तपाईंका गल्तीहरु मेटिएका छन् | Your Mistakes are Erased -A Devotional

तपाईंका गल्तीहरु  मेटिएका छन् 



तपाईंले गरेका गल्तीहरू र असफलताहरूको बारेमा सोचेर, आफैलाई धिक्कार्दै र सजाय दिँदै जीवन नबिताउनुहोस्। जब तपाईं गल्ती गर्नुहुन्छ, परमेश्वरकहाँ जानुहोस् र क्षमा माग्नुहोस्, अनि अगाडि बढ्नुहोस्। एउटै असफलतालाई बारम्बार नदोहोऱ्याउनुहोस्। तपाईंले पहिलो पटक माग्दा नै परमेश्वरले तपाईंलाई क्षमा मात्र गर्नुभएन, बरु उहाँले त्यसलाई बिर्सिदिनुभयो। जब तपाईं उहाँसँग एउटै कुराको लागि फेरि क्षमा माग्नुहुन्छ, तब उहाँ भन्नुहुन्छ, "तिमी केको कुरा गर्दैछौ? मसँग त्यसको कुनै लेखा बाँकी छैन।"

जब परमेश्वरले ल तपाईंलाई क्षमा गर्नुभयो, उहाँले तपाईंका पुराना फाइलहरू मेटाइदिनुभयो। स्वर्गमा उहाँसँग त्यस्तो कुनै ठूलो सर्भर छैन जहाँ उहाँले पछि विचार बदलिएला कि भनेर ब्याकअप कपी राखिराख्नुभएको होस्। आजको धर्मशास्त्रले भन्छ—उहाँले तपाईंको लेखा सफा गरिदिनुभएको छ।

कतिन्जेलसम्म तपाईं आरोप लगाउनेहरूलाई आफूमाथि दोष र ग्लानि महसुस गराइरहन दिनुहुन्छ? परमेश्वरको घोषणा छकि "अब सबै काम सकियो।" यो एक नयाँ दिन हो। तपाईं सर्वोच्च परमेश्वरको सन्तान हुनुहुन्छ र तपाईंको अभिलेख स्पष्ट छ—कुनै न्याय छैन, कुनै दण्ड छैन भन्ने कुराको आनन्दमा प्रवेश गर्नुहोस्।

रोमी 4:8 

त्‍यो मानिस धन्‍यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्‍न।”