प्रारम्भिक मण्डली देखी ईसाई साम्राज्य सम्म (इ.सं. 0-590) मण्डली इतिहास भाग 1 || Church History Part-1 Early Church to Christian Empire

प्रारम्भिक मण्डली देखी ईसाई साम्राज्य सम्म (इ.सं. 0-590) मण्डली इतिहासको समय रेखा भाग 1 || Church History Timeline in Nepali Part-1 Early Church to Christian Empire

 


Disclaimer: यस लेखमा दिइएको मण्डली इतिहासको समय रेखा तयार गर्न मुख्य रूपमा https://christianhistoryinstitute.org/ मा उपलब्ध जानकारीहरू प्रयोग गरि अन्य श्रोतहरू पनि प्रयोग गरेर परिमार्जन गरिएको छ। कतिपय इतिहासका मितिहरू विद्वानहरूको धारणा अनुसार केही फरक पर्न सक्ने भएकोले सो ध्यानमा राखेर अध्ययन गर्न हुन अनुरोध गरिन्छ।

येशू तथा प्रेरितहरूको समय

येशूको कार्य द्वारा मण्डलीको जग बसालिएको थियो भने येशू स्वर्ग प्रस्थान गर्नुभए पछि पवित्र आत्माको सक्रियतामा चेलाहरूले विभिन्न स्थानमा मण्डली स्थापना गरियो। यस समयमा सुरूमा येहुदीहरू बीचमात्र सीमित ईसाई विश्वास संसारका सबै जातिहरूलाई उपलब्ध भयो। यस समयमा ईसाईत्व येहुदी भन्दा फरक छुट्टै विश्वासको रूपमा विकास हुँदै थियो। नयाँ करारका सबै पुस्तकहरू यही समयमा लेखियो भने मण्डलीले रोमीहरूको तथा येहुदीहरू दुवैको सतावट प्राप्त गरे।  अचम्म तरीकाले पावल एक सताउने व्यक्तिबाट विश्वासीमा परिणत भएको घटना सँग यस समयका धेरै जसो विकास क्रम जोडिएको पाइन्छ।

वर्ष

मुख्य ऐतिहासिक घटनाहरू

इ.पु. 6 or 3

येशूको जन्म लूका 2:1-20 (येशूको समयको भएको जनगणनालाई आधार मान्दा)

25or28

येशूको बप्तिस्मा

येशूको सेवाकाइको सुरूवात

30 or 33

ख्रीष्टको मृत्यु, पुनरुत्थान तथा स्वर्ग प्रस्थान

पेन्टिकोसको दिनमा पवित्र आत्माको आगमन

35

स्तिफनस शहीद भएका

पावलले येशूमा विश्वास गरेका प्रेरित 9:1-22

46

पावलले आफ्नो सेवाकाइको यात्राहरू प्रारम्भ गरेका प्रेरित 11:26-30

42-45

याकूबको पत्र लेखिएको

48

येरूशलेमको परिषद्  प्रेरित 15:1-29

पावलले गलातीहरूलाई पत्र लेखेका

49

येहुदीहरू रोमबाट निकालिएका

55-68

सम्म पावलले विभिन्न मण्डली स्थापना गर्ने तथा

मण्डलीलाई पत्रहरू लेखेका थिए। यी पत्रहरू बाइबलमा समावेश गरिएका छन्।

64

रोम शहरको आगलागी

सम्राट नेरोद्वारा सतावट सुरू

65-68

पत्रुस र पावलको मृत्यु

 प्रारम्भिक मण्डली काल

यो समयमा मण्डलीले मुख्य गरी दुई समस्याहरूलाई सामना गरेर अघि बढेको पाउँछौः पहिलो झूटो शिक्षाको प्रतिवाद गर्नु परेको थियो भने दोस्रो, सतावटमा विश्वासीहरूले आफ्नो ज्यान जोगाउँदै प्रभुको राज्यको कार्य अघि बढाएका थिए। त्यस समयका अगुवाहरूले गरेको संघर्षले त्रीएक परमेश्वर, येशूको व्यक्तित्व, पवित्र आत्मा आदिको बारेमा सहि धारणाहरू तयार गरि सधैँको निम्ति ईश्वरशास्त्रिय जग बसालेका थिए।  

वर्ष

मुख्य ऐतिहासिक घटनाहरू

इ.सं. 66-73

रोमी र यहुदी युद्ध
तत्कालिन यहुदाको प्रशासक
Gessius Florus गेसिस ल्फोरसले यरूसलेमको मन्दिरमा भएको भेटिलाई आफू खुशी चलाउने दुस्साहस गरेको कारण येहुदीहरूले प्रतिकारको संघर्ष सुरु गरेका थिए।

70

सम्राट Titus तितसद्वारा येरूसलेम ध्वस्त पारिएको।

येहुदी इतिहासकार योसेफका अनुसार यस क्रममा रोमीहरूद्वारा 11 लाख जनालाई मारिएको थियो भने 97000 जनालाई पक्राउ गरेर दासत्वमा वेचिएको थियो। अन्त्यमा 40,000 जना यहुदीहरू जिवित रहेका थिए।

110

एन्टिओखका इग्नेसियस Ignatius of Antioch शहिद भएका

प्रेरितहरू पछिको समयका एक महत्वपूर्ण लेखक थिए। पहिलो शताब्दी Apostolic Fathers मध्ये एक महत्वपूर्ण व्यक्तित्व थिए । उनलाई सिंहको खोरमा राखेर मारिएको मानिन्छ।

150

ईसाई विश्वासको वकालत गर्दै जस्टिन मार्टिरले पहिलो एपोलोजि लेखेका

जस्टिन मार्टिर 100-165AD पहिलो ईसाई दर्शनशास्त्रीको रूपमा चिनिन्छन्। रोमी देवतालाई भोग दिनको निम्ति उनलाई मारिएको थियो।

155

पोलिकार्प शहीद भएका

पोलिकार्प स्मर्नाको मण्डलीको विसप थिए र उनि प्रेरित यूहन्नाको विद्यार्थी थिए। उनलाई जिउँदै जलाएर मारिएको थियो।  

172

मोनेटिस् जुटो शिक्षाको सुरु भएको
आफ्नो अगमवाणी पनि परमेश्वरबाट प्रेरित भएको र धर्मशास्त्र सरह छ भन्ने शिक्षा दिने

180

इरेनियस ले झूटो शिक्षाको विरुद्ध भन्ने पुस्तक लेखेका

प्रेरित यूहन्नासँग सम्बन्ध भएको अन्तिम अगुवाको रूपमा चिनिन्छन्। येशूको सांसारिक वास्तविकतालाई इन्कार गर्ने Gnosticism प्रकारका झूटो शिक्षाको विरुद्ध उनले लेखेका थिए।  

196

टर्टुलयनले आफ्नो लेखहरू लेख्न सुरु गरेका

त्रीएक परमेश्वर भन्ने शब्द सबै भन्दा पहिले प्रयोग गर्ने व्यक्ति थिए। त्यसै आधारमा पश्चिमी ईश्वरशास्त्रको पिता पनि मानिन्छ। उनि ग्रीक दर्शनशास्त्रलाई ईसाई ईश्वरशास्त्रमा प्रयोग गर्न विरोध गर्ने व्यक्ति थिए।

215

Origen ओरिगनले आफ्नो लेखन सुरु गरेका

उनले 2000 भन्दा लेखहरू लेखेका थिए। कैसरीयामा ईसाई विद्यालय खोलेर उनले दर्शनशास्त्र, संसार तथा इतिहासको बिषयमा अध्यापन गराएका थिए। उनले त्रीएक परमेश्वर तथा मुक्तिको बारेमा शिक्षा दिएर योग्दान गरेका थिए।

230

अहिले सम्म जानकारीमा आए सम्मको पहिलो मण्डली भवनको निर्माण भएको

248

Cyprian साइप्रिएन मण्डलीको बिशप चुनिएका

उत्तर अफ्रिकामा जन्मेका साइप्रिएन छिट्टै विशप बनेका थिए भने सम्राट भेलेरियनको पालामा उनलाई  आँखामा पट्टि बाँधिएर तरबारले मारिएर र उनी शहीद भएका थिए।

250

Decius डेसियसले सम्पूर्ण साम्राज्य भरि सतावट सुरूगरेका

डेसियस व्यवस्थितरूपमा नै ईसाईहरूको सतावट गर्ने पहिलो व्यक्ति मानिन्छन्। उनले ईसाई विश्वासीलाई गुफाहरूमा जिउँदै पुर्ने आदि कार्य गरेर आतङ्क मच्चाएका थिए।

270

Anthony the Great एन्थोनिले एकान्तको जीवन सुरूगरेका

धनि परिवारमा जन्मेका एन्थोनिले आफ्नो ईसाई विश्वासलाई पछ्याउँदै संसारको मोह त्याग्न साधु बन्ने घोषणा गरे र उनि मरुभूमिमा आफ्नो साधुत्वको लागि जाने पहिलो व्यक्ति मानिन्छन्।  उनले ध्यान गर्ने क्रमा उझाड स्थानमा भोगेको परिक्षाहरूलाई धेरै चित्रकला मार्फत चित्रण गरेको पाइन्छ

303

Diocletian डायोक्लेसियनको मुनि महा सतावट सुरूभएको

आफ्नो दरबारमा लागेको आगो ईसाईहरू द्वारा भएको हो भन्ने प्रमाणित नभएको दोषको निहुँमा उनले चर्चहरू नष्ट गर्ने, धर्मशास्त्र जलाउने र ईसाईहरूलाई विभिन्न यातना सहित मार्ने उर्दि जारी गरेका थिए।

 ईसाई साम्राज्यको सुरुवात काल

यो समयमा मण्डलीले भोगिरहेको सतावटबाट मुक्त भएको पाउँछौं। यस अवस्थामा मण्डलीले बाहिरी भन्दा मण्डली भित्रको विभिन्न शिक्षाहरू सम्बन्धी समस्यालाई समाधान गर्न लागेको देख्छौं । कति पय यस्ता कार्यहरू रोमी सम्राट कै अगुवाइ तथा आह्वानमा गरिएका थिए। कति अवस्थामा मण्डली र राजनीतिज्ञहरू बीचको खिचातानी पनि सुरु भइसकेको थियो। विस्तारै ग्रीक भाषी पूर्वका मण्डली तथा ल्याटिन भाषी पश्चिमका मण्डलीहरूमा फाटो पनि देखिन थालेको थियो। यस समयमा मण्डली अगुवाहरूमा विलासीता प्रवेश गरेको कारण असल धार्मिकता प्रदर्शन गर्न मानिसहरूले संन्यासी पनालाई अपनाएको पाउँछौं।   

वर्ष

मुख्य ऐतिहासिक घटनाहरू

इ.सं. 312

सम्राट कन्टेस्टाइन (Constantine the Great) को ईसाई विश्वासी भएका

कन्टेस्टाइन कि आमा हेलेना विश्वासी थिइन र उनको प्रभाव कन्टेस्टाइनमा सानै देखि थियो। मिलिभियन पुलको युद्धमा जाँदा उनले क्रुसको चिन्हको दर्शन देखेर र त्यसै चिन्हलाइ पछ्याएर युद्ध जिते भनिन्छ। कन्टेस्टाइनको समयमा ईसाईहरू माथि भएको सबै सतावट रोकियो र धेरै मानिसहरू ईसाई विश्वासमा आए।

312

डोनेटिस्टहरूको विभाजन सुरु

उत्तर अफ्रिका (तत्कालीन रोमी साम्राज्यको एक भाग)मा महासतावटको सामु कति ईसाईहरूले आफ्नो धर्मशास्त्र रोमीहरूको हातमा दिएर सतावटबाट बाँच्ने प्रयत्न गरेका थिए तर सतावट रोकिए पनि डोनेटिस्टहरूले यसरी आत्म समर्पण गर्ने विश्वासीहरूलाई मण्डलीमा स्विकार नगर्ने गरेका थिए। पोप तथा सम्राट कन्टेस्टाइनको आज्ञा पनि पालना नगरेर उनीहरूले छुट्टै तरिका अघि बढेका थिए।

313

मिलानको आदेश (Edict of Milan)

कन्टेस्टाइन सम्राट भए पछि र उनि ईसाई सम्राटको रूपमा गरेको पहिलो आदेशको रूपमा मानिन्छ । यस आदेशले रोम भरि नै सबै मानिसहरूले आफ्नो इच्छा अनुसारको धर्म पछ्याउन पाउने छन्। यस आदेशले ईसाई माथिको सतावटलाई रोमी साम्राज्य भित्र आधिकारिक रूपमा नै अन्त्य गरेको थियो।

323

इयुसिविअस (Eusebius)ले ईसाई इतिहासलाई पुरा गरेका

यो पुस्तक यसरी पुर्ण रूपमा ईसाई इतिहासमा समर्पित भएको पहिलो पुस्तक थियो। यसमा पहिलो शताब्दी देखी चौंथो शताब्दी सम्म भएको ईसाई विश्वासको बिकासलाई उल्लेख गरिएको छ।

325

नाइसियाको पहिलो परिषद् (The first Counsil of Nicaea)

सम्राट कन्टेस्टाइनले साम्राज्य भरि का 1800 ईसाई बिशपहरूलाई  बोलाएर परिषद् गठन गरे। उनको उद्देश्य साम्राज्य भित्र भएका ईसाईहरूमा भएको विभाजन तथा मत भिन्नताको अन्त्य होस्। यस परिषदले येशू ख्रीष्टको व्यक्तित्वको बारेमा सहमति कायम गरेको थियो र पहिलो नाइसियाको विश्वासको सार निर्माण गरेको थियो।  

341

उल्फिलास (Ulfilas) ले बाइबललाई गोथिक (Gothic) भाषामा उल्था गरेका

Ulfilasले बाइबललाई वर्तमान समायमा हराइ सकेको तर तत्कालिन पूर्वी जर्मनि वरिपरिका ठाउँहरूमा बोलिने गोथिक भाषामा बाइबल उल्था गरेका थिए। गोथिक भाषाका आफ्नै अक्षरहरू थिएनन् र उल्फिलासले ग्रिक अल्फाबेटलाई आधार बनाएर छुट्टै गोथ अक्षरहरूको निर्माण गरेका थिए।

358

बासिल द ग्रेट(Basil the Great)ले ईसाई सन्त साधुहरू (सन्यासीहरू)को समाज निर्माण गरेका

येशू ख्रीष्ट जस्तै शुद्ध र असल हुने प्रयत्न गर्ने मानिसहरूले छुट्टै समाजको निर्माण गरेर ईसाईहरूले आफ्नो विश्वासको अभ्यास गर्ने चलन थियो। बासिलले यस्तो ईसाई सन्यासी समाजको लागि जिम्मेवारी सहितको नीति नियम बनाएर योगदान गरे।

367

अथनासियस(Athanasius) ले आफ्नो चिठ्ठिमा नयाँ करारका आधिकारिक पुस्तकको सुचि तयार गरेका

त्यस समय मा नयाँ करारका कुन पुस्तकहरू आधिकारिक रूपमा मण्डलीले स्विकार गर्ने र कुन पुस्तकहरूलाई इन्कार गर्ने विषयमा छलफल तथा विवाद चलिरहेको थियो। अथनासियसले वर्तमान समय नयाँ करारमा उल्लेख हुने पुस्तकको सुचि पहिलो पटक तयार गरेका थिए।

381

कन्स्ट्यान्टिनोपलको परिषद (the First council of Constantinople)

रोमी सम्राट थिओडोसिअसको आह्वानमा साम्राज्यको पुर्वका चर्च तथा पश्चिमका चर्चहरू विच भएको मत भिन्नता हटाउन यस परिषद गठन गरिएको थियो। यस परिषदले Arianism एरियको येशू पिता समान ईश्वर हुनुहुन्न भन्ने शिक्षालाई आधिकारिक रूपमा गलत घोषणा गरेको थियो।

386

अगस्टिन(Augustine) ले ख्रीष्टलाई विश्वास गरेका

अगस्टिन ईसाई जगतमा सबै भन्दा बढि प्रभाव पार्ने विद्वानको रूपमा चिनिन्छन्। उनले ईसाई विश्वास अनुसार मानिसको बारेमा सबै भन्दा प्रस्ट शिक्षा दिएको पाइन्छ। अगस्टिनले दार्शनिक प्लेटोको शिक्षा अनुसार ईसाई ईश्वरशास्त्र तयार गरेको मानिन्छ।

390

एम्ब्रोस (Ambrose) ले सम्राटको अधिकार नमानेका

थिओडिसिअस ले बिशप एम्ब्रोस अनुपस्थितिमा उनको नाममा मण्डलीको सरोकारको उर्दि जारि गरेका थिए। जुन एम्ब्रोसले थाहा पाए पछि उनले सम्राटलाई प्रभुभोज नदिने घोषणा गरेर सम्राट माथि आफ्नो अधिकार प्रस्तुत गरेका थिए।

398

जोन ख्रीसोस्टोम (John Chrysostom) बिशप भएका

ख्रीष्टका सेवकहरू विलासितामा भएको कारण ख्रसोस्टोमले त्यसको बिरोध गरेका यसमा सुधार ल्याउने प्रयास गरेका थिए तर उनि असफल भए। उनि प्रभावकारी वक्ताको रूपमा चिनिन्छन्। एरिसको शिक्षामा सहमत भएको निहुँमा उनलाई निस्कासन गरिएको थियो।

405

जेरोम (Jerome)ले भलगेट (Vulgate) ल्याटिन भाषाको बाइबल तयार गरेका

जेरोमले ग्रीक, हिब्रू तथा आरामाइक भाषाबाट बाइबललाई ल्याटिन भाषामा उल्था गरे । उनले उल्था गरेको बाइबलनै पछि गएर आधिकारिक रूपमा क्याथोलिक चर्चको वचनको श्रोत हुन पुग्यो।

410

भिसिगोथहरू (Visigoths) ले रोमलाई पराजित गरेका

800 वर्ष सम्म शासन गरेको रोमी साम्राज्य पहिलो पटक बिदेशीको हातमा हार बेहोर्नु पर्यो। यसमा रोमका मण्डलीले पनि आफ्नो हार महसुस गरेको थियो। धेरै मण्डलीका धार्मिक संरचनाहरू पनि भत्काइएका थिए।  

431

एफिससको परिषद्  (The Council of Ephesus)

रोमी सम्राट थिओडोसिअस २ को आह्वानमा एफिससको परिषद बोलाइएको थियो। यस परिषदले मरियम इश्वरकि आमा हुन् भन्ने धारणा बिरोध गर्ने पक्षलाई निस्कासन गर्ने गरेको थियो। उनीहरूले नेस्टोरिअस जस्ता शिक्षकलाई दोषी घोषणा गरेका थिए।

432

प्याट्रिक(Patrick)ले आयरल्याणमा मिसनरी सेवा सुरु गरेका

16 वर्षको हुँदा आइरिस डाँकुहरूले पक्रेर उनलाई 6वर्ष सम्म भेँडा गोठालोको रूपमा काम गराएका थिए जहाँ बाट उनि भाग्न सफल भए। पछि उनि आफै प्रचारक भए पछि त्यहि ठाउँमा मानिसको सेवा गर्न आए। त्यस समाजका धेरै महत्वपूर्ण मानिसहरूलाई प्रभुमा डोर्याएका थिए।

440

लिओ I (Leo the Great) पोप भएका

आफ्नो पोपको अधिकार प्रयोग गरेर येशूको व्यक्तित्वमा भएको दुई मानवीय तथा ईश्वरीय गुणहरूको एकताको बयान गर्ने व्यक्तिको रूपमा चिनिन्छन्।

445

भ्यालेन्टिन १ को उर्दि (Valentine 1’s Edict)

यस उर्दिले प्रेरित पत्रुसको उत्तराधिकारीको रूपमा रोमको विसप सबै भन्दा श्रेष्ठ हो। उसको अधिकार माथि कसैले प्रश्न उठाउन पाउँदैन भनेको छ। यसरी मण्डलीमा रोमको एकाधिकार स्थापना गरिएको थियो।  

451

क्यालसेडोनको परिषध (Council of Chalcedon)

रोमी सम्राट मार्सिएन को अगुवाइमा थापना भएको यस मण्डलीको परिषधले येशूको व्यक्तित्वबाट मानवता र इश्वरतालाई छुट्याउन खोज्ने प्रकारका झूटो शिक्षालाई गलत घोषणा गर्नु थियो। हामीले अहिले स्विकार गरेको विश्वासको सार तयार भएको थियो। तर यस समय गरिएको कुनै पनि निर्णयलाई पुर्वका मण्डलीले स्विकार गरेनन्।

524

कन्सोलेसन अफ फिलोसोफि (Consolation of Philosophy) लेखिएको थियो

Boethius जो आफै जेलमा सजयको सुनुवाइ र मृत्यु दण्ड कुरी रहेका थिए उनले लेखेको यस पुस्तकले त्यस पछि आएको मध्य युगमा ठूलो प्रभाव पारेको थियो। उनले पुस्तकमा परमेश्वरले बनाउनुभएको यस सुन्दर संसारमा कसरी दुष्टताको अस्तित्व रहन सक्छ भन्ने विषयलाई समेत उठाएका छन्।

529

जस्टिनियनका नियमहरू (Justinian Legal Codes ) लेखिएको थियो

जस्टिनियन 1 ले रोममा चलिरहेका नियम कानुहरूलाई व्यवस्थित बनाएर प्रकाशन गरे, त्यहाँ आपस मा बाझिने विषयहरूलाई हटाउँदै नबुझेका कुराहरूलाई प्रस्ट पारेका थिए। अहिले वर्तमान समयमा यसै आधारमा देशका नियम कानुनहरू बनाइन्छन्। विशेष गरी पश्चिमा देशहरूका नियम कानुन यसै आधारमा लेखिएका हुन्।

540

बेनेडिक्ट (Benedict)ले सन्यासी जीवनको लागि लेखेको नियमहरू

व्यक्तिगत तथा सामूहिक (सामुदायिक ) जीवनको लागि लेखेका नियमहरू १५ सताब्दि सम्म मानिसहरूले प्रयोग गरेको पाइन्छ। यसरी लेखेर सन्यासी समुदायमा वितरण गरिएको कारण मध्यकालिन यूरोपमा लिखित नियम कानुनको महत्व जान्न र प्रयोग गर्न सहज  बनायो।

563

कोलुम्वा(Columba)ले आइओनामा मिसन समुदाय  (Mission Community on Iona) स्थापना गरेका

आइरल्याण्डबाट स्कटल्याण्डमा सुसमाचार सुनाउने व्यक्तिको रूपमा कोलुम्वा चिनिन्छन। उनले स्कटल्याण्मा एउटा मात्र साक्षरता प्रदान गर्ने स्कुल खोले।