परमप्रभु परमेश्हुवर भलो हुनुहुन्छ | GOD IS GOOD Bible verses

 
 


प्रस्‍थान 34:6 

त्‍यसपछि परमप्रभु तिनको सामुन्‍नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ।

१ इतिहास 16:34 

परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्‍छ।

एज्रा 3:11 

तिनीहरूले स्‍तुति गर्दै र परमप्रभुलाई धन्‍यवाद दिँदै यसो भनेर गाए, उहाँ असल हुनुहुन्‍छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्‍छ।” अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्‍तुति गरे।

नहेम्‍याह 9:20 

तिनीहरूलाई शिक्षा दिन तपाईंले आफ्‍ना असल आत्‍मा दिनुभयो। तिनीहरूको भोक मार्न तिनीहरूलाई मन्‍न दिन तपाईंले छोड्‌नुभएन, र तिनीहरूको तिर्खा मार्न तिनीहरूलाई पानी दिनुभयो।

नहूम 1:7 

परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ।

भजनसंग्रह 23:6 

निश्‍चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्‍नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

भजनसंग्रह 25:8 

परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ।

भजनसंग्रह 27:13 

मलाई अझ पनि विश्‍वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्‍नेछु।

भजनसंग्रह 31:19-20 

तपाईंको भलाइ कति महान्‌ छ, जो तपाईंको भय मान्‍नेहरूका निम्‍ति तपाईंले राख्‍नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्‍ने दिनुभएको छ। तपाईंका उपस्‍थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्‌यन्‍त्रबाट तपाईंले लुकाउनुहुन्‍छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्‍नो वासस्‍थानमा सुरक्षित राख्‍नुहुन्‍छ।

भजनसंग्रह 33:5 

परमप्रभुले धार्मिकता र न्‍यायलाई मन पराउनुहुन्‍छ। उहाँको अचूक कृपाले पृथ्‍वी भरिपूर्ण भएको छ।

भजनसंग्रह 34:8 

परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्‍छ। उहाँमा शरण लिने मानिस धन्‍यको हो।

भजनसंग्रह 69:16 

तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्‌, आफ्‍नो महान्‌ कृपामा मतर्फ फर्कनुहोस्‌।

भजनसंग्रह 92:15 

र घोषणा गर्छन्‌, परमप्रभु भला हुनुहुन्‍छ। उहाँ मेरो चट्टान हुनुहुन्‍छ, र उहाँमा केही दुष्‍टता छैन।

भजनसंग्रह 100:4-5 

उहाँको भवनका द्वारहरूभित्र धन्‍यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँलाई धन्‍यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर। किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।

भजनसंग्रह 103:13-14 

जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ।  किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ।

भजनसंग्रह 107:8-9 

तिनीहरूले परमेश्‍वरको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्‍त पार्नुहुन्‍छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्‍तुष्‍ट पार्नुहुन्‍छ।

भजनसंग्रह 119:68 

तपाईं भलो हुनुहुन्‍छ अनि भलाइ गर्नुहुन्‍छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।

भजनसंग्रह 143:10 

तपाईंको इच्‍छा पूर्ण गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ। तपाईंका भलो आत्‍माले मलाई सोझो बाटोमा डोर्‍याऊन्‌।


भजनसंग्रह 145:6-7

मानिसहरूले तपाईंको महान्‌ कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्‌, र म तपाईंका महान्‌ कार्यहरूको घोषणा गर्नेछु। तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्‍द मनाउनेछन्‌, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्‌।

भजनसंग्रह 145:9 

परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।

मत्ती 7:11 

यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।

मर्कूस 10:18 

एकमात्र परमेश्‍वरबाहेक अरू कोही असल छैन।

याकूब 1:17 

हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।