प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ? || Nepali Christian Article

  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?



प्रकाशको पुस्तकमा तत्कालिन सात मण्डलीहरुलाई सम्बोधन गरीएका थिए। त्यसवेलाको मण्डलीको नाम वर्तमान समयमा जस्तो एउटै शहरमा भएका अनेकौं प्रभुका झुण्डहरूले आफ्नै मण्डलीको नाम राखेजस्तो नभई शहर भरि भएको इसाई समुहलाई दिइएको हो। उदाहरणको रुपमा एफिससको मण्डलीको कुरा गर्दा एफिसस नामक कुनै प्रभुको विश्वासीको झुण्डलाई भनिएको नभई एफिसस सहर भरिको प्रभुको विश्वासीहरूलाई भनिएको थियो। त्यसैले यि सम्बोधनहरु समग्र शहरका विश्वासी प्रति लक्षित थियो भन्ने हामी बुझ्न सक्छौं । यसरी यूहन्नाले सम्बोधन गरेका ७ मण्डली का शहरहरु मध्ये ४ वटा अस्तित्व विहिन जस्तो भग्नावशेष अवस्थामा छन् भने ३ वटा शहरहरु आज पनि आधुनिक शहरको रूपमा अस्तित्वमा छन् । अस्तित्व विहिन जस्तो अवस्थामा पुगेका शहररू एफिसस, लाओडिकिया, सार्डिस र पर्गामम हुन भने अहिले सम्म स्थान जमाइरहेका शहरहरू स्मर्ना, थिआटिरा र फिलाडेल्फिया हुन्।

एफिसस

यूहन्नाले एफिससलाई सम्बोधन गर्दा, (प्र. 2:1-7) उनिहरूलाई उनिहरुको प्रभु प्रतिको पहिलो प्रेममा फर्किन आग्रह गरेका छन् किन भने एफिससको मण्डलीमा अन्य विश्वास को प्रभाव बढ्दै गएको थियो । त्यस वखत एफिसस निकै ठुलो व्यापारिक केन्द्र थियो। यहि शहरमा प्राचिन विश्वको ७ आश्चर्यपूर्ण निमार्ण मा गनिएको आर्टिमिसको मन्दिर थियो । यो मन्दिर गोथहरूको आक्रमण मा परेर इ.सं. 262 मा ध्वस्त भएको थियो । त्यस पछि यस शहरले आफ्नो पहिलाको सानमा कहिल्यै फर्किन सकेन । इ.सं. 431 मा मण्डलीले महासभा गरेको थियो। तर त्यस पछि एफिसस लगातार रूपमा अरबि, ट्रुक्स, तथा '3 अन्त्यमा 1403 मा मंगोल आक्रमण मा पर्‍यो र अहिले उक्त शहरको भग्नावसेश मात्र बाँकि छ ।

स्मर्ना

स्मर्नाको मण्डलीलाई सम्बोधन गरेर यूहन्नाले त्यहाँ भएको विश्वासीहरुको वलियो समुदायको तारिफ गरेका थिए (प्र. 2:8-11)। तर उनिहरूले सतावटको सामाना गर्नु पर्ने चेतावनी पनि दिएका थिए। यूहन्नाको पाला देखी ( इ. सं. 90 ) देखी लगभग 312 सम्म इसाईहरू सताइएका थिए। इ. सं. 155मा यहि शहरमा प्रख्यात इसाई सहिद पोलिकार्प लाई जिउँदै जलाइएको थियो। इ.सं. 178 मा यो शहर भुकम्पले पुर्ण रूपमा ध्वस्त भएको थियो तर छिटैनै यसको पुननिर्माण गरियो तर यो शहर पनि ट्रुक्स तथा मंगोल को आक्रमण मा परेर पनि पूर्ण रुपमा ध्वस्त हुन बाट बाँच्यो । वर्तमान समयमा लगभग ५ लाख मानिसहरुले वसोवास गर्ने टर्किको एक महत्वपूर्ण शहर बनेको छ ।

पर्गामम

यूहन्नाले पर्गाममको मण्डली लाई उनिहरु शैतानको सिंहासन माथि रहेको बताएका थिए । यूहन्नाले यस मण्डलीलाई त्यस मण्डलीलाई सांसारिक कुराको पछि लागेकोमा चेतावनी दिएका थिए ( प्र. 2:12-17)। यस सहरमा धेरै रोमी -ग्रीक देवताहरूका मूर्तिहरू थिए। पर्गामम को मण्डली ले पनि ठुलो सतावट भोगेको थियो । इ. सं. 312 मा सम्राट कन्स्टान्टिन ले सतावटको अन्त्य गरे र मण्डलीमा परिवर्तनहरु ल्याए त्यसवेला यस शहर महत्वपूर्ण इसाई केन्द्र बनेको थियो । तर यो शहर इ.सं. 716-717 विचको अरबि आक्रमणमा पर्‍यो र पछि कहिल्यै आफ्नो राजनैतिक हैसित फिर्ता पाएन । विस्तारै यस शहर भग्नावशेषमा परिणत भयो ।

थिआटिरा

झुटो मुर्ति पुजाको विरुद्ध यूहन्नाले थिआटिराको मण्डलीलाई चेतावन दिएका थिए (प्र. 2:18-29) I त्यस सहरमा धेरै प्रख्यात मुर्तिहरू थिएनन् तर झुटो जीवनको वारेना चेतावनी दिएका थिए। सांसारिक मोज मस्ति र भोग विलास उनिहरुको मुर्तिपुजा थियो । यो शहर धेरै पटक आक्रमण मा पर्‍यो तर सबै पटक यसको पुननिर्माण गरीएको थियो। वर्तमान समयमा 50,000 मानिस वसोवास गर्ने टर्किको अखिसार शहरको रुपमा चिनिन्छ । धेरै पटक बनाइएको कारण प्रेरित हरुको समयको चिन्ह र संकेतहरू वर्तमान स्थितिमा न्यून मात्र देखिन्छ ।

सार्डिस

जीवन नभएको वा मरेको भनेर यूहन्नाले सार्डिसको मण्डलीलाई चेतावनी दिएका थिए( प्र . 3:1-6)। सर्डिस सदर इ. सं. 117 को भुकम्प पछि रोमी साम्राज्यको आर्थिक सहयोगमा पुननिर्माण गरिएको थियो। विस्तारै यस शहरको रबाफ घट्दै गयो र अन्त्यमा 716 को अरबी आक्रमणमा ध्वस्त पारियो । त्यस पछि यो शहरमा थोरै मानिसहरू मात्र बस्न थाले । 1403 मा फेरी ट्रुक्स हरुको आक्रमणमा ध्वस्त पारियो । वर्तमान समयमा त्यस शहर भएको ठाउँमा एउटा गाउ मात्र बाकि छ ।

फिलाडेल्फिया

यूहन्नाले धैर्यताको कारण प्रसंसा गरेको मण्डली हो फिलाडेल्फिया ( प्र. 3:7 - 13 ) I यो शहर धेरै भुकम्प आउने स्थान मा छ र धेरै पटक ध्वस्त भएर यसको पुर्ननिर्माण गरिएको थियो । यस क्षेत्रमा ट्रुक्स तथा मुस्लिमहरुले भरिदा पनि यो शहर धेरै पछि सम्म इसाई शहरको रुपमा उभिइ रह्यो तर 1390 मा यो मुस्लिमहरूको नियन्त्रणमा गयो । वर्तमान समयमा लगभग 25000 मानिसहरू वसोवास गर्ने एक आधुनिक टर्कि शहरको रुपमा छ । यसलाई अहिले आलाशेहिर नामले चिनिन्छ जसको अर्थ हो परमेश्वरको शहर ।

लाओडेकिया

लाओडेकिया शहर एउटा व्यापारीक केन्द्र थियो। चौथो सताब्दि तिर यस क्षेत्रको मण्डलीहरूको मुख्यालय बनेको थियो यस शहरको मण्डली । यस शहरमा अन्य शहर बाट ल्याइएको व्यवस्थित खानेपानि थियो घाम बाट तताइएको तातो पानीको व्यवस्था समेत थियो । त्यसैले यूहन्नाले यस शहरलाई चिसोर तातो पानीको चित्रण गरेर सम्बोधन गरेका थिए (प्र. 3: 14-22 ) मध्ये कालिन युगमा यस शहर मुस्लिम आक्रमणमा पर्‍यो र ध्वस्त पारियो । यो शहरको पुननिर्माण गरिएन र पुर्णरूपमा छोडियो आज यस शहर खालि भग्नावशेष मात्र बाकि छ ।

यसरी एक समयमा मण्डली इतिहासमा ठूलो स्थान बनाएका शहर र मण्डलीहरु अहिले अस्तित्वमा पनि छैनन । शहरको रुपमा रहेका ठाउँमा पनि मण्डलीको अस्तित्व छैन । तर परमेश्वरको मण्डली संसारबाट हराएको छैन र यि मण्डलीहरुको स्थान अन्य शहर तथा मण्डली ले लिएको देख्छौं । जुन चेतावनी र सन्देश प्रकाशको पुस्तकमा यि मण्डलीमा दिइएको थियो आजको मण्डलीलाई पनि बाटो देखाउने काम गर्दछन् । हामीले यसबाट चेतावनी र शिक्षा पाएको हुनु पर्छ नभए आज हामीमा जस्तै घमण्ड र गर्व भए पनि परमेश्वरको वचन अनुसार अघि नवढे परमेश्वरले हामीलाई पनि विस्थापित गर्न सक्नुहुन्छ ।