नेपाली बाइबलको यात्रा: थाहा पाउनुहोस्, कसरी कहिले र को द्वारा तयार भयो? -Story of Nepali Bible:

 नेपाली बाइबलको यात्रा: Story of Nepali Bible



जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ (रोमी 10:17) I

संसार भरी पावलका यि शब्दहरू जीवन्त भएका छन् र आज नेपालमा पनि बाइबल सर्वत्र उपलब्ध छ । डिजिटल प्रविधिले ल्याएको विकासले यति सलिजो बनाइदिएको छ कि हाम्रो हाते फोनमा समेत सजिलै बाइबल प्राप्त भएको छ । अहिले आफुलाई मन परेको पदहरु फेसवुकमा सेअर गर्नु हामी नेपाली विश्वासीको आत्मिकि दिन चर्या भइसकेको छ । तर हामीले विर्सन नहुने कुरा यो छ कि जति सजिलै आज हामीलाई बाइबल उपलब्ध भएको छ यसलाई नेपालीमा अनुवाद गर्ने काम त्यति सजिलो भने थिएन। यस लेखमा छोटकरीमा नेपाली बाइबलको निर्माणको यात्रा चर्चा गर्ने छौं।

नेपाली बाइबलको यात्रालाई हेर्दा नेपाली भाषाको विकाश पनि याद गर्नु पर्ने हुन्छ । नेपाली भाषा पहिलो पटक प्रकाशित भएको नै सन 1820 मा जे. ए. ऐटोन को नेपाली व्याकारणको पुस्तक हो जुन मुख्यतया संस्कृत भाषामा आधार गरेर बनाइएको थियो । त्यसताका नेपाली भाषा बोलि चालिमा प्रयोग भएपनि नेपालमै लेखनका काममा संस्कृत नै बढि योग हुन्थ्यो । त्यसै बेला भारतको सेरामपुर कलेजमा भएका विलियम केरीका सहकर्मिले नेपाली भाषमा नयाँ करारको उल्था गर्न सुरु गरेका थिए । पाल्पा तिर बोलिने नेपाली भाषा अनुसार नयाँ करारको पुस्तक 1827 मा नै तयार भएको थियो । तत्कालिन नेपालको सरकारी वकिल भारत आएको बेला उहाँलाई त्यस पुस्तक देखाउँदा, वकिल ले त्यो पुस्तक नेपालको राजधानिमा बोलिने भाषामा तयार भएको पुस्टि गर्नु भएको कुरा सेररामपूर कलेजमा भएको दस्तावेजले देखाउँछ । तर त्यो पुस्तक नेपालमा या नेपाली विच वितरण भएको जानकारी छैन ।

जब विलियम केरीका सहपाठिले सेररामपुर कलेजमा कार्य गर्दै हुनुहुन्थ्यो, त्यसै बेला धेरै नेपालीहरु दाजिलिङगमा कामको लागि बसाई सर्ने गरे र कति नेपालीहरु विशेष गरी गंगा प्रसाद प्रधानले प्रभुलाई विश्वास गर्नु भयो । उहाँहरूद्वारा बाइबल नेपालीमा उल्था गर्ने काम अघि बढ्दै गयो। सन् 1852 मा रेभ. स्टार्टले लुकाको सुसमाचार र प्रेरितको पुस्तक प्रकाशित गर्नु भयो जुन 1861 मा पुन प्रकाशित गरियो। 1875 मा स्कटिस मिसनरी माक्फारलेनले गंगा प्रसाद प्रधानको साथमा नेपाली बाइबलको उल्था गर्ने काम द्रुत गतिमा अघि बढाउन लाग्नु भयो। । विभिन्न नया करारका पुस्तकहरु प्रकाशित हुँदै नेपालीहरूको विचमा वितरण हुन लाग्यो । उहाहरुले सुसमाचार प्रचारको साथै नेपालीहरूलाई शिक्षा दिने सेवामा पनि अघि वढि राख्नु भएको थियो । 1887 मा नेपाली व्याकारण , नेपाली अंग्रेजी शब्दकोश पनि प्रकाशन गर्नु भयो । पादरी गंगा प्रसाद प्रधानको कडा मेहनत पछि 1902 मा नयाँ करारको पुरा संस्करण प्रकाशित भयो र 1914 मा बाइबलका पुर्ण संस्करण तयार भयो । 4500 प्रति पुरानो करार को बाइबल प्रकाशित भएको हो।

यसरी नेपाली भाषमा बाइबल प्रकाशन भएर नेपाली विश्वासीहरू विच वितरण हुन सुरु भयो। नयाँ कारारलाई धेरै पटक प्रकाशित भए पनि लामो समय सम्म पुरानो करारको पुन प्रकाशन भएको थिएन। सुसमाचार नेपाल भित्रै प्रवेश गरे पछि मात्रै 1977 मा पुरानो करारलाई सुधार गरेर प्रकाशन मा ल्याइयो । भनिन्छ जव नेपालमा सुसमाचार भित्रीयो सुरुमा धेरै वर्ष सम्म नेपाल भित्र 10 वटा मात्र पुरानोकरार सहितको बाइबलहरु थिए। अहिले हामीले पढ्ने बाइबल धर्मशास्त्र नेपाल बाइबल सोसाइटीले संसोधन गरेर प्रकाशन मा ल्याएको हो । जुन कार्य 1988 मा सुरु भई 1996 मा पुरा भएको हो।

हामी नेपालले सुसमाचार प्राप्त गर्न थालेको मात्रै 70 वर्ष पुग्‍यो तर यहाँ सुसमाचार पुर्‍याउन तयारीको काम जुन बाइबल उल्था देखी सुरुभयो त्यसको इतिहाँस 150 वर्ष भन्दा पुरानो छ । परमेश्वरलाई धन्यवाद होस कि धेरै परमेश्वरको जनलाई प्रयोग गरेर उहाँको अमुल्य वचन हाम्रो हातमा ल्याउनु भएको छ।