चन्द्रलिला- नेपालमा सुसमाचारको बिउ छर्ने अग्रज - Chandraleela - An Apostle of Nepal || Nepal Church History in Nepali

 चन्द्रलिला- नेपालमा सुसमाचारको बिउ छर्ने अग्रज
pic. is taken from the book Nepal and Gospel of God.
Chandraleela pic. taken from: Nepal and Gospel of God,

नेपालमा सन् 1952 पछि सुसमाचार को ढोका खुलेर नेपाली हरु विच धेरै नेपाली तथा गैर नेपाली प्रभुको जनले वचन छर्नु अघि नै एक नेपाली चेलीले सुसमाचारको विउ रोपेकी थिइन । ति चेलीको नाम हो चन्द्रलिला। चन्दलिलाले एक हिन्दु को छोरी भएर चारधाम तिर्थ गर्ने क्रममा साचो प्रभुलाई प्राप्त गरिन र सुसमाचार सुनाउन नेपालमा आएकि थिइन । उनको सुसमाचार यात्रा नेपालमा सुसमाचारको ढोका बन्द भएकै अवस्थामा सन्1850-60 तिर भएको थियो ।

चन्द्र लिलाको जन्म काठमाण्डौको राज पुजाहारीको घरमा भएको थियो । राज परिवारको नजिक भएको कारण उनको परिवार आर्थिक रुपमा सम्पन्न थियो । तर तत्कालिन सबै महिलाको जीवन जस्तै सात वर्षकै उमेरमा उनको विवाह भयो । तर उनको जीवनमा विवाहको फुल फुल्नु अगावै उनको पतिको मृत्यु भयो जति वेला चन्दलिलाको उमेर ११ वर्ष मात्र थियो। विवाह मा रगिंएको चन्द्रलिलाको जीवन उनले थाहै नपाई उझाड भयो र जीवन भरको लागी उनी विधवाको जीवन जीउनु पर्ने भयो। यो सवै उनको अघिल्लो जन्मको कर्मको फल हो भनेर स्विकार गर्नु पर्ने भयो । उनले अब मुक्ति को बाटो खोज्नु पर्ने भयो। दुःखको कुरा १ वर्ष पछि उनको आमाको मृत्यु भयो । बावु छोरी दुवै जना यि घटनाहरुको कारण नजिकिए । उनको बावुले उनलाई संस्कृत सिकाउन थाले । यसरी पढने लेख्ने मौका त्यस वेलाका कुनैपनि महिलालाई प्राप्त हुदैन थियो। उनले धेरै ग्रन्थहरू अध्ययन गरिन तर उनमा आत्मिकी भोक झनै बढ्दै गयो।

बावुको साथमा चन्द्रलिलाले चार धाम तिर्थ जान लागिन । तिर्थयात्रा कै क्रममा उनको पिताको पनि देहान्त भयो। उनी घरमा फर्किइन तर लगत्तै उनले संस्कृत अध्ययन गर्न लागिन । उनि कलकत्ता नजीक मिदनापूरमा भएका राजखलकको पुजाहारी भएर सात वर्ष काम गरिन । पछि उनले सन्यासी भएर संसारलाई त्यागेर धर्म कमाउन लागिन तर धेरै प्रयत्न पछि पनि खोजेको शान्ति नमिलेको कारण उनले योगी जीवनलाई वन्द गरिन ।

एकदिन उनले आफु बसेको घरकी एक छात्राले बाइबल पढिरहेको देखीन् र उनले पनि बाइबल अध्ययन गर्न लागिन । उनलाई बाइबलबाट परमेश्वरको बारेमा नयाँ ज्ञान प्राप्त भयो। परमेश्वरले आफुलाई गनुभएको प्रेमलाई वुझिन् र आफ्नो हृदय खोलेर परमेश्वर लाई र मुक्तिलाई ग्रहण गरिन् । उनले प्रभुलाई पाए पछि आफ्नो घरमा आइन र घर छिमेकमा परमेशवरको सुसमाचार सुनाउन लागिन । त्यसै वेला उनको भाई विरामी परेर मर्न लागेका थिए। मर्नु भन्दा अघि उनको भाइले बप्तिस्मा लिने इच्छा गरे र उनी आफैले भाइलाई वप्तिस्मा दिइन । भाइको मृत्युभए पछि उनको दाहसंस्कार इसाई विधि द्वारा गरेर उनी फेरी यात्रा मा निस्किइन् ।

यो थियो चन्द्र लिलाको आत्मिक यात्रा । उनी धार्मिकताकी भोको थिइन परमेश्वरले उनलाई भेटाउनु भयो र जीवनको पानिले तृप्त बनाउनु भयो ।

नोट: माथिको लेख तलका निम्न श्रोतहरू प्रयोग गरेर तयार गरिएको हो।
1. Jonathan Lindell, Nepal and the Gospel of God, (Kathmandu: The United Mission to Nepal and Pilgrims book house, 1997), 87-89.
2. Rajendra K. Rongong, Early Churches in Nepal: An Indigenous Christian Movement till 1990, (Kathmandu: Ekta Books, 2012), 29-30.