पहिलो नेपाली पास्टर - गंगा प्रसाद प्रधान- The First Nepali Pastor- Ganga Prasad Pradhan


 पहिलो नेपाली पास्टर - गंगा प्रसाद प्रधान

नेपालमा सुसमाचारको ढोका खुल्नु अगाडी नै परमेश्वरले नेपाल र नेपालीको लागी मुक्तीको कार्य गरिरहनु भएको थियो। हुन त मल्लकालमा नै क्यापुचिन मिसनरीहरूद्वारा इसाई विश्वासले नेपालमा पाइला टेकिसकेको थियो। तर त्यो सेवाकाइको श्रृङखला शाहवंस को आगमन संगै सधैंको लागी टुगींयो। फेरी नेपालले सुसमाचारको लागी राणाशासन को अन्त्य कुर्नु पऱ्यो । तर त्यो नेपालको कालरात्री हट्नुभन्दा अघि नै परमेश्वरले नेपालीहरूलाई आफ्नो राज्यमा बोलाउने काम गरिरहनु भएको थियो। त्यस्तै काम परमेश्वरले काठमाण्डौ को एक नेवार पुत्रको जीवनमा गर्नुभयो कि उहाँ प्रवासमा छँदा नै प्रभुले बोलाउनु मात्र भएन तर नेपालमा र नेपालीको विचमा परमेश्वरको राज्यको विस्तारको निम्ति पास्टर पनि बनाउनु भयो। उहाँको नाम हो गंगा प्रसाद प्रधान ।

गंगा प्रसाद प्रधानको जन्म काठमाण्डौको ठमेलमा एक किसानको परिवारमा सन् ४ जुलाई १८५१मा भएको हो । तर उहाले पढ्न-लेख्न मौका पाउनुभएको थिएन। त्यस्तैमा नेपालमा दार्जलिङ्ग को चिया बगानमा काम पाइन्छ भन्ने समाचार आएको थियो । त्यसैले गंगा प्रसाद 10 वर्षको हुँदा नै सपरिवर दार्जलिङग जानुभयो। गंगा प्रसादको बुबा र दाईले लेख पढ गर्न जान्नुभएकोले असल काय पाउनु भयो तर गंगा प्रसाद चिया बगानमा मज्दुर हुनुभयो।

त्यसै वखत विदेशी मिशनरी विलियम म्याक्फरलेनले चिया बगानमा काम गर्ने नेपालीहरू को निम्ती स्कुल खोल्नु भयो । गंगा प्रसादकोलागी अध्ययन गर्ने ठूलो दोका खुल्यो । सिक्नमा छिटो भएकोले अन्य विधार्थीलाई पढाउने काम पनि पाउनु भयो। त्यहि उहाले बाइबल पढ्ने मौका पाउनुभयो । घर परिवारको विरोधका विच उहाले आइतबार संगतीमा जाने गर्न थाल्नु भयो। परिवारको विरोधको बिच उहाले येशू माथि विश्वास गर्नुभयो । 24 जनवरी 1875 मा उहाँले पनिको बप्तिस्मा लिनुभयो जुन घटना उहाँ को जीवनमा ठूलो परिवर्तन लिएर आयो ।

उहाँ आफ्नो परिवारबाट तिरस्कृत हुनुभयो र घरभित्र पस्न परिवारको साथ खान बस्न निषेध गरियो । तर परिवारीक विरोधले उहाँलाई परमेश्वरको प्रचारमा लाग्न देखी रोक्न सकेन । राचि बिहारमा बाइबल ट्रेनिङ्ग लिए पछि उहाले नेपाली भाषामा सुसमाचारका प्रचा बनाउन, र बाइबल धर्मशास्त्र लाई नेपालीमा उल्था गर्न लागि पर्नुभयो । त्यतिमात्रै नभएर नेपालीको पाठ्यपुस्तक बनाउन, गोरखा खबर पत्रीका प्रकाशन गर्न पनि गंगा प्रसाद प्रधानले ठूलो भूमिका खेल्नु भयो। उहाँको कार्यले इसाई समाजमा मात्र नभई पुरै नेपाली साहित्यमा ठूलो प्रभाव र अगुवाई लियो। त्यसै समयमा गंगा प्रसाद प्रधानले दार्जलिङ्गको चिया बगानमा भएको नेपालीहरुको बिचमा वचन प्रचारक हुनुभयो। 1892 मा उहाँ दार्जलिङ्ग को प्रमुख वक्ता को रूपमा खडा हुनुभयो। 4 अगष्ट 1901 मा गंगा प्रसाद प्रधान पहिलो नेपाली पास्टरको रूपमा अभिषेक हुनुभयो।

गंगा प्रसाद प्रधान जो नेपालको काठमाण्डौमा जन्मेर परिवारको साथमा कामको खोजी गर्दै दार्जलिङग पुग्नु भयो जँहा परमेश्वरले उहाँलाई पढ्ने लेख्ने मौका दिनुभयो, सुसमाचार प्रदान गर्नु भयो, विश्वासमा बोलाउनु भयो र पास्टर अभिषेक पनि दिलाउनु भयो। उहाँलाई नेपाल र नेपालीको लागी ज्योतीमा डोर्‌याउने आशिसको श्रोत बनाउनु भयो। 


नोटः 

यस लेख Cindy Perry को Bibographical History of the church in Nepal भन्ने पुस्तकलाई आधार बनाएर तयार गरिएको हो।