउने प्रेरणा आयो। उनले चर्चमा अर्गान बजाने संगितकार फ्रान्ज जेभर ग्रुबर कहाँ उक्त कविता  सुनाए तर चर्चको अर्गान नभएकोले  गितार को माध्यम बाटै त्यस कवितामा लय भरे। दुवै जनाले ख्रिष्टमस साँझको संगतिमा मण्डली सबैले उक्त गीत गाए ।

केहि हप्ता पछि प्रख्यात ओर्गान कालिगड कार्ल माउर्याचर उक्त चर्चमा ओर्गान बनाउन आए । ओगानको टेस्ट गर्ने क्रममा ग्रुबरले शान्तम रात गितको धुन बजाए । कार्ल माउर्याचर लाई सो धुन साह्रै मन पर्‍यो र त्यसको एक प्रति आफ्नो साथ लिएर गए । उनले आफ्नो ठाउँका प्रख्यात गाए समुह  रेइनर्स र स्ट्यार्ससलाई उक्त संगित दिए जसले यूरोप का विभिन्न ठाउँहरूमा सो भजनलाई गाएर प्रख्यात बनाए । स्ट्यासस ले यो गित प्रुसिया ( वर्तमान जमर्नि )को राजाको दरबारमा समेत गाए । राजा फेड्रीक विलियमले यसलाई यति मन पराए कि त्यस पच्छ्‌यात सवै दरबारमा हुने ख्रिष्टमस कार्यक्रममा यस भजन गाउन लगाए । विस र्वष पछि रेइनर्सले यस भजनलाई पहिलो पल्ट अमेरिकामा समेत गाए । तर उनीहरूले जर्मन भाषामा गाएका थिए।

यस गित तयार भएको 50 वर्ष पछि जेइन् क्याम्बेल वा जोन योङगले यसगितलाई अंग्रेजीमा उल्था गरे। पछि यसलाई भजन पुस्तकमा समावेश गरियो । आज यो भजन ३०० भन्दा बढि भाषाहरूमा उल्था गरिएको छ र संसार भरीका विश्वासीहरुले प्रभु येशू ख्रीष्टको आगमनलाई सम्झेर यस गीत गाउने गर्छन्। 

यो गीत संसार भरि फैलिने क्रममा धेरै लामो समय सम्म कसले लेखेको हो भन्ने थाहा थिएन । कतिले यस भजन मोजार्ट वा वेटोवेन जस्ता प्रख्यात संगितकारहरूद्वारा लेखियो भन्ने सोचेका थिए। तर 1994 मा मोहरले लेखेको यस गीतको प्रति फेला पर्यो जसमा संगितकार ग्रुवरको नाम समेत उल्लेख थियो । यसरी एउटा कार्यक्रमको लागि मात्रै भनेर बनाएको गीतलाई परमेश्वरले आफ्नो महिमाको लागि संसार भरि फैलाउनु भयो ।