आदमको सृष्टि - संसारको सबैभन्दा प्रख्यात चित्रकला मध्ये एक


 मिखालेन्जेलो ले सन् 1512 मा इटालिको सिस्टिन च्यापल को भित्र छानो सिलिङ्गमा बनाइएको मानिसको सृष्टिको चित्रकला संसारमै धार्मिक चित्रकला मध्ये सवैभन्दा महत्वपूर्ण मानिन्छ। यस चित्रकलालाई लिओनार्डो दा भिन्चिले बनाएको मोनालिसा पछि संसारमा सबै भन्दा प्रख्यात मानिन्छ। यस चित्रकलाले बाइबल अनुसार परमेश्वरले मानिसलाई जीवनको सास फुकेर सृष्टि गर्नुभएको विवरणलाई चित्रण गरीएको छ। परमेश्वरलाई एक पाको (बुढो)व्यक्ति को रुपमा चित्रण गरिएको छ भने आदमलाई नाङ्गो जवान मानिसको रूपमा बनाइएको छ । परमेश्वरको हातले मानिसको हात छुनै लागेको अवस्था लाई यस चित्रले देखाएको छ जसको अर्थ मानिसको जीवन परमेश्वरबाट प्राप्त हो भने यर्थात दर्शाउँछ । त्यस्तै परमेश्वर र मानिस विचको घनिष्टता पनि देखाउँछ । परमेश्वर मानिसको पहुँच मा थियो भन्ने सन्देश सहित यस चित्रकलाले इसाई शिक्षा अनुसार सिकाइएको मानिसको पतन अघि मानिस परमेश्वरको नजिकै भएको यथार्त  देखाउँछ। परमेश्वरको पृष्ठभुमिमा मानिसको दिमागको स्वरूपको चित्र दिइएको छ जहाँ हब्बा लगायत १२ जना मानिसहरू पनि कोरिएका छन्। यसले परमेश्वरले आदाम लाई सृष्टि गर्नु हुँदा देखीनै हब्बा लगाएत संसारका सबै मानिसको परिकल्पना तथा योजना गर्नुभएको थियो भन्ने अर्थ राख्दछ । कति व्यक्तिले यसलाई मानिसको कोखको रूपमा पनि बुझ्ने गरेका छन्।

यस चित्रकलाका चित्रकार इटालिका प्राप्यार चित्रकार हुन जसको नाउँ मिखालेन्जेलो दि . बुनारोट्टी सिमोनि हो जो चित्रकला को अलाबा मुर्तिकला, वास्तुकला तथा कविता को लागि पनि चिरपरिचित छन्। उनको जन्म मार्च 6, 1475 मा भयो भने उनको मृत्यु फेब्रुअरी 18, 1564 मा भएको थियो । उनले आफ्नो कला पर्दशन गरेको समयलाई यूरोपको इतिहास मा पुनर्जागरण (Renaissance )को युग मानिन्छ। आदम (मानिस) को सृष्टि को चित्र उनले 1508 देखी -1512 को विचमा चार वर्ष लगाएर बनाएका थिए। उनले यो चित्रकला पोप जुलियस दोस्रो को आदेशमा बनाएका थिए। सुरुमा भिखालेन्जेलो लाई येशूका १२ चेलाहरू मात्र बनाउन अह्राइएको थियो तर पछि उनले पोपसग स्वतन्त्र रुपले चित्रकोर्न दिन विन्त गरे र उनले मानिस को सृष्टि पतन र मुक्तिको प्रतिज्ञा लगाएत को चित्राले उत्त छानो भरेका थिए।