जान्नै पर्ने येशूको पुनरुत्थान सम्वन्धि ७ तथ्यहरू-

 जान्नै पर्ने येशूको पुनरुत्थान सम्वन्धि तथ्यहरू- 



१. येशूको मृत्युवाट पुनरूथान नभएको भए इसाई विश्वास झुटो ठहरिन्छ।


पावलले कोरिन्थीहरुलाई लेखेको पत्रमा यसरी दावि गरेका छन्।


यदि ख्रीष्‍ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्‍यर्थ हुन्‍छ, र तिमीहरूको विश्‍वास पनि व्‍यर्थ हुन्‍छ। त्‍यसभन्‍दा बढ़ी हामी परमेश्‍वरको बारे झूटा साक्षीहरू ठहरिन्‍छौं, किनकि उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्‍वरको बारे गवाही दिएका छौं। तर साँच्‍चै मृतकहरूको पुनरुत्‍थान हुँदैन भने उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएन। (१ कोरिन्थी 15:14‭-‬15)


पावलको दावि अनुसार उनको सबै प्रचार सेवाकाई एउटै तथ्यमा अडिएको छ त्यो हो पुनरुथान। पुनरुथान लाई हामीले विश्वस गरेनौं भनें इसाई विश्वासमा हामीले विश्वास गर्न केहि पनि बाकिँ रहेदैन । हाम्रो परमेश्वर संगको आसा पनि येशूको पुनरुत्थानमानै अडिग छ।


२. सुसमाचारका लेखकहरुले प्रेरितहरुको लाज मर्दो तथ्यलाई समेवश गरेका छन


यदि यशूका चेलाहरूले येशूको पुनरुत्थान सहितको कहानी बनाएर लेखेको भए आफ्नो बारेमा लाजमर्दो तथ्यलाई बनाउने थिएनन तर आफूलाई उचाल्ने कथाहरु लेख्थे होलान। तर सुसमाचारका पुस्तकमा हामीले पत्रुसले येशूलाई तिन पल्ट इन्कार गरेको देखी उहाँ पक्राउपर्दा सबै चेलाहरू भागेको घटना समेत उल्लेख छ (मत्ती 27: 57- 60; मर्कूश 15:42-46; लूका 23:50-56)। आफ्नै वारे मा यस्ता घटनाहरू कसैले बनाएर लेख्दैन त्यसैले सुसमाचार को पुस्तक वास्तविक घटनामा आधारित छन।


३. स्त्रीहरू पुनरुत्थानका प्रथम गवाही थिए।


प्राचिनकालमा स्त्रीहरूको गवाहीलाई मान्यता दिइदैन थियो। यदि चेलाहरुले येशूको पुनरुत्थान सम्बन्धि घटना झुटो र वनावटी थियो भनें उनीहरूले मानिसले इडजत नगर्ने र स्विकार नगर्ने गवाही बनाउँदैन थिए। त्यसको सट्टा आफैले देखेको भने झुटो दावि गर्न सक्थे। तर चेलाहरूले जे सांचो छ सोहि लेखेको कारण स्त्रीहरुलाई समावेश गरेका थिए। (मत्ती 28:1-10; लुका 23:55-24:11; मर्कूश16:1-11; यूहन्ना20:11-18)


४. येशूका १२ जना चेलाहरू प्राय सबै जनाले आफ्नो येशू प्रतिको विश्वासको कारण मृत्यू दण्ड पाएका थिए। 


यूहन्ना जो पातमोस टापुमा देश निकाला गरेर पठाइएका थिए उनि र येशूलाई धोका दिने येहूदा बाहेक सबै येशूका चेलाहरुले उनिहरुको विश्वासको खातिर मृत्यु दण्ड पाएका हुन्। कसैले सत्यको लागि मर्ने आट गर्छ होला तर आफैले झुट बोलेर मर्न पर्छ भने कसैले बोल्दैन। येशू पुनरुत्थान हुनुभएको खवर असत्य हुनै सक्दैन। चेलाहरू यस असत्यको लागि मर्न तयार भए भन्नु नितान्त नमिल्ने तर्क हो।

येशूका चेलाहरूको मृत्युवारे यहाँ पढनु होस्


५. येशूका चेलाहरूमा आएको ठूलो परिवर्तन


येशूका सबै चेलाहरू येशू पकाउ हुँदा येशूलाई छोडेर भागेका थिए। तिनै चेलाहरुको नाइके पत्रुसले अझ तिन पटक येशूलाई चिन्दिन भनेर इन्कार समेत गरेको थियो । यस्तो कम्जोर विश्वस भएका चेलाहरू मर्न पनि पछि नहट्ने गरी त्यहि विश्वासमा अडिग रहनुको कारण एउटै मात्र छ कि उनिहरुले क्रुसमा मारिएर गडिनु भएको येशूलाई भेटेका थिए। येशूको पुनरुत्थानले नै उनिहरुलाई विश्वासमा बलियो बनाएको हो।


६. यहूदीहरूको सर्वमान्य इतिहासकार योसेफसले येशूको बारेमा लेख्दा उहाँको पुनरुत्थानलाई पनि समेटेका छन्।


पहिलो सताब्दि का घटनाहरू सबै येहुदीहरुको इतिहाँस कार योसेकसले लेखेका किताबमा पाइन्छन उनले नितान्त इतिहास लेखेका हुन र येशूको बारेमा दुई पटक उल्लेख गरेका छन जसअनुसार येशूको येशूको मृत्यु पछि पुनरुत्थान भएको पछि ख्रिसटियन सम्प्रदाय सुरुभएको लेखेका छन्। उनले पहिलो सताब्दि मानै लेखेको कारण येशूको पुनरुत्थान पछि थपिएको परिघटना होइन तर सत्य कुराहो भन्ने हामीले बुझ्न सक्छौं।



७. येशूको पुनरुत्थान सबैले देख्ने गरी भएको घटना थियो।


येशूको चिहान मानिसलाई थाहा नभएको ठाँउमा गुप्त रूपमा भएको नभई उहाँ गाडिनु भएको ठाउँ सवैलाई थाहा थियो । अझै उहाँको पुनरुत्थान हुन्छ भन्ने हल्लाले मृत्यु दण्ड दिनेहरूमा डर थियो र चिहानमा पहरा लगाइएको थियो। यदि ख्रीष्ट येशूको पुनरुत्थानको खबर झुटो वा बनावटी तयार गर्न असम्भव जस्तै थियो। येशू पक्राउ पर्दै भागेका चेलाहरुले सिपाहिहरुको उपस्थितिबाट लासलाई चोरेर यो मनगन्ते खबर फैलाए भन्नु एक नमिल्दो तर्क हुन आउँछ। 


त्यसैले येशूको पुनरुत्थान नितान्त रुपमा एक सत्य घटना हो । हामी विश्वासीहरु यसमा निश्चिन्त हुन आवश्यक छ । यसमा हाम्रो पुनरुत्थान पनि जोडिएको छ जसरी येशूको पुनरुत्थान भयो हामी पनि उहाँको पुनरुत्थानमा सहभागि हुने छौं ।