बाइबलका प्रेम Love सम्बन्धि 25 महत्वपूर्ण पदहरू

 बाइबलका प्रेम Love



बाइबलको सत्यतालाई एक शब्दमा व्यक्त गर्ने हो भने त्यो हो -प्रेम

बाइबललाई एक वाक्यमा सारांश गर्ने हो भने- परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ। 

बाइबलमा चिनाइएको परमेश्वरलाई प्रेम नै भनेर चिनिएको छ। 

यहाँ बाइबलमा दिइएका प्रेम सम्बन्धि सबै भन्दा महत्वपुर्ण 25 पदहरू संग्रह गरिएको छ। 


बाइबलमा प्रेमको अर्थ वुझ्न यहाँ अध्ययन गर्नुहोस् 

 बाइबल भित्रका 5 थरी का प्रेम (5 Biblical words for Love)

बाइबलिय पदहरू- परमेश्वर को हुनुहुन्छ?


यूहन्‍ना 3:16
' “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। '


१ यूहन्‍ना 4:7-8
'प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। '


भजनसंग्रह 86:15
'तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्‍वर हुनुहुन्‍छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ। '


रोमी 8:28
'हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।'


भजनसंग्रह 23:6
'निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।'


२ तिमोथी 1:7
'किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ। '


गलाती 5:22

'तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता, '


१ कोरिन्थी 13:4-5
'प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन। '


१ कोरिन्थी 13:13
'अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।'


रोमी 5:8
'तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो। '


गलाती 2:20
'म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो। '


यूहन्‍ना 15:13
'आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन। '


रोमी 8:39
'उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।'


१ कोरिन्थी 13:8
'प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ। '


भजनसंग्रह 91:14
'परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु। '


हिब्रू 13:5
'तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।” '


यशैया 54:10
'पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ। '


१ कोरिन्थी 13:6-7
प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ। '


१ यूहन्‍ना 4:16

'यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ। '


भजनसंग्रह 136:26
'स्‍वर्गका परमेश्‍वरलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।'


एफिसी 2:4-5
'तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। '


सपन्‍याह 3:17
'परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ। '


१ यूहन्‍ना 3:1
'हेर, पिताले हामीलाई कस्‍तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्‍दैन, किनभने त्‍यसले उहाँलाई चिनेन। '


हितोपदेश 10:12
'घृणाले कलह उत्‍पन्‍न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्‍छ '


१ यूहन्‍ना 4:19
'हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। '