पेन्तिकोस्ट को बारेमा केहि रोचक बाइबलिय तथ्यहरू || Some interesting facts about Pentecost ||


पेन्तिकोस्ट (Pentecost) लाई हिब्रू भाषामा Shavuot भनिन्छ, जसको अर्थ "हप्ताहरू" भन्ने हुन्छ।

इस्राएलीहरूले प्रस्थानको समयमा लाल समुद्र पार गरेपछि ५० दिनपछि सीनै पर्वत (Mt. Sinai) मा पुगेका थिए। र यसले यसै दिनको चिनारी दिन्छ। 

Shavuot को दिनमा परमेश्वरले इस्राएलीहरूलाई व्यवस्था दिनुभएको थियो।

Pentecost ले Passover (निस्तार) पर्वको अन्त्य जनाउँछ।

Shavuot मा सधैं दूधजन्य परिकार (दही, चीज आदि) खाने चलन छ, किनभने तोरा लाई "परमेश्वरको वचनको दूध" भनेर मानिन्छ।

1 कोरिन्थी 3:1–2मा भनिएको छ: भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें। मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।

1 पत्रुस 2:2 भन्छ: नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ। ”

हिब्रू 5:12 भन्छ: “किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ।”

Shavuot मा फूलहरू र हरियालीले सजावट गरिन्छ, किनभने विश्वास गरिन्छ कि इस्राएलीहरूलाइ परमेश्वरले व्यवस्था दिनुहुँदा , सीनै पर्वत वरिपरि जंगलमा फूलहरू र घाँसहरू फुलेका थिए।

जब परमेश्वरले दश आज्ञा दिनुभयो, त्यो बेला वातावरणमा सुगन्ध फैलिएको थियो।

Shavuot (Pentecost) लाई प्रथम फलहरूको दिन (Numbers 28:26) वा बाली संकलनको पर्व (Deuteronomy 16:9–10) पनि भनिन्छ, त्यसैले यो दिनमा फूल र हरियालीले सजावट गरिन्छ।

यही प्रथम फलहरूको दिन (Pentecost) मा पवित्र आत्मा दिइयो (प्रेरित 2:1–4)। पवित्र आत्माको पनि फलहरू हुन्छन्, 

गलाती 5:22–23 “तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता, नम्रता, संयम हुन्‌।”

Pentecost यद्यपि प्रथम फलहरूको दिन हो, त्यसअघि Passover को समयमा पनि एक प्रथम फलहरूको पर्व हुन्छ (Leviticus 23:4–11)। त्यसै दिन येशू (Yeshua) पुनरुत्थान हुनुभयो, जसलाई मृत्युदेखि उठेका पहिलो फल भनेर 1 कोरिन्थी 15:20 मा उल्लेख गरिएको छ: “तर मसीह मृतकहरूबाट उठ्नुभएको छ, ती सुतिरहेका मानिसहरूका पहिलो फल हुनुभयो।” त्यस दिनदेखि Pentecost (दोस्रो प्रथम फलहरूको दिन) सम्मको दिन गनिन्छ (Leviticus 23:15–16)।

Read More