दुष्टताको बिरोध Resisting the Evil

 दुष्टताको बिरोध Resisting the Evil


हामी इसाई विश्वसीको जीवनलाई परमेश्वरको योजनमा फलदायी बनाउन हामीले असल कामको फलफलाउने परमेश्वरले दिनुभएको मौकाहरूमा आफूलाई अघि बढाउन जति महत्व दुष्टको योजनालाई विफल पार्न सक्रिय रहनुमा पनि हुन्छ। परमेश्वरको विजय दुष्टको योजनाहरू विफल भयो भने प्रकट हुन्छ । दुष्टको योजना नै मानिसलाई परमेश्वरबाट अलग गर्नु र उनिहरूको जीवनमा परमेश्वरको योजना पुराहुन नदिनु हो। यसरी मानिसको जीवनलाई असफल पार्न दुष्टताले धेरै योजनाहरू बुनेको हुन्छ भनें मानिसले पनि आफूलाई दुष्टको योजनाबाट मुक्त बनाई परमेश्वरमा सफल जीवन बनाउन दुष्टको योजनालाई पहिचान गरेर त्यस माथि विजय प्राप्त गर्न सक्नु पर्छ। समाजमा धेरै प्रकारले दुष्टले आफ्नो जाल फिजाइ रहेको ध हुन्छ । हामी विश्वसीले ति जालको पहिचान गरेर आफूलाई जोगानुको साथै दुष्टको योजना विफल बनाउन सक्रिय हुनुपर्छ। हाम्रो निस्क्रियताले दुष्टताको मनोवल बढ्दछ। कहिँ कतै हामीले खराब कुरा भइरहेको कसैले गरी रहेको देख्यौं र हामीले वेवास्था गर्यौं भने दुष्टताको योजना अघि बढ्द भन्ने जानेर। दुष्टताको पहिचान गर्दै त्यसको विरोध गर्न नचुकौं। खराबलाई खराब भन्न नसक्नु पनि असल गर्न चुक्नु हो।

अध्ययन गरौं

याकूब 4:7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

१ पत्रुस 5:8‭-‬9 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ।

एफिसी 4:25‭-‬27 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं। क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ।

मनन गरौं

हाम्रो जीवनमा या समाजमा दुष्टताले कुनरूपमा आफ्नो सक्रियता बढाएर हामीलाई परमेश्वरबाट अलग गर्ने प्रयास गर्दैछ ? हामीले जीवनको कुन पक्षलाई वेवास्ता गरेर दुष्टलाई सक्रिय हुने ठाउ दिइरहेका छौं?

के हामीले दुष्टको योजनालाई चिनेर पनि त्यसको विरोध गर्न आनाकानि गरेका त छैनौं?

कसरी हामीले दुष्टको विरोधलाई बढाउन सक्छौं?

प्रार्थना गरौं

प्रभु मलाई दुष्टको विरोध गर्न वल र ज्ञान दिनुहोस्। मेरो जीवनमा दुष्टताले राखेको योजनालाई पहिचान गरी त्यसलाई विफल पार्न सकेको हुँ। मलाई पवित्र आत्माको अगुवाई र ज्ञान दिनुहोस्।