मेरो ज्योती खोइ ? प्रभुसँगको वार्तालाप

मेरो ज्योती खोइ ?



एक दिन फेरि प्रीतिलाई प्रभुको सम्झना आयो, र उनले प्रभुसँग भलाकुसारी गर्ने विचार गरिन्।

तर सधैं प्रभुसँग भेट हुने स्थानमा आज उनले प्रभुलाई देखिनन्। उनलाई थाहा थियो—प्रभु सधैं त्यही हुनुहुन्थ्यो, र आज पनि त्यही हुनुहुन्छ। तर आज भने उनले प्रभुलाई देख्न सकिनन्।

प्रभु: मेरो बत्ती त बलिरहेकै छ, प्रीति।

प्रीति: हो र, प्रभु? मैले किन तपाईंलाई देख्न सकिनँ त?

प्रभु: पहिलो कुरा, तिमीले नै बत्ती छेकेकी छौ नि।

प्रीति: मैले कसरी छेकेँ र, प्रभु?

प्रभु: मुख्य कुरा तिमी मबाट अलिक टाढा उभिएकी छौ। अलिक नजिक आऊ, मलाई देख्न सक्छ्यौ।

प्रीति: होइन प्रभु, म नजिक आएँ भने तपाईंले मेरा सबै कमजोरी र गल्तीहरू देख्नुहुन्छ।

प्रभु: कुन गल्तीको कुरा गरिरहेकी छ्यौ, प्रीति?

प्रीति: तपाईंलाई थाहा छ नि, केही दिनअघि मैले तपाईंलाई भनेकी थिएँ।

प्रभु: ए, त्यो तिमीले मसँग क्षमा मागेको विषय?

प्रीति: हजुर, त्यही कुरा प्रभु। फेरि तपाईंलाई देखाउन डर लाग्छ।

प्रभु: तिमीले क्षमा माग्ने बित्तिकै मैले त्यो कुरा मेरो सम्झनाबाट मेटिसकेको छु। त्यसैले त मलाई केही याद छैन।

प्रभु: यो तिमीले बोकिरहेकी समस्याहरूको चाङ हो। अघिल्लो पटक तिमीले यसलाई हाम्रो बीचबाट हटाएकी थिइनौ नि?

प्रीति: समस्या भए पनि म तपाईंलाई देख्न चाहन्छु, प्रभु। यसलाई कसरी हटाऊँ? यो त मेरो लागि असम्भव जस्तो छ।
प्रभु: तिमीले हटाउने इच्छा मात्र गर, म सहायता गरिहाल्छु।

प्रीति: हुन्छ प्रभु, मेरो यो समस्याको पहाड हटाइदिनुहोस्, ताकि म तपाईंलाई देख्न सकूँ।

प्रभु: हेर त, प्रीति—मैले तिमीले भनेझैं यो पहाडलाई समुद्रमा फ्याँकिदिएँ।

प्रीति: धन्यवाद प्रभु! अब बल्ल म तपाईंलाई देख्न सक्ने भएँ।

प्रीति: हे प्रभु, यहाँ त अँध्यारो छ! स्विच कहाँ छ, थाहा भएन।

प्रीतिको हिचकिचाहट देखेर—

प्रभु: अब म त्यो कुरा फेरि कहिल्यै उठाउनेछैन। तिमी नहिच्किचाई मेरो नजिक आऊ। मेरो हात समाऊ, म तिमीलाई सहायता गर्छु। (यशैया ४३:२५)

प्रीति निकै उल्लासित हुन्छिन्।

प्रीति: वा प्रभु! म तपाईंको नजिक आएँ। अब त म तपाईंलाई देख्न सक्छु होला नि?

तर अझै पनि उनले प्रभुको मुहार स्पष्ट देख्न नसकेपछि अचम्म मान्दै सोध्छिन्—

प्रीति: यो ठूलो छायाँ के हो? यसले छेकेकोले मैले तपाईंलाई देख्न सकिनँ?

प्रभु: मेरो वचन तिम्रो खुट्टाका लागि ज्योति हो। सधैं त्यसैलाई हेरेर पाइला चाल। प्रीति, तिमीले कहिल्यै अँध्यारोमा हिँड्नु पर्ने छैन।