सङ्कालाई लङ्का पुर्‍याई प्रभुको सेवामा लागौं || Let's Solve Our Doubts

सङ्कालाई लङ्का पुर्‍याई प्रभु


 

 २ पत्रुस 1:5‭-‬9 

यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌। किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ। 

विश्वासीको रूपमा कहिल्यै आफुलाई सङ्कालुको फेलापार्नु भएको छ। तपाई मात्र होइन हामी सबै जसो कुनै न कुनै रूपमा वा समयमा आफ्नो विश्वासमा संघर्ष गर्न पुगेका हुन्छौं । कतिलाई  बाइबल साँच्चै परमेश्वरको वचन हो भन्ने लाग्न सक्छ, कतिलाई आफ्नो प्रार्थनामा शक्ति छ भन्नेमा नै ढुक्क नहोउँला । कतिलाई जीवन भनेको अहिले यहिँ मात्र हो स्वर्ग, अनन्तता आदि वास्तविक हुन या परिकल्पना मात्र हुन् भन्ने पनि लाग्ला । 

सङ्कालाई वढन दियो भनें अरु संका उत्पन्न गराउँछ तर यसको श्रोत र यसलाई कसरी सामधान गर्ने भन्ने बारे हामीले सोच्यौं भनें हामी आफ्नै जीवनको लागि र परमेश्वरको राज्यको लागि प्रभावकारी बन्न सक्छौं । ऑफु भित्र भएको सङ्कालाई निर्मुल नगरी हामीले केहि नभए जस्तो गरी उभिएर मात्र हुँदैन ।

विश्वासीहरूको बिचमा सङ्कालाई उल्लेख गर्नु एक किसिमको पाप जस्तै मान्ने पनि गरिन्छ । हामीलाई अरुले नजान्ने कमजोर भनेर न्याय गर्छन भन्ने डरमा सङ्कालाई भित्रै गुम्साउने गर्दछौं। यसरी संकामा गुम्सिएर परमेश्वरले दिन चाहनु भएको घनिस्टता तथा आनन्दबाट हामीले आफैलाई बञ्चित पारीरहेका हुन सक्छौं ।

सङ्का गर्नु आफैमा पाप होइन यो एउटा आत्मिक संघर्ष हो । विशेष गरी परमेश्वरको विरोधी शैतानले हामीलाई परमेश्वरको नजिकताबाट टाढा पार्न चाहेको हो। सङ्कालाई हामीले परमेश्वरको विरुद्दमा प्रश्न गर्न भन्दा पनि उहाँको गुण, सत्यता तथा भलाइलाई अझ राम्रो संग चिन्नको निम्ति कदमको रूपमा लिन सकिन्छ । आफ्नो व्यक्गत प्रार्थना, बाइबल अध्ययन तथा संगतीमा प्राप्त  वचन, शिक्षा आदिद्वारा जान्ने प्रयास गर्न सकिन्छ । सङ्काको बाहानामा हामी परमेश्वरको ज्ञान र प्रार्थनामा अझ बढ्दै जान्छौं । जनानेको नबुझेको केहि छ भने असल अगुवाहरू संग सोध्न हिच्किचाउनु हुँदैन । जसरी निकोदेमशले, येशूलाई सोधे अनी बाइबलमा येशूका चेलाहरुले पनि प्रश्न गरी बुझ्ने प्रयास गरेको हामी पाउँछौं। 

परमेश्वरसँगको सम्बन्धमा हामीले सुनेको  पढेको र देखेको भरमा मात्र सबैकुरा प्रस्ट हुँदैन। प्रार्थनाको बारेमा भएको सङ्का मेटाउन यसको बारेमा पढेर र सिकेर मात्र हुंदैन तर आफैले प्रार्थनाको जीवन सुरु गर्नुपर्छ। परमेश्वरको काम कार्यको अपेक्षा र प्रतिक्षा गर्नु पर्दछ। हामीले परमेश्वरलाई जाँच्न गरेको प्रार्थनाले मात्र होइन तर साँचो रुपमा परमेश्वरको खोजी र चाहना गरेको प्रार्थनामा परमेश्वरले आफुलाई प्रकट गर्नुहुन्छ।  त्यस्तै परमेश्वरको भलाईको बारेमा बाइबल आदीको सङ्कालाई पनि सुनेर र पढेर मात्र भन्दा पनि सो अनुसार जीवनमा लागु गर्दै आत्मिकी जीवनलाई अघि बढाउंदे परमेश्वरलाई व्यक्तिगतरूपमा अनुभव गर्दै मेटाउन सकिन्छ। सङ्कालाई अन्त्य गर्न विश्वासको कदम उठाउनु सबै भन्दा महत्वपूर्ण हुन्छ।

बाइबलमा विश्वासका महान हस्तिहरूद्वारा पनि कहिले कहिं सङ्काहरू प्रकट भएका थिए । जस्तै अब्राहम, मोशाले पनि सङ्काको प्रदर्शन गरे तर उनिहरूको संकाले उनिहरुलाई परमेश्वरबाट टाढा लैजान भन्दा पनि परमेश्वरलाई नयाँ रुपले अनुभव गर्ने मौका पाए । परमेश्वरले उनिहरुलाई त्याग्नु भएन तर अझ असल रुपमा प्रयोग  गर्नुभयो। 

हामीले पनि आफ्नो मनमा आएको सङ्का अझ परमेश्वरको नजिक गएर उहाँको महानतालाई अनुभव गर्दै जान सक्छौं । यसरी नै आफैलाई आफ्नो आत्मिक जीवनमा शसक्त बनाउँदै अघि बढ्न सक्छौं। हामी सवैले आफ्नो सङ्काको संघर्षमा २पत्रुस 1: 5-9 मा भने जस्तै  विश्वासमा सद्‌गुण, ज्ञान, आत्‍मसंयम,  धैर्य,  भक्ति,  भातृ-स्‍नेह,  प्रेम जस्ता विभिन्न गुणहरू थप्दै आफुलाई प्रभुमा निस्प्रभावकारी हुनदेखी बचाऔं।