परमेश्वर को हुनुहुन्छ? बाइबलबाट सिकाै || Nepali Christian Magazine

परमेश्वर को हुनुहुन्छ?



परमेश्वरकोबारेमा जान्नको लागि बाइबल जस्तो अरू कुनै ज्ञानको श्रोत छैन । किनभने धर्मशास्त्रमा नै  परमेश्वरले गर्नुभएका काम दिनुभएका प्रतिज्ञा तथा उहाँका आज्ञा र व्यवस्थाहरू समावेस छन् । 

परमेश्वर वास्तवमा नै को हुनुहुन्छ? उहाँ कस्तो हुनुहुन्छ? र मानिसबााट के चाहना गर्नुहुन्छ? आदि प्रश्न वा काैतुहलता आउनु कुनै नाैलो कुरा होइन । यस्ता काैतुहता बाइबलबााटै सिक्न सकिन्छ । तर परमेश्वरको गुण बारे केहि पदहरू संग्रह गरिएका छन् । यि पदहरू पढेर मनन् गर्नुहोस् र परमेश्वरसँग सहि सम्बन्ध कायम गर्नुहोस् । 

उत्पत्ति 1:1

आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो

1यूहन्ना 1:5

जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन। 

यशैया 40:23

उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्‍छ, र पृथ्‍वीका शासकहरूलाई रद्द तुल्‍याउनुहुन्‍छ। 

 याकूब 1:17

हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन

यूहन्ना 3:16 

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

यूहन्ना 3:24 

परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”

मत्ती 6:26

आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?

गन्ती 23:19

परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍नउहाँले मन बद्‌लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न।
उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र?

भजन संग्रह 18:30

परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ।

भजन संग्रह 18:6

अनि स्‍वर्गले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्‍वर स्‍वयम्‌ न्‍यायाधीश हुनुहुन्‍छ

भजन संग्रह 18:6

परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्‍छ, हाम्रा परमेश्‍वर करुणाले पूर्ण हुनुहुन्‍छ

प्रकाश 21:3

सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ

रोमी 6:23

किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो

भजन संग्रह 68:20

हाम्रा परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्‍छपरमप्रभु परमेश्‍वरमा नै मृत्‍युबाट मुक्ति छ

भजन संग्रह 68:20

किनकि परमप्रभु परमेश्‍वर सूर्य र ढाल हुनुहुन्‍छ, परमप्रभुले निगाह र इज्‍जत प्रदान गर्नुहुन्‍छ। सत्‍य मार्गमा हिँड्‌नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्‍चित राख्‍नुहुन्‍न

2 इतिहाँस 30:9

तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने तिमीहरूका कुटुम्‍बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन्‌। किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ। तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन।”

यहोशू 1:9 

तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

मीका 7:18

तपाईंजस्‍तो परमेश्‍वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्‍छ, र आफ्‍नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्‍छ? तपाईं सधैँसम्‍म रीस गर्नुहुन्‍न, तर कृपा गर्नमा खुशी हुनुहुन्‍छ। 

व्यवस्था 6:4

हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ। 

२ शमूएल 22:32-34

32किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र?
हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?
33उनै परमेश्‍वर,
जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ,
र मेरो मार्गलाई सिद्ध तुल्‍याउनुहुन्‍छ
34उहाँले मेरा खुट्टाहरू मृगका खुट्टाजस्‍तै तुल्‍याउनुहुन्‍छ, 
र उच्‍च स्‍थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्‍छ

1 यूहन्ना 4:8

प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने रमेश्‍वर प्रेम हुनुहुन्‍छ

भजन संग्रह 33:11

11तर परमप्रभुका योजनाहरू सदा स्‍थिर रहन्‍छन्‌, उहाँको हृदयका विचार पुस्‍तौँसम्‍म रहिरहन्‍छन्‌।

प्रस्थान 34:6

त्‍यसपछि परमप्रभु तिनको सामुन्‍नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ। 

व्यवस्था 20:4

किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्‍ति लड़ेर तिमीहरूलाई विजयी तुल्‍याउन साथसाथै जानुहुन्‍छ।”

अय्यूब 12:10

जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ

व्यवस्था 24:24

किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्‍म पार्ने आगो र डाह गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ। 

व्यवस्था 24:24

आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌

2शमूएल 22:26-27

26वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ,
निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ
27शुद्धसँग तपाईं आफै शुद्ध देखा पर्नुहुन्‍छ,
तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ

प्रकाश 22:13

म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ 

व्यवस्था 32:4

उहाँ नै चट्टान हुनुहुन्‍छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्‍यायोचित छन्‌

प्रस्थान 3:14 

तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्‍नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, “म हुँ” भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।